[Show all top banners]

johnknox
Replies to this thread:

More by johnknox
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Ameriki jindagi..
[VIEWED 7279 TIMES]
SAVE! for ease of future access.
Posted on 04-22-14 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

अमेरिकी जिंदगी
November 15, 2009 at 9:24pm
गति परिन्छ कि भनी जिउँदै बैतरणी तरेको
स्वर्गै पुगिन्छ रे भनी मक्ख परेको
गाई खानेहरूको भिडमा हरे शिव
कहिलेकाहीं कुखुरा र भेडाको बगरे भइयो
बेला बेला बूढी गनगन गर्थी फुनमा
"ऐ बूढा हामी कहिले आउने अम्रीका?”
२, ४ महिनामा त आइहाल्छेऊ नि प्रीय धन्य नमान
मन मनै भन्थें"आफ्नो बिहे कहिले भाको चाल पा थिनस
अब देख्ने भईस् बाउको बिहे"

दलबल लिएर सबै अम्रीका आए
दुईचार दिन त रमझममा बिताए, रेस्टुराँमा खाए
चिल्ला सडक र गगनचुम्बी घर हेर्दै रमाए
पर्सी पल्ट देखि पानी र कटेराको
भाडाको खामबन्दी चिठी पाइयो
म भौतारिदै एताउती डुल्न थालें
“ऐ मेरी बूढीलाई पनि अब काम चाहियो /
बुढाको छुट्टी भो बूढीको छैन
छोराछोरी करकर गर्छन्
घुम्न जाने होइन ?!!
कताको मंदिर कताको धाम
चार तीर प्वाल टाल्दै तलब जति झ्वाम
एक दिनको बिरामी खर्च बर्षौको कमाई
के के न गर्छु भनी आथिस् अम्रीका
बस् अब टाउको समाई /

कताको गुन्द्रुक कताको मस्यौरा
कताको गुन्यू कताको पछ्यौरा
पाइंट र टीशर्ट लगाई काम तिर जाम
दालभात पकाउन नभ्याए हयामबर्गर खाम्
ग्रीनकार्ड आउला नेपाल फर्की जाऊँला
आसेपासे सबलाई आस छ अमेरिकै ल्याउला
फोनैपिच्छे डलरकै आस गर्छन उता
बिल नातिर्या भोलि पल्ट सडको बास एता
फर्की जाऊं भने डलर कमा छैन
सधै यतै बसुं त मन रमा छैन /

अठार पुगेसी छोरा छोरीले छाड़ने डर
डढाउनू पर्नेलाई मरेसी गाड़ने डर
डेरैले तिरिमिरी झ्याई केलाई किन्नु घर
किनिहालेनी दुईचार दिन नबस्दै
छाडी हाल्नु पर्ला भन्ने डर
मेरो मात्र होइन हजुर सबको उही हाल छ
नेपालमा हुनेले त सोच्छन हजूर
लौ अमेरिकामा हुनेको त मालामाल छ /

Source : unknown
 
Posted on 04-22-14 1:34 PM     [Snapshot: 1]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सारै सान्दर्भिक र प्राय: अमरिकी संघर्षशिल जीवनहरुको कथा कवितामा पोख्नु भो..... त्यो स्रोत नि खुल्या भए कवि लाइ पनि प्रोत्साहन मिल्थ्यो ....

- थाहा छैन
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
2020 : Why No Trump !
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Leave messages on US congressman's facebook to support TPS
Business Ideas in Nepal?
legal Query for married nepali girl now have taken US citizenship
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters