[Show all top banners]

everything
Replies to this thread:

More by everything
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Prashant won with represents Nepal and Nepali Unity
[VIEWED 6582 TIMES]
SAVE! for ease of future access.
Posted on 09-24-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

Prashant won Indian Idol competition with representing Nepal and Nepali Unity:-

"प्रशान्तले जिते"


दार्जिलिङ, असोज ६ - भारतको लोकपि्रय 'इन्डियन आइडल' प्रतियोगितामा नेपालीभाषी दार्जिलिङका प्रशान्त तामाङ विजयी भएका छन् । दुई महिनासम्मका विभिन्न प्रतिस्पर्धापछि आइतबार भएको अन्तिम छनोटमा दार्जिलिङका यी २४ वर्षे युवकले मेघालयका अमित पललाई हराएर विजयी भएका हुन् ।
अन्तिम छनोट कार्यक्रममा प्रशान्तले नेपाली गीतसमेत गाएका थिए ।

ँगोर्खालीको छोरो हुँ म गोर्खे मेरो नाम

आइलाग्ने शत्रुको म गर्छु काम तमाम...’

दार्जिलिङको स्थानीय 'मन्त्र' ब्यान्डले भाष्कर देवानको स्वरमा तयार पारेको यो गीत प्रशान्तको गलाबाट सुन्नेबित्तिकै टेलिभिजनमा कार्यक्रम हेर्न झुम्मिएका नेपालीहरू थप हौसिएका थिए । विजयी घोषित भएलगत्तै प्रशान्तलाई उनकी आमाले मञ्चमै नेपाली टोपी लगाइदिएकी थिइन् । 'भारतका विभिन्न भाग र नेपालबाट समेत मलाई भोट दिएर जिताउने सबैप्रति आभारी छु,' प्रशान्तले भने । इन्डियन आइडल घोषणा भएलगत्तै मध्यराति दार्जिलिङ, काठमाडौं र नेपालका अन्य भागमा प्रशंसकहरू खुसीले सडकमा निस्किएका थिए । उनीहरूले पटका पड्काउँदै रमाइलो मनाएका थिए ।

त्यसअघि दार्जिलिङमा प्रशान्त इन्डियन आइडल बन्नेमा ढुक्क हुँदै आएका समर्थकहरूले सहरका कुनाकुना र गल्लीगल्लीबाट बिहानैदेखि जुलुसहरू निकालेका थिए । उनीहरू राति अबेरसम्म जयजयकार गर्दै नगरपरिक्रमामा व्यस्त थिए । प्रशान्तलाई आइडल बनाउन दार्जिलिङवासीले लाखौं भोट दिएर योगदान पुर्‍याएका थिए ।

गाडीमा चन्द्र, सूर्य अंकित झन्डा फहराएर दार्जिलिङ आएका नेपालीहरू प्रशान्तले जितेपछि विजय उत्सव मनाउन आतुर थिए । सोनी टीभीबाट प्रशान्तले जितेको घोषणा भएलगत्तै उनीहरू झन्डासहित 'नेपालीका सान ः प्रशान्त तामाङ' जस्ता नारा लगाउँदै खुसियाली मनाउन सडकमा ओर्लिए । मध्यरातसम्म पनि प्रशान्तले जितेको खुसियालीमा रमाउनेहरू हजारौंको संख्यामा सडक, छत र सार्वजनिकस्थलमै थिए ।

प्रत्येक चोकमा प्रशान्तकै गीत घन्काएर नाचगान गर्ने शुभेच्छुकको रातभर ओइरो लाग्यो । छोराको 'सांगीतिक लडाइँ' नजिकबाट नियाल्न प्रशान्तकी आमा रूपा र दिदी अर्चना दार्जिलिङबाट नयाँदिल्ली गए पनि बाँकी रहेका आफन्तजनहरू टेलिभिजन च्यानललाई 'लाइभ अन्तर्वार्ता' दिन व्यस्त थिए । आधा दर्जनभन्दा बढी टेलिभिजन च्यानलले रातिसम्म लाइभ रिपोर्टिङ गर्दै प्रशान्तले जितेको खुसी देखाएका थिए ।

दार्जिलिङ, सिलिगुडी, आसाम, कालिङपोङ, सिक्किम, खरसाङ, मिरिकजस्ता सहर र बस्तीमा प्रशान्तले जित्नासाथ शुभेच्छुकहरू हर्षले गद्गद् भई भारतमा नेपालीको पहिचान दर्बिलो भएको गर्व गर्दैथिए ।

सिक्किमबाट मोटरसाइकल र्‍यालीसहित आइपुगेको युवाहरूको ठूलो समूह दार्जिलिङमा रातभर नाचगान गरेर प्रशान्तले नेपालीको नाक राख्न सफल भएकामा रमाएका थिए । घरघरबाट विद्यार्थी, किसान, कर्मचारी, व्यापारी, प्रहरीहरू हाईहाई प्रशान्त भन्दै विजयको खुसी बाँड्न व्यस्त थिए । प्रशान्तलाई जिताउन दार्जिलिङवासीले साँझ छ बजेसम्मै भोट गरेका थिए । प्रशान्तलाई जिताउन खटेका दार्जिलिङ नगरपालिकाका पार्षद तेन्जिङ खाम्बाछेले भने- 'सारा नेपालीको साथ रहेकाले प्रशान्तको विजय भएको हो । एकता भए जुनसुकै कुरामा पनि सफलता हात पार्न असम्भव छैन भन्ने यसले प्रस्ट पारेको छ ।' काठमाडौंवासीले टेलिभिजनबाट परिणाम सार्वजनिक हुनुअघि नै दीपावली मनाउन थालेका थिए । दरबारमार्ग, बौद्ध, ठमेल, चाबहिल, तीनकुने, नयाँबानेश्वर र भक्तपुर क्षेत्रमा रातभर जसो खुसियालीसाथ नाचगान गरिरहेको देखिन्थ्यो ।

All Nepalese must learn from this great example....

.

 
Posted on 09-24-07 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

watch all Indian Idol program clip of Prashant Tamang


http://indianidol.sify.com/

.

 
Posted on 09-24-07 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
Prashant Tamang becomes Indian Idol; celebrations break out in Kathmandu:

Beating his nearest competitor Amit Paul from Shillong, Prashant Tamang from Darjeeling became Indian Idol in a popular television talent-hunt show of Sony Television, India on Sunday night.

Prasanta Tamang receiving the Indian Idol Award from actor John Abraham.

Prashant, 24, a constable in Kolkata Police, who hails from a Nepali-origin family in Darjeeling, India, has been hugely popular among Nepali-speaking community inside India and Nepal.

Based on SMS and phone voting, Prashant Tamang became the winner in the singing talent hunt show. The television station informed that they had received 70 million votes breaking all past records.

Prashant's craze had swept Darjeeling, Sikkim and other areas where Nepali-speaking people live. Tens of thousands of people had camped in Darjeeling since last one week with the aim of continuously voting for him.

Immediately after the winner of the show was announced in a Grand Finale held in New Delhi, crowds rushed to the streets in celebrations in Kathmandu , Lalitpur, Pokhara, Biratnagar, Dharan and other places of Nepal. His hometown Darjeeling exploded in revelry with fire-crackers and rallies.

Prashant Tamang has won IRs 10 million worth music contract with Sony Television, a brand new car and other gifts.

Prashant Coming To Perform in Nepal

The winner of Indian Idol title Prashant Tamang is scheduled to perform live in Nepal next week.

In an event organised by Surya Nepal (P) Ltd, Prashant will perform live on September 29 and 30.

Accompanied by two other Indian Idol finalists Ankita Mishra and Deepali Kishore along with Nepali pop singer Nima Rumba, Prashant will perform live in St. Xavier's ground in Jawalakhel, Lalitpur on September 29 followed by another performance in Pokhara on September 30.

.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters