[Show all top banners]

Geology Tiger
Replies to this thread:

More by Geology Tiger
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपाली लोक गीतहरु

[Please view other pages to see the rest of the postings. Total posts: 52]
PAGE:   1 2 3 NEXT PAGE
Keywords associated with this thread

Log geet Lok Geet Nepali Lok Geet Nepalese Folk Song Folk Song
[VIEWED 57555 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 10-01-10 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाका मित्रहरु,


हामी सबैलाई नेपाली गीत संगितको माया लाग्छ, सुन्न मनलाग्छ, गाउन मनलाग्छ, गीत बजाएर नाच्न मनलाग्छ। फरक यति हो कसैलाई आस्था, नेपथ्य र 1974 AD का गीतहरु सुन्न मनपर्ला त कसैलाई नारायण गोपाल र प्रेमध्वज प्रधानको गीतहरुमा लठ्ठ हुन मनपर्छ होला। अहिले धेरै नेपाली गीतहरु अनलाईनमा पनि उपलब्ध छन्। कतिपय साझाकै मित्रहरुले पनि अनलाईनमा उपलब्ध नभएका राम्रा गीतहरु साझाका अरु मित्रहरुको लागि उपलब्ध गराइरहनु भएको छ, जुन प्रंसशायोग्य छ।


धेरै आधुनिक नेपाली गीतहरुको शब्दहरु पनि अनलाइनमा पाईन्छ तर मैले थोरै मात्र नेपाली लोक गीतहरु र ती गीतहरुका शब्दहरु अनलाइनमा पाएको छु। जती छन् ती मध्य धेरैलाई त रिमिक्स गरेर ध्वस्त पारीएको छ र बाँकी चाँही खैरेनिमा गेट, दमौलीमा गेट जस्ता सुन्दै वाक्क लाग्ने दोहरी गीतहरु मात्र  छन्। मलाई आशा छ हामी मध्य धेरैसँग त्यस्ता पुराना र ठेट नेपाली लोक गीतहरुको सँगालो होला। यदी तपाईंहरु सँग त्यस्ता लोक गीतहरुको छन् भने कृपया त्यस्का शब्दहरुलाई यस धागोमा कोरिदिनु होला साथै त्यो गीत सुन्न र हेर्न मिल्ने कुनै लिन्क भए त्यो पनि टाँसी दिनुहोला।


आज एक चोटि फेरी मादल घन्काएर नाँचू नाँचू झै भएको छ। लौ साथी हो, सबै मिली गाउन त नेपालको भिरपाखा पधेरीमा गुन्जने लोक सुसेलिहरु।    


मेरो तर्फबाट पहिलो प्रयास  
बिमलराज छेत्रीको स्वरमा रहेको यो लोकलहरी       


आमा रुँदै गाउ बेसी मेलैमा
छोरो रुँदै गोरखपुर रेलैमा - २


आज आउँला भोली आउँला बर्षौ बितिगयो
छोरा पर्खी बस्दा बस्दा बुढेसकाल भयो
बूढा बाबु ओछ्यानबाट तिमीलाई बोलाँउदैछन्
घरका जहान परिवार सम्झी रोईरहेका छन्


ए छोरा फर्कन अब त
दुखियारी बाउ आमा सम्झेर - २


बरबर आशुँ झर्छ सम्झदा खेरी
कती दिन मन बुझाउने तिम्रो चिट्ठी हेरी
दिनभर मेलापात धानकोदो गोडेर
रुन्छिन् सधैं तिम्री प्यारी भक्कनो छोडेर


ए बाबु फर्की आउ अब त
मर्ने जोबान कति दिन छ र त - २


घरबारी गोठ पनि पहिरोले लाग्यो
दैव पनि हामीलाई मात्र लागे जस्तो भयो
दुखियालाई दु:ख पनि झन् थपिदै गयो
छोरासँग भेट आशा मर्दै गयो


यी आँखामा सधैं आशुँका धारा
कुन जुनीमा तिर्नी हौ दुधभारा - २  


आमा रुँदै गाउ बेसी मेलैमा
छोरो रुँदै गोरखपुर रेलैमा - ३


युट्युबमा चाँही लोकराज छेत्रीको नाममा यो गीत रहेको छ जसको शब्दहरु माथिका शब्दहरु भन्दा अलि फरक छन् 




 
      
  


 
Posted on 10-01-10 12:06 PM     [Snapshot: 21]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीते, उपरोक्त गीतका ओरिजिनल गायक लोकबहादुर नै हुन् र गीत दुई दशक भन्दा पुरानै हो भन्ठान्छु है। एउटा पुरानो लोकगीत (स्वर्गीय पान्डव सुनुवारको स्वरमा) राख्छु है त।


केको छाना फलामको छाना
नाच्दै गाउँदै आएको दुई जना
धुलो उडाउँदै बाइरोडको बाटोमा ट्याक्सी गुडाउँदै


तिमीलाई लग्यो मलाई नि लग्यो
पलान्चोके डाँडैले के देख्यो   
धुलो उडाउँदै बाइरोडको बाटोमा ट्याक्सी गुडाउँदै


आकाशमा तीन तारा तीन तिर
सुनको औंठी बेचेर रिन तिर
धुलो उडाउँदै बाइरोडको बाटोमा ट्याक्सी गुडाउँदै


घर त मेरो यहाँ होइन चरिकोट
चरिकोटमा क्या राम्रो फूलको बोट
धुलो उडाउँदै बाइरोडको बाटोमा ट्याक्सी गुडाउँदै


यसको ओरिजिनल गीत भएको लिन्क पाउन सके आभारी हुन्थें। 


 
Posted on 10-02-10 11:01 AM     [Snapshot: 94]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै साझामा नेपाली लोक गीतलाई माया गर्ने साथीहरु त्यति धेरै छैनन् जस्तो छ। तर आफुलाई त नेपाली लोक गीत मन पर्छ। आफु त मज्जाले लोक गीत बजाएर सुन्छु र भ्याएसम्म यो धागोमा टाँस्छु।


चिप्ले गुरुलाई माथि टाँस्नु भएको गीतको लागि धन्यवाद! मैले कति खोजे तर त्यसको ओरिजिनल ट्र्याक पाउन सकिन। हेरुँ कोही साझा मित्रले टाँसिदिनु हुन्छ कि?


अहिलेलाई भने प्रबिण गुरुङको स्वरमा रहेको यो एउटा लोक लहरी, कति पुरानो हो चाँही थाहा भएन तर अतिनै कर्णप्रिय छ। यही भाकालाई प्रयोग गरेर गोविन्द आचार्य र कोमल ओलीले भद्रगोलसँग गाएको गीत भने म्युजिकनेपालमा पनि भेटिन्छ।  
 
यो मायालाई आजै हो देखेको
देब्रे गाला चन्द्रमा लेखेको
फुल मायामा नभुल


आजै हो देखेको
देब्रे गाला चन्द्रमा लेखेको
फुल मायामा नभुल


हितकारी मायासँग भेट
हुँदोरहेछ नमरी बाँचे त
फुल मायामा नभुल


मायासँग भेट
हुँदोरहेछ नमरी बाँचे त
फुल मायामा नभुल


पापी मनमा के थियो के थियो
माया लाउने कान्छीलाई भेटियो
फुल मायामा नभुल


के थियो के थियो
माया लाउने कान्छीलाई भेटियो
फुल मायामा नभुल


चौतारीमा पात खस्यो फिर्का झै
बस्यो माया पानीको तिर्खा झै
फुल मायामा नभुल


पात खस्यो फिर्का झै
बस्यो माया पानीको तिर्खा झै
फुल मायामा नभुल


फुल मायामा नभुल-५ 


युटयुबमा गीत राख्ने मित्रले गीतलाई एमबेड गर्न नमिल्ने बनाउनु भएको रहेछ, त्यसैले गीतको लिन्क मात्र।


https://www.youtube.com/watch?v=JU5P2UCZ5W4


 
 


 
Posted on 10-02-10 11:14 AM     [Snapshot: 103]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु कालो रेलको धुँवाले


 
Posted on 10-02-10 11:17 AM     [Snapshot: 106]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-02-10 11:25 AM     [Snapshot: 114]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भैंसी लड्यो है माया भिर बाट हेर by Dejee Baraili



 
Posted on 10-02-10 11:27 AM     [Snapshot: 115]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिढीमा बसेर मेरै -बुद्धीक्रिष्ण लामिछाने



 
Posted on 10-02-10 11:31 AM     [Snapshot: 118]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे बरै - झलकमान गन्धर्ब



 
Posted on 10-03-10 7:21 PM     [Snapshot: 215]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


https://www.youtube.com/watch?v=MbXb8uT23Qw

Khai kasari ho mero link aru  ko jasto youtube vdo format ma aayena... embade garna milena jasto chha... :(
Feri original version pani paina maile ta :(
Tara geet chai ramro chha hai url copy paste garnu hola youtube ma, baru Tapain haru le nai original vdo post gardinu bhayo bhane ma pani herthe :)

Last edited: 03-Oct-10 07:30 PM

 
Posted on 10-03-10 7:38 PM     [Snapshot: 232]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@ sanee,

- Here U go ... 
- Good choice of music ...
- U need to paste the code that comes up when U click the embed button on U-tube. 

- Tadha Tadha ...



Last edited: 03-Oct-10 07:38 PM

 
Posted on 10-03-10 7:42 PM     [Snapshot: 234]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानी नानी! राम्रो गीत हालेउ, धन्यवाद! तर खासमा यो लोक गीत चाँही होइन, यो आधुनिक गीतको श्रेणीमा पर्ला, मैले यो धागोमा खाली लोक गीतहरुलाई मात्र राख्न खोजेको। अँ अनि अर्को कुरा तिमीलाई मन परेको गीतको युट्युब लिन्क हाल्नु पर्दा पहिले युट्युबमा embed भनेर लेखिएको ठाउँमा थिच त्यस पछी त्यहाँ नजिकै देब्रे पट्टी code आउँछ अनि त्यसलाई कपि गर अनि साझामा कमेन्ट लेख्ने बक्साको ठीक्क माथि < > चिन्ह देख्छौ त्यसमा थिच, एउटा नयाँ सानो window आउँछ, अब अघी युट्युबबाट कपी गरेको code त्यही पेस्ट गर्देउ र submit मा थिची देउ, तिम्रो युट्युबको गीत साझाको धागोमा देखा पर्छ।  
 
Posted on 10-03-10 7:59 PM     [Snapshot: 245]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेलाई तीन चारवटा लोक लहरीहरुलाई एकै चोटि पस्केकोमा धन्यवाद! र यो थ्रेडमा हामी लोक गीतहरुका लिन्कको साथै त्यसका शब्दहरु र भ्याएसम्मका जानकारीहरु पनि राख्न सकौं भन्ने उद्देस्य रहेकोले लहरेले राखेको सबै गीतका शब्दहरु मैले राखीदिएको छु।
अरु कालो रेलको धुवाँले बोलको गीत चाँही लालबहादुर खातीको स्वरमा पनि छ, साथै यो भुवन के.सी र ध्रुव के.सीको स्वरमा पनि रहेको छ।
लेख्दा केही भूल भएको रहेछ भने त्यो बारेमा पनि लेखिदिनुहोला है।

लालबहादुर खाती

अरु कालो रेलको धुवाँले - २
म त कालो छातालाई ओढ्दै नओढ्नाले - २

अरु कालो रेलको धुवाँले - २
म त कालो छातालाई ओढ्दै नओढ्नाले - २

कालोलाई कालो भन्न हुँदैन - २
बाङोलाई सोझा मान्नु पर्दैन - २
कृष्ण कालो मनको उजेलोले
म त कालो छातालाई ओढ्दै नओढ्नाले - २

अरु कालो रेलको धुवाँले - २
म त कालो छातालाई ओढ्दै नओढ्नाले - २

भो भो घिन मान्नु मलाई पर्दैन - २
मेरो कालो तिमीलाई सर्दैन - २
साइली कालो हाडीको मोसोले
म त कालो छातालाई ओढ्दै नओढ्नाले - २

अरु कालो रेलको धुवाँले - २
म त कालो छातालाई ओढ्दै नओढ्नाले - २

कालो भनी नगर हेलाँ - २
कालोको परौली फेला - २
लाउरे कालो बमको धुवाँले
म त कालो छातालाई ओढ्दै नओढ्नाले - २

अरु कालो रेलको धुवाँले - २
म त कालो छातालाई ओढ्दै नओढ्नाले - ३ 

डेजी बराइली

छोरा चाँही है माया हिड्दछ डुलेर
तरुनिको गफैमा भुलेर - २ 

भन्न लागिन् आमा चाँहीले त्यो छोरालाई हेर
घरको काम गर्न छोरा, को छ यतिखेर?
गाउँघरका जोरिपारी हाँस्न लागे हेर
छड्के टोपी लगाईहिड्छन् साँझ कतिखेर

मर्ने बेला है माया भै सक्यो मेरो
यो घरबारी है माया सबै नै हो तेरो

आमा चाँहीको कुरा सुनी छोरा छ्क्क पर्‍यो
एउटा चुरोट सल्काएर तल्लो घरमा पस्यो
तल्लो घरमा पस्नासाथ भन्यो कान्छालाई
मेरो पनि लौ है भैंसी हेरी देउ है दाई

भैंसी छोड्यो है माया अर्काको भरमा
आफु हिड्यो है माया दार्जिलिङ शहरमा

हातमा घडी साइकल चढी होटेलैमा पस्यो
तरकारी र हलुवापुरी खान मेचमा बस्यो
आमा चाँही घरमा हेर रुन्छन् धरधर
छोरा चाँही एकै छिन बस्ने होइन घर

भैंसी लड्यो है माया भिरबाट हेर
नौसेएकासी है माया गैहाल्यो लौ खेर

सुपारी र चुरोट च्यापी आइपुग्यो छोरो
रुदै भन्छन् बुढी आमा कहाँ गैथिस् मोरो
भैंसी पनि मरीहाल्यो घरबार खेती  
रुदै भन्छिन् बुढी आमा छाती पिटी पिटी 

भैंसी मर्यो है माया खुत्रुकै हेर
नौसेएकासी है माया गैहाल्यो लौ खेर
छोरा चाँही है माया हिड्दछ डुलेर
तरुनिको गफैमा भुलेर - २ 

झलकमान गन्धर्व

हे बरै - २
दसै धारा पु नरोए आमा - २
बाँचे पठाउँला तस्बिरै खिचेर

{कस्तो लेख्यो नि भाविले? 
 कर्मलीला ठै मलाउ हजुर} - २   
हे बरै - २
बाबाले सोध्लान् नि खै छोरा भन्लान् - २ 
रण जित्दै छन् भन्दिए - २
आमाले सोध्लिन नि खै छोरा भन्लिन् - २
रज है खुल्यो भन्दिए - २
दाजैले सोध्लान् नि खै भाई भन्लान् - २
अंशै बढ्यो भन्दिए – २
भाउजुले सोध्लिन् नि खै देवर भन्लिन्
खसी काट नि भन्दिए - २ 
भाईले सोध्लान् नि खै दाजै भन्लान् - २ 
घेरामा परे भन्दिए - २ 
दिदिले सोध्लिन् नि खै भाई भन्लिन् - २ 
माइती घट्यो भन्दिए - २  
बहिनिले सोध्लिन् नि खै दाजु भन्लिन् - २ 
चोली घट्यो भन्दिए - २ 
छोराले सोध्लान् नि खै बाबा भन्लान् - २ 
टोपी झिक भन्दिए - २ 
छोरीले सोध्लिन् नि खै बाबा भन्लिन् - २
सुनचुराको दान दिए - २
प्रियाले सोध्लिन् नि खै स्वामी भन्लिन् - २
बाटो फुक्यो भन्दिए - २      
साथीले सोध्लान् खै लाउरे भन्लान्
मया मार नि भन्दिए - २

बटौलिको बजारमा
चार पैसाको लहा छैन - २
शिरको स्वामी स्वर्गे हुँदा
घर बस्नेलाई थाहा छैन - २ 
सिसै काट्यो गोलिले
रणमा परी मरिछन् लाहुरे

बाबा रुन्छन् लौ बर्ष दिन आमा जुगै भरी लौ हजुर - २

राम थापा, तारा थापा

निद्रा छैन दिनमा र रातिमा
जवान छोरी-२ छ मेरो छातीमा
यो मन छैन थिर
मलाई दिन रात सधैं पिरै पिर

तिम्रो पिर पठाइदेउ मतिर - २
देउ छोरी - २ ज्वाँई हुन मन्जुर
त्यो मन गर थिर - २
(हे)बुढेसकालैमा लिनु हुन्न पिर - २

तिमी छौ कि (छैन छैन)सम्पत्ति ताक्ने - २
स्वास्नी भन्दा ( लहै लहै) भट्याउन लाग्ने
गोरु ब्याउदैन - २
तिमीलाई ज्वाँई भन्न त्यती सुहाउँदैन - २

देउ छोरी (लहै) सम्पत्ति चाहिदैन - २
यस्तो केटो (ए होइ होइ) संसारमै पाउदैन - २
(ए) कटर कटरमा - २
तिम्रो सुवाउदो ज्वाँई आयो मोटरमा - २

छोरी भर्खर (लहै)सोर्हमा लागेको
छोरी भर्खर (होर?)सोर्हमा लागेको
तिमी हेर्दा ( अँ) - २ पैतिसै नाघेको
गोरु ब्याउदैन - २
तिमीलाई ज्वाँई भन्न त्यती सुहाउँदैन - २

उमेरैको (लहै) हिसाबै नगरे - २
यो ज्यान पनि(ए होइ होइ) उम्केला होश गरे
(ए) कटर कटरमा
तिम्रो सुवाउदो ज्वाँई आयो मोटरमा - २      

छोरी मेरो (कस्ती?) सुनगाभा फुल जस्ती
छोरी मेरो (ए होर) सुनगाभा फुल जस्ती
बाँदरलाई (के रे के रे) सुहाउँदैन क्यै गरी
गोरु ब्याउदैन - २
तिमीलाई ज्वाँई भन्न त्यती सुहाउँदैन - २

अहिले मलाई बाँदरै बनाउँछौ -२
लान्छु छोरी - २ ज्वाँई भन्दा चाला पाउँछौ
(ए) कटर कटरमा
तिम्रो सुवाउदो ज्वाँई आयो मोटरमा - २
तिमीलाई ज्वाँई भन्न त्यती सुहाउँदैन
तिम्रो झिल्के ज्वाँई आयो मोटरमा

                        
बुद्धिकृष्ण लामिछाने

 
पिढीमा बसेर मेरै बाटो हेरेर - २
मेरी आमा रुँदी हुन् मलाई सम्झेर - २

परदेशी छोरो नआउँदा चिट्ठी पत्र नपाउँदा - २
मनमा बिरह चल्दो हो आँसुले चोली भिज्दो हो - २

पिढीमा बसेर मेरै बाटो हेरेर
मेरी आमा रुँदी हुन् मलाई सम्झेर

काम गर्न नसक्दा खान लाउन नपाउदा - २
जाडोमा लुगलुग काम्दी हुन् भोकै बसी रुँदी हुन् - २

पिढीमा बसेर मेरै बाटो हेरेर
मेरी आमा रुँदी हुन् मलाई सम्झेर

छाउन ढिलो भईसक्यो छाप्राको छानो चुइँदो हो - २
रिमिझिमी झरिले आमाको जिउ भिज्दो हो - २

पिढीमा बसेर मेरै बाटो हेरेर
मेरी आमा रुँदी हुन् मलाई सम्झेर – ३

Last edited: 03-Oct-10 08:04 PM

 
Posted on 10-03-10 8:10 PM     [Snapshot: 251]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चाँही आउँदै गरेको दशै र तिहारलाई सम्झेर

 

साबित्री शाह, युक्त गुरुङ


दाई त मेरो लाहुर जाने

म बहिनी त सम्झेरै रोइरहने


आफ्नो घर फर्केर आउँला हो

सम्झी सम्झी मै चिट्ठी पठाउँला 


दशै आउँला, तिहार आउँला निधारमा को टिका लगाउँला?- 

मखमली फूलको थुङा टिपी माला गाँसी मै रोइरहुँला - २ 


दशैं आउँदा, तिहार आउँदा घर सम्झी मै फर्की आउँला  - २

बहिनी तिमीलाई बुट्टे सारी माथि मखमले चोलिया ल्याइदिउँला - २  

 

दाई त मेरो लाहुर जाने

म बहिनी त सम्झेरै रोइरहने


आफ्नो घर फर्केर आउँला हो

सम्झी सम्झी मै चिट्ठी पठाउँला 


थाली भरी अक्षता लिई बुढा बाबा बसेर पिढीमा - २ 

आइपुगेनन् छोरो मेरो भन्दै झुल्के घाममा मुलबाटो हेर्ने छन् - २

 

बर्ष दिनको आशिस थाप्न लाहुरबाट मै घर आउने छु - २ 

फूलपाती ढाका टोपी ओढी बाबाआमा दुबैलाई ढोग्ने छु - २


दाई त मेरो लाहुर जाने

म बहिनी त सम्झेर रोइरहने


आफ्नो घर फर्केर आउँला हो

सम्झी सम्झी मै चिट्ठी पठाउँला


म बहिनी त सम्झेर रोइरहने

सम्झी सम्झी मै चिट्ठी पठाउँला



Last edited: 03-Oct-10 08:13 PM

 
Posted on 10-03-10 9:26 PM     [Snapshot: 272]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@ Geology Tiger,

- i would also like to post some music here ...
- But, how do I know whether a song is लोक  or not ...
- would appreciate U sharing 
- how to distinguish लोक  songs from the others ...
- cause I am new to such songs





Last edited: 03-Oct-10 09:47 PM

 
Posted on 10-03-10 11:46 PM     [Snapshot: 309]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-04-10 12:01 AM     [Snapshot: 314]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा बरको छाया छ !
जस्तो तिमलाई लालीफुल पानी को त्रिसना 
उस्तै मलाई तिम्रो माया छ !






Last edited: 04-Oct-10 12:02 AM

 
Posted on 10-04-10 1:20 AM     [Snapshot: 331]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु पनि ठेट नेपाली भाका को पारखी ! अब भन्नुपर्दा प्रविण गुरुङ को फ्यान ! पारसे चोरले मारेको अझै पनि झलझलि छ ! 
यो दाजु को मिरमिरे आंखा, कस्तो मेरो बिगार्यो दिमाख, नरोउ मायालु ! 
यो बहिनीको सुरिलो भाकाले, छाति चिर्यो गाजलु आँखाले, नरोउ मायालु ! 
Last edited: 04-Oct-10 01:20 AM

 
Posted on 10-04-10 12:39 PM     [Snapshot: 395]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rajug,


माफ गर्नु होला मित्र, तपाईंको प्रतिकृया पढ्नै गार्हो भैरहेको थियो त्यसैले मैले वाध्य भएर त्यसलाई मेटाउन पर्‍यो। जहाँसम्म नेपाली लोकगीतमा मेरो ज्ञान को कुरा छ म त्यसको विज्ञ होइन तर अनुरागी भने पक्कै हुँ। मलाई नेपाली लोक गीतको बारेमा धेरै कुरा थाहा छैन तर त्यसो भन्दैमा मैले केही लेख्नै नमिल्ने भन्ने त छैन नि होइन र? मानिसले आफुले जानेको कुरा अरुलाई सिकाउन र आफुले नजानेको कुरा अरुबाट सिक्नको लागि भएपनि बोल्न र लेख्न जरुरी हुन्छ। माथि राखिएको "आमा रुँदै गाउँ बेसी मेलैमा" भन्ने गीतको असली संकलक को हो भन्ने कुरा मलाई राम्रो सँग थाहा थिएन, तर मैले दुई जना गायकले उक्त गीत गाएको पाए र दुबै जनाको बारेमा लेखे पनि। पछि चिप्ले गुरुले लोकबहादुर छेत्री नै असली संकलक भएको कुरा लेखी दिनु भयो। अब मित्रको अरुलाई मैले भ्रममा पारेको भन्ने जुन आरोप छ त्यो  मैले बुज्न सकिन। मैले त आफुले देखेको र सुनेको कुरा यस्तो यस्तो छ है भनेको मात्र हो, यही नै हो त भनेको थिइन।



तर जे होस् मित्रको प्रतिकृयाको लागि धन्यवाद! र पछी पनि यस्ता प्रतिकृया दिदै जानु होला। म अवस्य पनि गीतहरु थप्दै जानेछु तर आफुले नथापाएको बिषयमा यही हो भनेर भन्ने छैन।
धन्यवाद!


@ Black Panther: It is really hard to distinguish between lok geet and adhunik geet or between lok geet and lok pop. I think the basic difference is instruments they use. for eg. 'Resham' of Nepathaya used to folk song earlier but when played it with their own sets of instruments then it became lok pop. Same thing between lok and modern song. It is hard to differentiate sometimes. 


Let's see if someone has better explanation for this.


       

Last edited: 05-Oct-10 08:39 AM

 
Posted on 10-04-10 2:54 PM     [Snapshot: 411]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अगि अगि तोपैको गोला पछि पछि मसिनगन फरर


 

Last edited: 05-Oct-10 08:37 AM

 
Posted on 10-04-10 3:55 PM     [Snapshot: 419]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@ Geology Tiger,

- Here goes ... 1st try ... could be wrong ...

नरे नेदरल्याण्ड,

सुर्य  स्विजरल्यान्ड ,

मै मोरोलाईे,
प्यारो मेरो मदरल्यान्ड







Last edited: 04-Oct-10 03:57 PM

 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters