[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३० **

[Please view other pages to see the rest of the postings. Total posts: 510]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 181775 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 11-07-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व
कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, यामे, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......
ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ

मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


 
Posted on 11-09-06 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-09-06 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha ha!!

Aba Deep ji ko bihe gardina paryo chautari maa??? Bhannus hai bhannus..!! :P
 
Posted on 11-09-06 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ति मेरी धोबिनीकी बईनीको नाम के रे? भउतेले राख्दया थो, मैले त भुसुक्कै बिर्सें। तेई संग लस्काई दिन पर्ला दिपेलाई! :D
 
Posted on 11-09-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम् राम् डाइपर् को पैसो रे कसरि भुन्न सक्या बाबाइ।मान्छेको ज्यनै जाने गरि कुहेको ख्वाको चाहि मतलब छैन। डाक्टरका गाको मत के भन्छनि मलाइत उदो उभो भएर् त्यो के जाति dehydration भेछरे, अनि त ठ्याक्कै २ बोतल सलाइन् चडाउनु परयो, काहा जिवन् जलले मात्र् ठिक् भयोर। यि दिपे लाई पनि कति आका हुन् अ टुक्का टुक्कि!!
 
Posted on 11-09-06 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-09-06 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि के त नि, आस्था? तिम्रो ज्यान झन्डै ग'को (गा भे नि अर्कै कुरा), मेरो भान्जो गुन्टेले अब नाङ्गै हुर्कन पर्नि त? पैसो नभए, दुई भकारी धान भए नि पठाईदेऊ अब! नत्र फेरि नेप्चेलाई उक्साइदिम्ला! :p
 
Posted on 11-09-06 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुह्हहह म किन तिर्ने नि त्यो गुन्टे को डाइपर को पैसो? अब बासी मो मो भन्ने था हुदा हुदै (तेत्रो ठुलो रातो अक्षर ले डेट लेखेको छ त) किन खाको त?
खान पयो भन्दै म जे पनि खान हुन्छ त?
सुन्या त होला नि नेपाली उखान "बोल्न पायो भन्दै मा प्याच्च न बोल्नु, बस्न पायो भन्दै मा थ्याच्च न बस्नु, खान पायो भन्दै मा झ्याप्प न खानु"
:P :P

नमस्ते जम्मै गाम्ले हरु लाइ,
शुभ प्रभात! सबै को दिन मङल मय होस!
 
Posted on 11-09-06 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पुन्टेदाइ अरुलाई कुहिएको मोमो ख्वाउने पैसोले आफ्नो भान्जोलाइ डाइपर किनिदिये धर्म हुन्थ्योकि? मामा भाको के काम।।।
 
Posted on 11-09-06 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आस्था हाम्रो पून्ते दाई १ १ आनाको हिसाब राख्नु हुन्छ । अस्ती भाइ टिकामi देको २ रुपैया त ले ठुल्बुइने भन्दै थिए ।२ रुपैयाँले के गर्चस् बरु दे सापति भएनी २ गिलास रौसी पिउछु भन्दै चन । तिमी दाइपर को कुरा गर्छौ । :P
 
Posted on 11-09-06 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन अ सान्ननी, त्यो कोशेली को फेरी गर्ने हैन है, भन्देको छु मैले।।
दिने बेला मा रित्तो बक्सो आफै दिने (बुढेउली ले छोए जस्तो छ बरु, हुन त उमेर नि ढल्कि सक्यो क्यरे उन्को त :P :P) अनि दोस चाइ मलाइ।
 
Posted on 11-09-06 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है, नेप्चे!

रेडि!
सेट्!!!

(पैसो ति-यो भने ति-यो, नत्र....)

गो!!!!!!!!!!!!!!!!!

फेरि तेई म:म: को फोटु राख्देऊ, खाइहाल्छिन् कि यसपाला नि? ;)

यि ठुल्बुईनीको पत्तर पत्तर गर्नि मुकाँ नि तेई म: म: कोच्देउन यार कसैले! :p
 
Posted on 11-09-06 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न अब चाइ पञ्चायत बोलाइहाल्नु परो, जिम्माल बा कता गे' छन ? यो डाइपरको छिनो फानो त हुनै परो नि, जे भे नि यसमा गुन्टेको त केइ गल्ती छैन, अनि किन उसले नाङै हुर्किने ?
लौ है गाम्लेहरु चौतारीमा भेला होऔं, पञ्चायत बस्नै लाग्यो ।

ओहो, ठुलिलाइ त देख्दै नदेखेको, के छ ठुलि हालखबर, माम कायो ?
 
Posted on 11-09-06 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकछिन् अ आउनु नपा'को, याँ त कुरो का का पुगिसकेच, अब तो पैसो त बसि म:म: ख्वाउने कुम्लेले नै तिर्नु पर्ने हैन र,
ल आज नि ठुलै जम्घट छ याँ, रमैलो हुने भो,
ए साँच्ची, जिम्माल बा बेपत्तो छन, सन्चै त छन?
ठुली, नेप्चे, पून्टे दाई, मीस, कुम्ले, ग्वाँचे, सन्नानी, दीप ज्यू लाई पनि जदौ है
पल्लो गाम्मा सुनाको कथाले हाँसो मर्न भ्या'छैन, याँ कबिता सुनाएर थलै पार्ने भए जस्तो छ, अरु नि आओस है तुरुन्तै
 
Posted on 11-09-06 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाइ को भान्जो त आफ्नो नि त भान्जो नै हुने भयो। फेरि भान्जा-भान्जी झोली का देउता हुन भन्छन, अनि कसरी नाङै राख्न दिनु। लु लु म नै तिरी दिम्ला त्यो गुन्टे भान्जो को डाइपरको पैसो चाइ (कति न पर्ला र त्यो जाबो डाइपर लाइ)।

आस्था, बरु तिमी चाइ अब देखि अरुले मो मो खान दियो भन्दै मा, कहिले हो हेर्दै न हेरि भकाभक खान चाइ न थाल्नु नी।
 
Posted on 11-09-06 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आस्था देखौ त पून्ते दाई को पोल के खोल्देको अब मेरो मुखा नि क्यो बस्ती म:म कोची दिनु पर्‍यो रे । पून्ते दाई भने देक छु हामी डरम्दिन क्या । पक्नुस् ठुलिभौजी लाई बोलाम्छु ।
ग्वचि मेरो त थिक् थाक् च। तिम्रो नि। माम् कताको खनु नु। पास्ता खदै चु।
 
Posted on 11-09-06 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबुइ!!! ठुल्नानी यो पास्ता भनेको के हो ? बाइ द वे मेरो हालखबर सबै ठीकठाक छ, अलि अलि अड्डामा कामको चटारो छ, भर्खरै साउसँग छलफल भयो, अब अगाडि कसरी काम गर्ने भुनेर । यस्तै हो मुग्लान पसे'छी साउ कै काम गर, माम खाउ, हैन त ?

बरु गुन्टेको डाइपरको मुद्दा काँ सम्म पुग्यो हँ गाम्ले हो ?
 
Posted on 11-09-06 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो गर्यो कुरोकै दु:ख। लौ साथि भाइ रामाइलो कुरो गरुम अबो।चौतरिम बसेर यसो गित गाम।
 
Posted on 11-09-06 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पन्चायत सन्चायत नडाकम्, भो! नेप्चेले दिनि रे पैसो, कुरै खलास्! :D

बरु, आस्थाले भने जस्तो गीत सीत गाम् भो!

आऽऽऽऽऽऽऽ

मिनि बसको दाईभरले
चौतारी हल्ल्यो भान्जो को डाईपरले
नेप्चेको बासी म:म: को खाला
खानेलाई लागेछ पखाला

भन मुयालु, कुरोको मजा नै टुङ्गियो, दिल छ दयालु!
 
Posted on 11-09-06 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-09-06 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहम लालुमाइ ललौरि तिलौरि
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters