[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 My first love letter

[Please view other pages to see the rest of the postings. Total posts: 260]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 137498 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 10-05-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो इस्कुलको साथी थी। मिल्ने साथी भन्नु पर्ला। अरु बेला त होइन, उसको लवरलाइ मुक्तक र कबिता लेख्नु पर्दा मलाइ खुब चेपारो घस्थी। उमेरको कारण होला उ कुकुरको पुच्छर् चाहि होइन, हाम्रो इङ्लिश पढाउने बुढो सरको नाको लामो सेतो रौं हेरेर मरिमरि हाँस्थी। क्लासमा हामी त्यो सरको कानबाट निस्केको रौँ हेर्थ्यौं र भित्र आगो लागेर कानबाट धुँवा निस्केको कुरा कल्पना गर्थ्यौं। त्यो मोरीको दिवानाहरु चाहि घर देखि इस्कुल सम्म हुन्थे र बाटोमा पनि बोलाउथे नामै लिएर। उ चाहि परेला झिमझिम गर्दै मसक्क हाँसिदिन्थि, केटाहरु भुतुक्कै हुन्थे। तर उसको लिस्टमा चाहि धेरै जना हुन्थे। उ पढ्नमा पनि राम्रै थी। सबै कुरामा स्मार्ट।
उसको लव लेटरहरु देखेर आफुलाइ पनि कसैको चिट्ठि आँुछ कि भन्ने झिनो आशा लाग्थ्यो। तर, केटिको केहि गुन नभएकि म हिड्दा पनि केटाहरु आर्मी जस्तै हिड्छ भनेर सुनाउथें। कतिसम्म भने "बुलडग" जस्ति भन्थे। आफ्नो इस्टाइल नै तेस्तो थियो त के गर्नि। मेरि साथि चाहि कुरा गर्दा पनि सात ठाँउमा भाच्चिन्थी मस्किएर। तेस बेला ठुलो पिर पर्यो मलाइ, मेरो जिन्दगीमा चाहि लव लेटर कसैको न्अौनेभो भनेर। तेहि ताका मलाइ एउटा पत्र- मित्र को चिट्ठि आँउथ्यो। मेरो नाम र इस्कुल को ठेगाना रेडियो नेपलको "बाल कार्यक्रम" सुनेर थाहा पाएछ। पुर्व मेचीदेखिन लेख्थ्यो साहितिक चिट्ठि। दुइ वटा सम्म चाहि पढे र साथिहरुसङ बसेर हाँसे। असाध्यै गम्भिर प्रबितिको लेखाइ थ्यो उसको, पानी पर्दा पनि रुने जस्तो। तेस्रो चिट्ठि आको बेला तेहि बुढो ग्रामर सर हुनुहुन्थ्यो र सोध्नुभो "यो मान्छे को हो?" मैले केहि भन्न सकिन। तेसपछि उहाले चिट्ठि फिर्ता लानुभो।

मेरी साथीको चाहि धुमधाम थियो ताँती पछि लाग्नेहरुको। उसको त अस्तिको महिनामा एउटा हुन्थ्यो र अहिले अर्कै। मलाइ पनि अलिकति उ जस्तै हुन मन लाग्यो। हाम्रो इस्कुल सकिएपछि हामिहरु सङै एउटै कम्प्युटर इन्स्टिच्युटमा गयौं। तेहा पनि उसको लागि त लाइन लागि हाल्यो। आफुचाहि सुक्खा। एक दिन मैले उसलाइ सोधे "कसरि तेरो पछि केटा हरु लाग्छन्?"
" तैले पनि त तेस्तै गर्न सक्छेस् नि"।ुसले हाँदै भनि।
"कसरी?" मैले फेरि सोधें।
"तलाइ थाहा छ त्यो अर्को सर पनि क्रेजी छ नि तेरो लागि?"
"के भन्छे यो, नचाहिने कुरा नगर त"।
"हो भन्या, तिम्रो साथी कस्तो स्मार्ट छ भनेर मलाइ भन्या थ्यो नि।"
"मलाइ धेरै उडाको मन् पर्दैन।"
"त आफै वास्ता गर्दैनस् त अनि के हुन्छ त तेरो लव?"
"हेर, कहिलेकाहि केटिले पनि अघि बढ्नु पर्छ नि।"
"भनेको मतलब् के नि?"
उसले मलाइ सबै कुरा सिकाइ। उसले भन्या पनि हो हो जस्तो लाग्यो। जसले मलाइ मन पराउछ भन्थी, त्यो सर पनि ह्यान्सी लाग्न थाल्यो। म सङ नै धेरै आकर्शित भा जस्तो लाग्न थाल्यो। मेरो साथी हावा भर्न लागि मलाइ। अनि मलाइ के चाहियो, म पनि उड्न लागे आकाशमा र एक दिन मैले एउटा चिट्ठि मेरै साथीको मार्फत त्यो ह्यान्सीलाइ पठाएं।
मन ढुक्ढुक गर्दै दुइ दिन पछि तेहा गए। ह्यान्सी त कस्तो नर्मल तरिकाले कुरा गर्छ बा। केहि नै थाहा नपाको जस्तो। अति भएपछि मैले आफै सोधे।
"मैले पठाएको त्यो चिट्ठि पाउनु भयो?"
"उँ, तर भर्खर् २ पेज पढ्दैछु, सबै पढ्न भ्याको छैन। यो हप्ता भरीमा सबै पढ्न सक्छु होला। तिम्रो बेस्ट बूक्................... हो"।
मलाइ उकुसमुकुस भयो। कस्तो मान्छे रहेछ, एउटा चिट्ठि पनि एक हपता लाएर पढ्ने। अल्छि मोरो। कहि नभाको बिजि मोरो। मनमनै कस्तो ह्युमिलेट फिल भयो मलाइ र सोझै पुगे मेरो नक्कलि साथीकह।
"मोरोले त पढ्नै सक्या रैनछ"। रिसले भने।
"कति थियो र तेरो लेटर?"
"५ पेज थियो नि।"
"तैले थेसिस लेख्या कि लब लेटर?" हाँसी त्यो मोरी।
"खोइ कहिले लेख्या भए पो।लेख्दा लेख्दै ५ पेज भयो। तैले मलाइ पहिले भन्नु पर्दैन कति लेख्ने भनेर?"
" मलाइ के थाहा नि? मैले पनि कैले लेख्छु र?"
"अनि कसले लेख्छ त तेत्रो रिप्लाइ तेरो हिरोहरुलाइ?"
" तैले मुक्तक् लेख्छस् अनि त्यो सबिनालाइ पेपर दिन्छु उसैले मिलाइ मिलाइ लेख्छे नि।"
मोरि कति बाठी, पहिले नै मलाइ तेसो भनेको भए त म पनि जान्थे नि सबिनाकहाँ। बेकारमा मोरो त्यो ह्यान्सीको अगाडि मेरो इन्सल्ट मात्रै भो। मोरो बजियाले मेरो लेटरको हाँसो उडायो होला। ट्रासबिनमा फालिदियो कि उसको सबै साथी हरुलाइ मेरो रङ न ढङ को लेटर देखायो होला। मैले तेसलाइ कहिले पनि भेट्न गैन। बजियाले पनि कहिले बिर्सिदैन होला मेरो थेसिस जस्तो लेटर। त्यो फस्ट लव लेटर नै फेल भएपछि मैले अझैसम्म अर्को लेटर लेख्ने साहस गरेकि छैन।

 

 


 
Posted on 10-13-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्याङ्बा होइ च्याङ्बा,

तों मेरो पछि नलाग कि किनभाने मों तेरो आगि आगि हिड्चु। सुन् त्यो धातुरेको चालमाला ठिक छाइन जास्तो छ। तेसको आँखा राम्रो लाग्चा मोलाइ। तों पनि माया लाग्चा मोलाइ। मों तोंलाइ जेठा बनाँउछु अनि त्यो धोतिलाइ कान्छा। ६ महिना तों सङ लेकमा बस्छु, ६ महिना तेसको मधेस्मा, तेहाबाट तोंलाइ धेरै तोङ्बा ल्याइदिन्चु। 
तों सङ मोंलाइ रिस मात्रा उठ्छा। अस्ति मोइले तोंलाइ मेरो आप्पालाइ "ढोग दे" च्याङ्बा भन्यो। तैले त उल्तो मेरो आप्पालाइ ठोक द्यो। तों कुरा पनि बुझ्दैन, पासाङ को मा मात्रा जान्च। आबु देखि तों पासाङको मा जा, मोइ पनि खा। मो पनि धातुरेको घार हेरेर आँउचु। तों धेर् तेसलाइ नतर्सा, तेसको लुङि खास्यो भाने मोलाइ पनि लाज लाग्च नि।

तों हिदा लिस्दाको नम्बर २ मा चा आहिले मेरो मुटुमा, धातुरेलाइ नाभन होइ।

लु खुरुक्क अैजा अनि मों सङ माफि माग, खुट्ट ढोग, फेरि मोलाइ ठोक्ने हाइन नि।

मोइच्याङ


 
च्याँङवा
Posted on 10-13-07 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोइच्यांङ,
तो छा माइना धातुरे सङा गाएपाछि खाच्चारले केइ गार्नु मान्दाइना.....चौरीले दुध् नि दिदाईना.....आनि फेरि आप्पाले मेरो खाप्पारमा बाजाउछा....तुलाई मेरो ता माया लाग्दाईना यो खाच्चारको नि लाग्दाइना? झान् येस्को काद्दि मोइ खान्थ्यो हाइन तुइले?

आनि तोइले मेरो कुरा मान्यो भाने मोइले नि तेरो कुरा मान्जा......तों याँ आइजा आनि मो फेरि पासाङ्कोमा जान्छा आइले जादाइना.....पासाङ्को आप्पाले मोलाई ज्वाइ बानाउछ भान्छ.......मो तेरो आप्पा रा पासाङ्को आप्पा काइले भेट्छ भानेरा पार्खेको पार्खेकाइ छ......तेरो आप्पाले च्याङ्बाले ढोग्दाइना, ठोक्छा भानेरा भान्द्यो भाने पासाङ्को आप्पाले मोलाई छोड्छ होल डारले....

लु मो आबो धातुरेलाई तार्साउदाइना...लुंगि खास्यो भाने तोलाइ ता लाज लाग्दाइना.... तारा
 मेरो च्याङ्रा सप्पै भाग्छ कास्दु गानाको भानेरा.........

तेरो हिद लिस्दाको नाम्बार दुइमा पुगेछा मो धातुरेलाइ भान्दाइना......आनि नाम्बार एकमा को राइछ तेस्लाई ठोक्छ मोइले खाप्पारमा........तोंलाई ता माया गार्छा नि आनि तेरो खाप्पारमा ठोक्ना पारे पानि माया गारेरा ठोक्चा नि तो पिर नाकार.....

तालाई तोङ्बा भान्दा बाढता माया गार्ने,

तेरो च्याङ्बा

 


 
Posted on 10-13-07 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्याङ्बा,
बौधमा गोयेर धुप बाल छिट्टै। लामालाइ गोयेर ढोग दे। ठोकने होइन नि फेरि।


आब तोइंले स्योर खान्च कालेको धुलाइ, अरु पानि को को जातिसङ हिजो निहुँ खोज्दाइ थिस्।
पासाङको आप्पाले पनि तोलाइ ठोक्छ। तेसको ज्वाँलाइ बोलाउछ अनि पासाङलाइ सोलु पठाम्छ।

आबु तोङ्बाको झोलमा बेसरी हाम्फाल। तोंलाइ हिदा लिस्टाबात मोइले ९ मा झार्चा।
आब तोँ मार्छ, कालेले मार्चा तोंलाइ। म्याडि पोनि लुङि समात्डै आँउदै छ।

लु भाग तो.............

Last edited: 13-Oct-07 04:46 PM

 
च्याँङवा
Posted on 10-13-07 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोइच्याङ तो कादा गायु? तों नाभारा मोलाई कास्तु दिक्का लागिराछा.....आजा तोङ्बा पोनि खाना माना लागेना।

त्यो धातुरेले ता केहि गार्ना साक्दाइना मोलाई, तेल्लाई लुंगि सामालेरा फुर्साद छाइना...... लुंगि सामातेना भाने फुस्किन्चा आनि तोइले लाज मान्चा भानेरा तेल्ले दुइटै हातले लुंगि सामात्छ, तेस्को डारा छैना मोलाइ......

कालेलाई ता मो तोङ्बाको भांडोले बाजाइदिन्छा तेस्को नि डार छैना। मोलाई ता खच्चारको बाड्दा दार लाग्चा...... तों आएना भानेरा येस्ले मोलाई लात्ति हान्चा......येस्ले मोइ खाना पाउदाइना नि ता आनि मोसांगा रिसाउचा...... तोइले कुराइ बुझ्दाइना

तुइंले मोलाई नाउ नाम्बारमा झार्देछ..... पाख् तोलाई पानि खच्चारले दास् नाम्बारमा झार्दिन्छ अनि बाल्ला थाहा पाउचा तुंइले.....


 
Posted on 10-14-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मार्न नासाकेको काल च्याङ्बा,

तोंइले ग्यात्सुको बाङारामा हानिस हिजा। आब तों मेरो हिदा लिस्टाबात आउट भाइस। लु जा आहिले पासाङकोमा मोइ खान। तोंलाइ आब पासाङ्को आप्पाले तेहि चिर्पटले बाजाउचा।
मोंलाइ दुख न दे। मेरो पछि नालाग। मों गायो आब दोर्जेसङ।

माया अलि अलि गार्ने,

मोइच्याङ्


 
च्याँङवा
Posted on 10-14-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोइच्याङ

मोइले ग्यात्सोको बाङारा झार्द्यो हिजो..... तुइंले किना ग्यात्सोको घोर्ले छोरा पाउछा भानेको ता? पुलिसले लागेको थ्यो...... मोइले खाच्चारको मोइ खाना दिन्चा,..... मोइच्याङ्लाई ता कास्दु मान पार्चा भानेकु छारिद्यो मोलाइ।

आब त्यो धातुरे रा काले को बाङारा झार्चा मोइले...... आनि मोइले म्हेरो लोल भान्नि खाच्चारालाई नि बानिकु छा तेल्ले नि एक् दुइ जानाको बाङरा फुकाल्छा बानेको छा...... तेल्ले बिरे, चित्रेकु बाङारा फुकाल्दिन्चा रे।

दोर्जेलाई ता खाच्चार नि चाइंदाइना...... म्हेरो च्याङ्ग्रा देकेरा भाग्चा त्यो ता। म्हेरो च्याङ्रा पाछाडि लाइदिन्चा तेस्को।

तुइले मालाइ आउट गार्यो भाने खाच्चारले नि तुलाई आउट गार्दिन्चा तेस्दो नागार तुइंले.......

तोलाइ त मोइले काद्दि धेराइ माया गार्चा , तोङ्बा भान्दा पानि धेराई


 
Posted on 10-14-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्याङ्बा,

तों किना मार्दाइना सबैलाइ, आनि पोलिसले तोंलाइ झ्यालखानामा लान्चा। तों त्याहि भित्रा मोर्छ।

मों आर्को ग्यात्सु, दोर्जे रा निमा सङ मोइ खान्चा। आनि घोर्ले छोरा पांउछा।

तोंलाइ भेट्ना छोराहारु लिएर आँउछ।

पासाङ पोनी पोइला जान्छ आम्कामे सङ। आनि बाल्ला तोंलाइ थाहा हुन्छ, मोइच्याङ कास्दो राम्रो राइछ भानेर। मों पोइला जादैना तारा ग्यात्सुसाङा मोइ खान्छ।
तों मेरो पिर नागार ल।


 
च्याँङवा
Posted on 10-14-07 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोइच्याङ

तुइंले निमालाई मोइ खायो बानेरा तुंलाई दोर्जेले खोज्दाइछा..... तुइंले दोर्जेलाई मोइ खायो बानेरा तुंलाई ग्यात्सोले खोज्दाइछा...... अनि तुइंले  ग्यात्सोलाई मोइ खायो बानेरा तुंलाई खाच्चारले खोज्दाइछा......म्हो चाहि नाइँयां तोङ्बाको भांडोले झाटारो हान्चा साप्पाइलाई भानेरा साप्पाईलाई खोज्दाइचा....

हिजा कालेको खाप्पारमा बाजाको मेरो तोङ्बाको भांडो फुटाइद्यो, मोइले पासाङ्को आप्पालाई भान्देको छा काले लाई खोज्दाइ छ रे.....

तों लुकेरा आईजा मेरोमा म्हो तोंलाई सप्पाइ साङा लुकाउंछा आनि मोइ खान्चा......

मोलाई पुन्टेले छोराको नाम छोङ्बा राक भानेकु छा..... मुइंले तुइंले भानेको कुरा भान्दियो.... को साङा आनुआर मिल्चा बिचार गारेरा नाम राग्चा भानेकु चा मोइच्याङ्ले भानेर....

 तों याँ आइजा छोराको आनुआर मोंसाङा मिल्ने बानाउनु पार्चा..... मोइले मेरो फोटो को फोटो कापि बानार दिन्चा तोंलाई अनि तोंलाई साजिलो हुन्छा.....खाच्चारको चांहि फोटो छाइना मोंसाङा आइले तेसाइले हाम्रो घोर्ले छोराको आनुआर खाच्चारको जास्दु हुंदाइना.......


 
Posted on 10-14-07 7:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्  च्याङ्बा,

मोइले निमा साङा पोनि बासेर मोइ खायो, दोर्जेसङा पनि खायो तर ग्यात्सोको मोइ मिठो लाग्यो। ग्यात्सोको आनिले मिठो मोइ बनाँउदो रैछा। ग्यत्सोले निमा र दोर्जेलाइ मोइ खान बोलाँउदैन मोलाइ मात्रा बोलाँउछा। उसको घोर्ले छोरा पोनि दिन्छु भानेको छ। तेहि भाएर मोइले ग्यात्सोको छोर पाँउछा भानेको। कास्दो कुरा नबुजेको तोंइले।

पासाङ्को आपाले तोंलाइ भेट्नासाथ दुइ टुक्रा बानाउछु भानेको छा। तोंइले तेसको घारबाट के चोरेर ल्याइस रे।

तेरो खाचारको मोइ मिठो छाइन, तेसैले मों खादैन मोइ तों सङ बासेर।

तेरो फोटो पानि मों मिलाउदैन। निमाको फोटो राम्रो छा, तेस्तै छोरा बानाँउचा मों। नाम पोनि निमा र मोइले राखिसक्यो छोराको। 'रुम्बा ' भानेर बोलाउछ हामि। तोंलाइ नाम मन पर्यो?

तोंलाइ अलिकाति र ग्यात्सोलाइ धेरै माया गर्ने,
मोइच्याङ


 
Posted on 10-14-07 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिवानि करेजि,

हम तिमरो लैटरवा देख्यो, लैटरवापे तिमिले पोखिलिएको तिमरो इमोशनवा पनि देख्यो। त बात ऐसन छे कि जो सला हमि बोलेछ बार बार, उ सला हम्रो बोलनेको सटाइल छ। जो सटाइल तिमि रखेछ त उसको छोडनेको बात बहुते मुस्किल छ। उ सला बोलनेको बात पान तम्बाकुके लत जैसन हो,तिमरो जोबनिया हमले आँखसे पियावने लत जैसन हो। एकबार सुसरा लत लागनेको पर्छ तब सला मा रुठे या चचा बन्द होनेको बात छेन। त उ मोइ खानेको बातमा तिमि काहेको डाउट कर्छ?हमि थोडै पान चबाएको जैसन तिमरो होँठ चबावँछ? पान हमि दाँत से चबावँछ पर तिमरो होँठ जो  सला हमि हम्रो होँठ से चबावँछ, उ बात दुसरा छ कि कभि कभार सला दाँत छोनेको सक्छ, पर उसको चिन्ता तिमि नकर, हमि जिब भिचमा ल्यावँछ दाँत रोकनेको खातिर।
तिमि भनेछ कि हमि २२ बात जो तिमिलाई किसवा कर्छ त तिमि भात खानेको टेम पावँदेन, पर हमि बुझेछु तिमि शरमाइहालेछ और वैसन बात बतियाएछ। सला हमि भनेथियो कि दिन हमि तिमिलाई सवेरे ४-५, दिनमे ४-५ और रतियामे १०-१२ किस कर्छ, खेँ... खेँ... खेँ.. पर तिमि सुसरि हमसे भि ज्यादा उतावलि रोमैन्टिकवा रहेछ यो सोचके हम्रो बदनपे ४४० वाँल्टको करन्ट लागिहाल्छ। त तिमि भन्छ होला काहेको ज्यादा उतावला? त बात हियाँ छ कि हमि जो किसवाके फिगर बताएथियो तिमि सुसरि उ सबके मैक्सिमम युज कियो। हँ? त ४-५ बोलेकोमा सला ५ चुज कियो, १०-१२ बोलेकोमा सला १२ चुज कियो और कुल जमा २२ बनाइदियो। केहि बात छेन, तिमि भन्यो भने सला दिनरात किसवा माथि किसवा देन्छ हमि,सला पुरे के पुरे दिन रात होँठ सटाइके राखिदिन्छ, पर उ बात दुसरा छ कि खाना वाना खाने और पाइखाना जानेको टेममा हमि कर्देन। त उ जो ग्यारह छोरा पावनेको बात थियो उ त हमि सोचेँकि तिमि छोरा पावनेको बहुत अन्टरैस्ट रखेछ,केहि छेन फुटबाँवल टिम बनावनेको दिल कर्देन तिमरो भने सला गिल्लि डन्डा खेलनेको टिम बनाइहाल्छु। दु जना मातर भि गिल्लि डन्डा खेलनेको मिल्छ। हियाँ से तिमिलाई हमि,जलेबि मातर हेन घाँघरा चोलि भि लियाइदिन्छ। घाँघरा चोलिके संग एक्टा आँचल भि लियाइदिन्छ, पर जब तिमि घइरमा हम्रो अगारि लगावँछ तब हमि उ आँचल दिन्देन, पर तिमि बाजार जानेको टेममा हमि तिमिलाई आँचल दिन्छ। उ जोगन बननेको बात छोरिदेउ लुगाइ बननेको बात कर। हमि जर्लि आवँछ और तिमर पछारि लागने सब सुसरा लोगनके हमि खटिया खडि करिदिन्छ।
तिम्रो गबरु जवान
मदनवा


 
Posted on 10-14-07 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे बनवारिके बेटि,

हमि तिमरो लैटरसे पता करिलियो कि तिम्र बाप सला परेम चोपरा जैसन भए पनि तिमि सुसरि हमरो दिवानि रहेछ। अरे उस दिन जब हमि तिम्रो हाथ मागनेको तिमरो घएर गाएथियो, तब तिमरो बाप बनवारि हमिलाई बोलेथियो कि छोरि देनेको तो दिनछु, पर छोरि जो छ उ तिमि संग शादि गौना करनेको मान्देन। पर हमि आज बुझेछ कि सुसरा झुठ बोलेरहेछ तिलकवा बचावनेको खातिर। पर हमि सुनेछु कि अब जाइके सुसरा महिन्द्रा टैक्टर देनेपे उतारु छ। त यहि एक्टा बात मा हमि कन्फुजमा छु, यहि सला बात जो छ हम्रो समझदानिके समझसे  बाहिर् छ। उ जगुनवा तेलिके बेटि जो छ, उ सुसरि बहुते चालु छ भनेर हमिलाई  छईठपे सला उ हम्रो किस्ना टाँकिजके चोकिदार लछुमनिया भन्देथियो कि उ जगुनवना तेलिके बेटिको,जोगिन्दरके साथ देखेथियो जुगडियाके जान्कि मन्दिरके पिछवाडे चुमाचाटु करिरहेको।हँ? त जव वैसन सुसरि टैलिफोनवाके बात बताएन त उसमा काहेको गङ्गाजमना बाहाउँछ तिमि?त तिम्रो लाँव लैटरवा जो आएछ आज, सुसरा हम्रो जिन्दगीमे एक्टा चानस खोलेछ। उ लाइसैन्सवा छेन पर बनानेको कौनो कठिन छेन, उ सुसरा तिमरो जगमोहन चचा बोल्छ पन्दर सौ टका एक्टा लाइसैन्सवाको, त उ बुह्रोको नदिने हमि, बुह्रो सला सबको लाइसैन्सवाके पैसासे भुँरि भरेछ। हमरो भि सला सर्कल छ, हमरो भि सला बिरादारन लाईसैन्सवाके आँफिस पे छ, उ तिमि चिनता नकर १ दिनके भितर सला टैक्टरवाको मातर हेन टरक,बस सला किरेनको भि लेनेको सक्छ। उ तिमरो बापलाई भनिहाल कि शादिके तुरन्तबाद गोना करनेको पर्छ। हमि सला भरे पडेछु सालोँसे उ हमि शादि और गोनाके बिचके टेम बितावनेको सक्देन,हमि पगलावँछ। शादि वादि,तिलक उलक, गोना वोना, उ सइबके बादके टेम जो छ सला हामरो छ। टैक्टरवापे हमि सोचेछुँ कि एक्टा पैनोसनिकवाके टैपरिकाँर्टर रखनेको, हमि ढेरसारा कैस्केट किनेर लियावँछ,और गना सुनेर सैर सपाटा लगावँछ तिमरो संग। घुँगि रामरो रामरो खोजिहाल। रामरो संग खाना पिना कर। जोबनिया सम्हालके बैठ, सला गावँमा तिमरो जोबनियापे लार लपकावने दुश्मनलोग बहुते छ। हमि हियाँसे आवनेको टेममा तिमिलाई केवो कार्पिन हेयर आयँल लियावँछ,लाँक्स साबुन लियावँछ, तिमि लाँक्स साबुन लगाइके नहाउ और उकरके बादमे हेयर आयँल लगाउ, हमको काँम्बिनैसनवाको बास्ना जो  बहुत अच्छा लग्छ, लाँक्स, केयो कार्पिन और तिमरो बासना!

तोहर छैल छबिला,
मदनवा


 
Posted on 10-14-07 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wowowow imagination running wild 

you guys are simply great!

maddy bhaiya, hami bhaniliyechu tapai ke pachhi kitne ladki log lagiliyechha. lol


 
च्याँङवा
Posted on 10-14-07 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोइच्याङ

तुइंले तो धातुरेको कुरा सुन्यो कि सुनेना? यस्ले तुंलाई पानि अनि त्यो बानवारी के बेटिलाई पानि फांसाउना लागिकु छा......तुं होश् गार..... यो धातुरेले तुंलाइ पारि पुर्‍याउने सुर कारेकु चा मोलाई पाक्का थाहा छा।

मुइंले तेस्को पाछाडि मेरो खाच्चार लाइदिन्छ आनि त्यो लुंङि सामालेरा भाग्चा..... आरु केइ कार्नि फुर्सात पाउंदाइना.....तों पिर नाकार मो छा नि।

आनि तोलाइ ग्यात्सोले छोरा दियो भानि दुइटा मागेरा तों धातुरेलाई दे...... तेस्ले दान्डि बियु खेल्नि टिम बानाउछा भानेकु छा,....... त्यो ग्यात्सुको छोरा सङा खेल्छा अनि तेल्लाई बानवारिको बेटिले मार्चा कांबाटा घोर्ले छोरा दुइ दुइ वोटा पाइस भानेरा......

निमाकु भान्दा ता खच्चारको आनुआर राम्रो छ...... तुइंले खाच्चरको जास्तो छोरो बानायो भानि मोइले केइ भान्दाइना,..... निमाको छोरो बानायु भानि ता मोइले आहा....... कास्दु राम्रो..... छ्या.. छ्या... छ्या.. छ्या.... भान्छा

तोङ्बा काएपाछि तोंलाई..... नाखादा पासाङ्लाई साम्झिने,

तेरो च्याङ्बा


 

 


 
Posted on 10-14-07 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि कानची।

अरे तिमि भन्यो कि हम्रो पछारि जो छ लरकिलोगन लागेछ, पर तिमि वहि बात जो अस्टाइलले भनेछ हम्रो सला दिल धक्क करेछ। उ बात यो छ कि यहि बात भनने टेममा तिमि 'भैया' बोलाएछ। कैसन किस्मतवा छ हम्रो, जो लरकि बुझेछ कि हम्रो पछारि लरकि छ उ भन्छा "भैया"!

 


 
Posted on 10-15-07 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


where is my Nepal Premi? Nepal Premi i m missing u kya.

 
Posted on 10-15-07 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maddy bhaiya

jai ram ji ki

hami uhe ta baat bhaniliyechu  dusar ladki log piche lagecha .hami ta tapaiko bhaiya jo bhaniliyechu ta  woisan  koi baat chaina  hehehe.

arey hamro kismat ta bahut acha jo cha  tapai jasto bhaiya jo milyo .aisan lagcha ki kumbha ko mela ma jo bichde thiyo ahile ekdam chotari ma mili gayo lol

hami yehi kanfuusiyai gayechhu ki kun ladki lai hami bhabhi bhanne.chaina ta kanfusionwali baat. hehehe


 
Posted on 10-15-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रहरीको लवलेटर

मेरो हृदयकी नाइटभिजन,
लङ्गरेन्जको भन्दा लामो तथा बंकरभन्दा गहिरो माया !
आत्माकी सेन्ट्री, सेक्यरिटीवाल भन्दा मजबुत प्यार ।
मेरो दिमागकी एम्बुस, ब्ल्यांकफायर भन्दा धेरै क्लियर संझना ।
प्यारी, मेरो सानो मिसफायरमा तिमी मेरो घेरा तोडेर माइत गयौं, मेरो मनमा र्कफ्यु लागेको छ ।
तुरुन्त आत्मसर्मपण गरिदेउ, हैन भने, हातहतियार सहित माइतमा आक्रमण हुनेछ !!

उहि तिमीलाई सधैँ सुरक्षा दिने
हवल्दार 'काले'

 
Posted on 10-15-07 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल कान्छि! हाहाहाहाहा

"तुरुन्त आत्मसर्मपण गरिदेउ, हैन भने, हातहतियार सहित माइतमा आक्रमण हुनेछ !! " रे हाहाहा

अति हँसाउने यार!


 
Posted on 10-15-07 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha nepalikanchi...kya janney janney haru rechan ni aajkal ta sajha maa :D...maa kasam mailey chai birkhey haraako suchana nikalna laako thiye yetai sajha maa, birkhey chai yeta crazy love laai side handai baseko recha.....dherai bhayecha sajha maa hi hello nagareko pani :D....
 
Posted on 10-15-07 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
NEPAL TPS IS GONE
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters