Pretty
Replies to this thread:
More by Pretty
What people are reading
Subscribers
Please log in to subscribe to Pretty's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 387]
|
[VIEWED 139363
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 11-15-06 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु। Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी...... ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं। कतै घामको राप छ कैले कामको चाप छ सुस्ताउँदा बतास बोलाउछ आफ्नो भन्नु आफ्नै हो मेरो साथी यै चौतारी बनेको छ मनमा अपरीचित छाप छ कल्पनामा कसैको बास छ अपरीचित लाइ चिनाउँछ उस्लाइ पनि बोलाउँछ मेरो साथी यै चौतारी बनेको छ कतै अतितको सन्ताप छ कतै ओइलाको साहास छ पात पातमा यस्को मल्हम छ उत्साह्को गीत सधै गुन्गुनाउँछ मेरो साथी यै चौतारी बनेको छ कैले जाडोको त्रास छ कैले न्यानोको आस छ सिरक बनेर बस्छ घामलाइ ब्यानै देखि बोलाउँछ अफ्नो भन्नु आफ्नै हो मेरो साथी यै चौतारी बनेको छ | |
|
| |
|
|
|
|
ratamakai
Please log in to subscribe to ratamakai's postings.
Posted on 11-19-06 9:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ल है गम्ले हरु, के छ ओ, बिहान बिहान लाहुरेको पसल्मा चिया चुरोत खान आएकोनी
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 11-19-06 9:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 11-19-06 10:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ जदौ है सप्पैलाई, आज त बिहान-बिहानै जमघट भा र'च त चौतारीआँ, कुम्ले, आस्था, दादा, पून्टेदाई, ग्वांचे, राते, मिस सप्पैलाई सन्चै त होलानि अनि यो निस् को मुखुण्डो उतार्ने काम चाहिं चाडै गर्नु परो।
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 11-19-06 10:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हो हो मकुण्डो उतार्नै पर्च के बोल्या हो? म त झन् केइ बुझ्दिन बोलेको
|
| |
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 11-19-06 10:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-19-06 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ए बाबा ठाकुरे! यि चौतारी गाम्ले सुत्न छाडे झैँ मानिछु मैले। निशे राति आ'र बिग्रेओ रिडियो बजेओ जस्तो खलबल अरेर हिनेछ। सुडो रे अब, हाम्रा तिर त अदुवा सुकाएर राखेकोलाई सुठो भन्ते के रे। पुन्टे दाई, भुतले खाजा खाने ट्याममा आएछन रातीको १:०४ मा। नमे, भुतले खाजा खा'र चुठ्ने बेलाँ आएछ रातिको १:५८ मा। हुँदा हुँदा कुम्ले ६:०५ मा आएछ, सुत्नु अगाडि आ' हो कि एकाबिहानै उठे'र आ हो तो उसैलाई थाहा होला। लु सपैलाई जदौ छ मेरो नि।
|
| |
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 11-19-06 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
. चौर भरि सुकिला मुकिला कपडा लगार फुच्चा फुच्चिहरु उफ्री रारचन् । क्यामे, पुन्टे, ग्वाँचे, नेप्चे यता उता गर्दै रचन । मिस पनि तिनिहरुलाइ येसो गर उसो गर भन्दै हुन्थ्यो । जिम्बाल् बा कुनामा बसेर केटाकेटीहरुलाइ कथा सुनाउदै हुनुहुन्थ्यो । कोहि को हो आउने भनेर पर बाटोतिर चियाउदै थे । नमे कता हो दौडदै थियो । माहोल निकै ब्यस्त दिखिन्थ्यो । कोइ केटाकेटीहरु चौरमा चुङ्गी खेल्दै थिए भने कोइ केटाहरु छेउको टी टी बोर्डमा टी टी खेल्दै थे । दादा तिनिहरुलाइ हेर केटाहो यसरी खेल्नु पर्छ भन्दै सिकाउदै थिए । म हतार हतार गर्दै चौतारी मा पुगे । सबै जना लाइ देख्दा भित्र भित्र लाग्यो अब बर्बाद भो आज पनि मिसको गाली खाने भैयो । कहिलै पनि भनेको समयमा पुग्न नसकिने । जहिले पनि कहि जानु छ भन्यो भने घरमा के के काम आइलाग्ने के के । टुप्लुक्क येसो चौतारी छेउमै पुग्या थे मिसले आँखा तरेर हेर्नु भो सारै डर लाग्यो । यामे येहिबेला हो आउने? झन ढिलो गर्छौ भनेर हिजो ३-४ चोटी सम्झाए तर पनि ढिलै । यहा तयारी गर्न कस्तो हतार सबै तिर आफैले गर्नु पर्छ ? तिमिहरु कोहि पनि सुन्दैनौ । त्यो चित्रे पनि अहिले सम्म आएको हैन । यस्तो चालाले पनि हुन्छ ? खुब गाली खाइयो मिस को । के गर्ने मिस घरमा काम पर्यो तेसैले । स्पष्टीकरण दिन नपाउदै मिसले भन्नु भो तिमिलाइ जहिले पनि केहि गर भन्यो भने घरमा काम परि हाल्छ ? कहि नभाको घर । सारै गाली खाए । जहिले पनि गाली खाने बेला अर्को चोटी ता जसरी पनि समयमा पुग्छु भन्ने सोच्छु तर जहिले पनि छेपारोको कथा जस्तो हुन्छ । तिमीले तयारी गरेका छौ ? के के भन्नु पर्छ थाहा छ ? मिसले अझै पनि रिसाउदै भन्नु भो । थाहा छा मिस थाहा छ भन्दै थे सुन्नु भो कि सुन्नु भएन मिस अर्कै तिर दौडिनुभो । ए केटाकेटीहो तिमिहरुलाइ यहा नचल भन्दा पनि नहुने ? उता खेलन । मिसलाइ देखेर केटाकेटीहरु पनि डराएर भागे । कुना बाट खितित खितित हासेको आवाज आयो । मोरीहरु कसरी जिस्काउन पर्ने खुब हासेका । मिसले गाली गर्या देखेर आस्था, हरितालिका, शुभा, तितौरी हास्दै रचन् । खुब रिस उठिराथ्यो तर के गर्नु । के भो यामे ? भन्दै हास्दै गर्चन् बा । मोरी हरु । सधै फरकमा (स्कटमा) स्कुल आउने मोरीहरु आज भने सारीमा सज्जिएर कती राम्रा देखिएका । मोरी हरु हाँस हाँस मेरो पनि कुनै दिन पालो आउला नि भन्दै अर्को छेउतिर लागे । एकै छिन सुस्ताउदै थिए मिसको चर्को आवाज कानमा आएर ठोक्कियो चित्रे क्या हो तिमि पनि ढिला ? ठुल्नानि तिमि पनि ? यसो हेरेको चित्रे र ठुल्नानि बल्ल आउदै रचन । एकै छिनता ढुक्क भो चित्रे पनि बल्ल आउदै रच । सधै मलाइ यामे त सधै ढिलो आउछस् भनेर जिस्काउथ्यो आज बल्ल मैले भन्न पाए । एकै छिनमा आउने भनेको प्रमुख मान्छे पनि आए क्या हो केटाकेटीहरु हुर्र बाटोतिर दौडे । यसो हेरेको दीप, आइते र गलाउ अघिपछि अघिपछि गरेर गा बि स अध्यक्ष सङ आम्दै रचन । अध्यक्ष नै हुन क्यारे प्रमुख अतिथि । एकै छिनमा कार्यकरम सुरुहुन थाल्यो । उधघोषण गर्ने मै थे । सुरु गर्न पर्यो । आज को कार्यकरमा प्रमुख अतिथि, मिस, जिम्बाल बा सबै जनालाइ मन्चमा आसन ग्रहण ग्रहन गर्न अनुरोध गर्दछु । सबैजनाले आसन ग्रहण गरेपछि । सभापति ता बनाउन पर्यो । कार्यकरम को सभापतित्व ग्रहण गर्न म जिम्बाल बालाइ अनुरोध गर्दछु । जिम्बाल बा सकिनसकि उठ्नु भो र सबैलाइ नमस्ते गर्नु भो । आजको यस चौतारीमा हामीले गत चौतारी ३० मा सर्बाधिक सहभागिता जनाउने लाइ पुरस्कार को ब्यबस्था गरेका छौ । अब म नाम बोलाउछु नाम आउने ले अध्यक्ष र जिम्बाल बाको हात बाट पुरस्कार थाप्न आगाडि आउनुहोला । म तेश्रो बाट सुरु गर्छु है तृतिय स्थान प्रप्त गर्ने हरितालीका (४४ पटक सहभागी ) तेस्तै गरेर द्वितिय स्थान मा पुन्टे (४६ पटक सहभागी ) हरीतालीका र पुन्टे लाइन मा लागिरा थे पुस्कार थाप्न । अध्यक्ष बाले अबिर लगाइदिने र जिम्बाल बाको हात बाट पुरस्कार लिने कार्यकरम थियो । दीपे ले र गलाउ ले जिम्बाल बालाइ उठ्न मद्दत गरीरा थे बुढाले आसिर्बाद दे अझै पनि सहभागे हुदै गर है धेरै धेरै चोटी सहभागी हुन्नु पर्छ । अब प्रथम स्थान घोषणा गर्ने पालो चौतारी ३० मा सर्बाधिक सहभागीको पुर्कार उम्काउन सफल भएकि छन् प्रीती (५२ पटक सहभागी ) नाम घोसणा गर्ने बित्तिकै सबैजनाले ताली बजाउन थाले दाया बाया हेर्न थाले । तर तर । खोइ त प्रीती सबैजना गुनगुन गर्न थाले । हैन प्रीती कता गै ? आएकि छैन ? मिसले सोध्नु भो । खोइ त देखिदैन न त मिस । गलाउ ले छेउबाट खुसुक्क भने । हिजो रिजल्ट आएदेखि प्रीती ता देखिएकै छिन मिस चित्रे ले हुल बाट भन्यो । कता गै त प्रीती ? सबैजनालाइ खल्लो पार्दै सबै जना एक ले अर्को लाइ सोध्न थाले ................समाप्त
|
| |
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 11-19-06 11:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
प्रीति ए प्रीति कता गै ? झट्टै आउ पुरस्कार् थाप्न वाउ यामे कूल् कथा लेखेछौ ,साचै प्रीति को कमि भयो यहा है ;-) -------- अनि हाम्रो निश् भेना र कुम्स् ले चै क्या गफ् दिने रे'छ, क्या सोझो लाग्थ्यो हौ सिम्स् को अगाडि लास्ट् ट्वाके जस्तो छ यार् अनि त्यो कुम्स् पनि के भा'को यार् लास्ट् उस्को आन्द्रा देखि को थ्यान्क्स् भन्छ छि ! के होला आन्द्रा बाट आउने थ्यान्क्स् पनि :p : , अन्त यामे ब्रो लाइ चै सेन्टि भयो भनेर कुसुमे रुमाल् रे हाहाहा । ( Phewwwww! कस्तो गार्हो भाषा होला)
|
| |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 11-19-06 11:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते है गाम्लेहरू! आज धेरै जाडो छ, त्यसैले ढिलो भयो। यामेले रमाईलो कथा लेख्यो। निशान्तको कुरा चैं R.L. Stevenson को 'Dr. Jekyll and Mr. Hyde' उपन्यास जस्तै लाग्यो, कोही प्रतिष्ठित गाम्ले नै निशान्तको मुखुन्डो लाएर आए जस्तो छ। फेरी शंका नलागोस् भनेर चाँडै अर्को भेषमा आएर थाहा नपाए जस्तो कुरा गर्नै। ;) मलाई शंका लागेको गाम्लेको नाम चैं भन्दिनँ अहिले, समय आएपछि मुखुन्डो आफैं झर्ला नि। :) :D
|
| |
|
|
ratamakai
Please log in to subscribe to ratamakai's postings.
Posted on 11-19-06 11:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
प्रिती घास् काठन हो कि भैंसी हेर्न भनेर घर बाट गयकी आहिले सम्म आएकी छैन ?
|
| |
|
|
Please log in to subscribe to 's postings.
Posted on 11-19-06 12:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बबाल कुरा काट्दिने के पाटहरु फेरि। चित्रेस सोम Hercule Poirot बनिदिको ब्रो? आssssच. याम्स ब्रो, अफ्नो जिगरी निश् लाई बाल नदिने माथिको लेक्चरमा? सान्स (सान्नानि) लाई मेरो कङ्ग्र्याच् छ , ट्रिट जान पर्र्यो नि हौ, बबाल बियरमा पौडि खेल्न पर्छ नि हौ तिम्रो ट्रिटमा।नाङ्लो जाने कि बेकरि जाने? बरु बेबिलोन जाउँ न हौ, मस्ति हुन्छ। तित्स सालि.....आँssssssच बल्ल हाम्रो ग्याङको जस्तो कुरा गर्न जान्ने भएछौ नि हौ तिमि त! सिम्सले सिकायो जस्तो छ त नि हौ। क्या खोक्दिने फेरि "क्या सोझो लाग्थ्यो हौ सिम्स् को अगाडि लास्ट् ट्वाके जस्तो छ यार् " भनेर भेनालाई छुरा हान्न त लास्टै च्याम्प छ नि हौ तिमि!
|
| |
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 11-19-06 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आँssssssच सोमहरु त के हो एस्तो, बिहान बिहानै आएर लास्ट बासेर गएछ छ नि हो। सुड्डा सुड्डी देखि लिएर भुरा भुरी सम्म जम्मै ग्यादर भएर लास्ट गफ्फ नि दिएछन। हाम्रो यामे पार्टले चाइ कुल स्टोरी लेखेछ। अनि फेरि हाम्रो जिम्स सुड्डो लाइ चाइ सोम हरु ले रात भरि खोकेर सुत्न नै दिएन जस्तो छ, लास्ट रड्डी भयो जस्तो छ नि सुड्डो लाइ त। निश, कुम्स अनि तित्स त आफ्नै लोकल हरु पर्यो जस्तो छ नि, गफ्फ त डिट्टो उस्तै जाने रैछ नि। आफु त भर्खर ह्याप्स दिएर आको है। सोम हरु ले ह्याप्स दि सकेको हो? अनि त्यो प्रीत्स चाइ काहा गएछ नि? प्रीत्स को ट्रीत्स मा त बिएरको पुल मा स्विम्मिङ हान्ने हैन त कुम्ले अनि निश सोम हरु? :P :P
|
| |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 11-19-06 1:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मैले कथाहरूबाट केही रमाइला पंक्तिहरू संकलन गरेको छु। तपाईहरूलाई रमाईला लागेका पंक्तिहरू पनि प्रस्तुत गर्नुहोस्। तितौरीको:- "ड्रीन्क्स् के लिने?" निशान्त् बोल्यो "ड्राफ्ट् बीयर् ट्राइ गरौ न है" अलिकति आग्रह मिसाएर प्रस्न सोधे झै गर्यो। "भै हाल्छ नि" समिधा प्वाक्क बोलि खै किन हो निशान्त् को प्रश्न गराइ लाइ टार्न नसकेकि ।म जिल्ल परे ,उस्ले त कैले काहि ट्राइ गर्या थि क्यारे म त कहिले नि खा'थिन। कुम्लेको :- मैले एकछिन सोचेँ अनि भने, "निशान्त, साँच्चि अर्को चोटीको तिम्रो डेटमा मलाई तिम्रो साथी भएर आउने मौका देउ है, बरु खाने खर्च मै बेहोरौँला, अनि लुगापनि राम्रै लाएर आउँला, तिमीहरुलाई नि छुट्टै बसेर कुरा गर्न रमाइलो नै हुन्छ नि, हैन?" ग्वाँचेको:- लौ जे भे नि अब राँरी पढ्नु क्यारे, तेरो लागि केइ ल्याउन सकिएन हेर्, हिजो तेरी भाउजु नि माइत ग'कि थि, मु त रात भरि धोबिनिकैमा हो, फूलको माला ल्याउन सकिएन लौ एइ माल लगा' भन्दै आफुले चपाइराको चुइङ्गम नै तन्काएर माला लगाइदे । पून्टेदाईको:- यतिकैमा, कुनाबाट निसले बोल्यो फेरि, अलि अलि जाँड नि ला’को, लडबडेको जिब्रोले, “क क क्या याद आयो यार! एक चोटि मैले मेलो बुरीलाई बिहे भन्दा अगाडि…फस्ट डेटमा…त त त्यो नाङ्लोमा लगेर पैसै पुरा नतिरेर टाप देको छु, यार! यि बैनिहरुले त अन्जान् मै क्याको त्यो, आफूले त जानी जानी!” चित्रेको:- म र कुम्लेले उसलाई बर्थ डे ट्रिट दिन भनेको त मोरो, ‘ मैले त समिधालाई ट्रिट दिन ला’छु, कवाफमा हड्डी नबन्न यार!’ भन्छ बा! मास्टर्नी दिदीको:- मामूले सोध्दा म दिले दिएको भन्छु " अनुहार चम्किलो बनाउदै उस्ले श्रीयाको हात समाउदै भनि । भित्र देखि रहात पुग्यो श्रेयादिलाइ। श्रीयाले मुस्काउदै भनिन "स्टुपिड" कुम्लेको:- "अरे अरे! त्यो दौडिने केटा त अघिकै वेटर होइन र?" भुइँमा पछारिएको बेलामापनि हितेले उस्को अनुहार हेर्न भ्याएछ। दीप ज्योको:- "अनि कस्तो त?" बाङ्गे उत्सुक् भो—हामि पानि जनु पर्यो यार् त्याँ काँ रे छ – धेरै चोटी धेरै थोकाँ हालेर खाइयो जाँड् तर नाग्लाँ चाइ खा छैन नखा कुरो--- बौधाँ समेत् नदिनी त्यो ठाम् काँ रे छ --- अनि इ केटीहरुले काँ बाट फेला पारेछन् --- यिनीहरु त उग्रै होलान जस्ता रे छन्। पून्टेदाईको:- के ग्रने कि, ब्रो? अब ट्याक्सि लिएर आईसक्यो, हो! पैसा त तिर्नै प-यो नि! नत्र फेरि मेक्सिकन ड्राईभरहरुले त ग्याङ् बोलाएर धुलोऽऽऽऽऽऽऽऽऽऽऽऽ पिठो पार्छन्त! मामा बोलाउने नि चलन छैन तिनीहरुको त! आम्बोऽऽऽऽऽऽऽऽऽऽऽऽ मलाई लास्ट रड्डी संग सेन्टिऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽफ्याट् पार्द्यो यार! बरु तेस्को नेपाल देखिको साथी, तेई जंगले आर्मीको टाटे पाटे पत्लुङ् लाउने चाईं, अमेरिका मै छ रे कि। भेट भईहाल्यो भने होस् गर्नुस् ल, ब्रो?” तितौरीको:- समिधा मुख् बिगारेर बोलि " छि त्यो थोत्रे रुमाल् मैले सिगान् पुछेर फाल्या हो " :p "फेरि मामु बोलेको सुने बाबु को नाम् के नि? निशान्त् रे" लौ मार्यो म एकैसास् मा बाँदर् झै हाम्फालेर तल पुगे,र मामु को हात् बाट फोन् खोसेर फेरि माथि आए। चित्रेको:- ‘खै त्यो नि खासै था’ भएन। गाइँगुइँ अनुसार चैं लुट्ने मान्छे हाँडीगाउँको दादा रे, नाम भने भुसुक्कै बिर्सें…. अँऽऽऽऽऽऽऽ ब्यान्डि हो कि के भन्थे तेस्तै’। निशान्तको:- “ ओ झारपात् घुरेर हेर्छस?” भनेर बियरको सिसि फोरि पो दियो हौ। ग्वाँचेको:- फेरी त्याँ अम्रिकाँ निल दाइ भन्ने मान्छेको घरमा त्यो निस् बज्याले जाँडको नसामा सप्पै कुरा ओकालेको रहेछ । उता हितेश भन्ने केटाको डाइरिको पाना नि भेट्टे छ्, यो घटनाको बारेमा लेखेको । यामेको:- अब प्रथम स्थान घोषणा गर्ने पालो चौतारी ३० मा सर्बाधिक सहभागीको पुर्कार उम्काउन सफल भएकि छन् प्रीती (५२ पटक सहभागी )
|
| |
|
|
Please log in to subscribe to 's postings.
Posted on 11-19-06 3:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
न्यूयोर्कको निल ब्रो हाम्रै हाँडिगाउँको होन्त खासमा। पहिलाको बबालि दादा हो नि फेरि हाम्रो निल दाजु। निल ब्रोको गालामा लाsssम्चो कन्चट सम्म पुगेको खत अझै छ त नि। लाजिम्पाट को दादाहरु संग ग्याङ फाइट परेको कि ५ साल पहिला, ४ जना जंकि मिलेर हाम्रो निलदाई लाई भक्कु ठोकेछ हौ। म, नोर्बु, डिस्को, कुम्स, नेप्चे अनि नोर्बुको मामाको छोरा बौद्धको दादा पासाङ सब मिलेर चिया र स्टिक तानिराको कि भाटभटेनिमा, बाङ्गे लास्ट दौडँदै आयो हैन। " ओ सोमहरु हाम्रो टोलको निल ब्रोलाई बालुवाटारमा लाजिम्पाटको केटाहरुले घेरिराछ " भनेर करायो हैन। अनि हामि सब केटाहरु जर्र्याक जुरुक उठ्यो हैन। नोर्बु र पासाङले डिङ्गो बाट रामपुरि निकाल्यो, कुम्स ले पसल अगाडि राखेको बाईकको चेन २ मिनट मा निक्यालो हैन, बाइकवाला सुड्डो कराउनलाई मुख मात्र खोल्या थ्यो कि, नेप्चेको दरो पन्च भेटिहाल्यो नि सोमले फेरि। अन्त सब गयो हामि दौडेर स्पटमा हैन, हामि आएको देखेर सब झारेहरु माइनस भयो (भाग्यो)। त्यसपछि हाम्ले निलदाईलाई हस्पिटल लग्यो। त्यो दिनदेखि त हामि निल दाईको भाई भयो नि हौ! अन्त कपाल काटेको, रेस्टुरेन्टमा खाएको केहि को पैसा नलाग्ने नि फेरि। किंग्स वे को रेस्टुरेनन्ट त सबै पुरा फ्रि थ्यो नि त हामिलाई, निलको केटाहरु भनेर एक पैसा नलिने। न्यूयोर्क आएपछि भेट्यो कि मैले निल ब्रो लाई, ब्रो त लास्टै सरिफ भएछ यहाँ आएर। पुन्टे सुड्डो त बेस्ट फ्रेन्ड रे :) 'जि' तान्न नि छोडेछ, जिन्स काट्न छोडेछ, हुँदा हुँदा ब्रोले अत्ति गर्देर कानको टप सुद्द फाल्दे छ नि हौ। त्यस्तो जगल्टे सोम बङ्गालि काट्न थालेछ नि हौ केश त। तर जाँड तोङ्बा भने पछि त अझै नि ट्याङ्कर नै रैछ नि हौ। मलाई नि भक्कु खुवाएर लास्ट फिट्टु बनायो हैन अनि के के भन्यो मैले थाहा नै पाएन।
|
| |
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 11-19-06 3:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चौतारीमा आज आएर लेख्नुहुने सम्पुर्ण मित्र बन्धुहरुलाई यो सोझो कुम्लेको तर्फबाट नमस्ते! यामेको कथा राम्रो रे'छ, साँच्चि कता गइन् हाम्री सान्नानी? बरु यामेले नै उस्को साटो पुरस्कार थापिदिने कि? निशन्त जी, तपाइँको बोल्ने शैली नि अचम्मको लाग्यो। कस्तो गार्हो हुने रहेछ हाम्ले बोल्न त। हाम्राँ त्यसरी बोल्दैनन्। बा आमाले यसरी बोलेको देखे भने भोली देखि दिनभरी बारीमा मात्र काम गर्नु पर्ने हुन्छ। राते नि आएछन् चौतारीमा! सु-स्वागतम्!! चित्रेले एक से एक हरफहरु राखेछन् एक से एक कथाहरुका!! अत्ति उत्तम!! जिम्माल बा, नमस्ते गरेँ! म हजुरजस्तै बुढेसकालसम्म यसरीनै चौतारीमा बस्न पाउँ अनि पछि भुरा भुरीहरुलाई पुरस्कार बाँड्न पाउँ, त्यत्ति हो यो मनको कामना! नेप्चेजी हजुर सन्चै? तितौरी के बोलेको त्यस्तो, सुन्दै कस्तो कस्तो, भिनाजुको सङत लागे जस्तो छ। हुन त हो भिनाजु गुनाका साली भन्छन् क्यारे!! अलि राम्रो सङत् भा मान्छेलाई भिनाजु भनाए हुने क्यारे!! अब के नै पो भन्न सकिन्छ र?? उहि राम राम भन्ने त हो! अनि जाँदा जाँदै मिसलाई अनि आस्था बहिनीलाई नमस्ते यति भन्दै मेरो दुइ शब्द यहि टुङ्याउछु, धन्यवाद! :D
|
| |
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 11-19-06 3:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ चित्रे ले क्या राम्रो बनाएछ सप्पै ट्वाक् टुक्क हरु जस्तो मिलाएर मजा आयो धन्यबाद् है चित्रे। आँssssssssssच् नेप्स् तिमि पनि उहि निश् भेना र कुम्स् ग्याङ् को परेछ लास्ट् ह्याप्स् दिएर टाप्स् कस्या जस्तो छन्त चौतारी तिर । ओ निश् भेना खोकेको चै भन्दिने हैन ल साचो कुरा लाइ, नत्र ऐले सिम्स् लाइ एक् कल हानेर अड्डा मा जान ला' कुरा सप खोक्दिन्छु है । कुरा सुन्दा सुन्दा आबो:p चाइ मलाइ पक्का ट्वाके हो रेछ जस्तो लाग्न थल्यो हौ यो निशान्त् भेना, एक् नम्बर् को ग्याङ् लिडर्। ग्वाचे ले ठिकै भन्यो जस्तो छ। :p सान्स्(सान्नानि) पनि कता गयो,ट्रीट् दिनु पर्छ भनेर लुक्स्(लुक्या) जस्तो छ। बियर् मा पौडि चै हैन है, मम्स्(मोमो)ह्याप्स् दिएर कोक् ले गार्गल् गर्ने होन्त हामि गर्ल्स् ग्याङ् हरु । (ऐया मुखै सुक्यो यस्तो भाषा बोल्दा त ) back to normal - कि कसो सान्नानि, ठुल्नानि, शुभा दि ,मिस्, आस्था? :D
|
| |
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 11-19-06 3:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आँssssssच् सोझो कुम्ले रे :O केटो ले हिजो लास्ट् मम्स् को कुचो खायो जस्तो छ घरमा।
|
| |
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 11-19-06 3:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तितौरी जी नमस्ते!! सन्चै??
|
| |
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 11-19-06 5:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आँsssssच चौतारी त रित्तो भुत महल जस्तो भएछ नि हौ!! अमामामा.....लास्ट बोर हुने रेछ एक्लै त!! त्यो रुखमा बसेको चराले नि याsssss घुरेर हेर्ने, हौ!! लास्ट भोकलाग्यो हौ, अब मोमो थुरेर फिर्नु पर्यो नि अन्त!! रायन ब्रोले बत्ति बालेर खोज्दै छ रे मलाई! एकछिन गिदी गर्न नि जानु छ!! फेरि उहि "कुम्स ब्रो म त भुक्का भए नि" भनेर किच्च दाँत देखाउने होला!!
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-19-06 5:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| TPS Re-registration case still pending .. |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| tesla stock OMG !! |
| TPS for Nepal likely to extend next week |
| Conservative discussions |
| सालीको चाक |
| TPS To F-1 COS |
| Embassy of Nepal might be able to help extend TPS for Nepal |
| I hope all the fake Nepali refugee get deported |
| Those who are in TPS, what’s your backup plan? |
| Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
| Venezuela TPS lawuit |
| ChatSansar.com Naya Nepal Chat |
| Who is hottest nepali female? |
| Looking for girl |
| TPS for Venezuela is terminated, only 60 days extension for transition period |
| TPS to F1 Status. |
| Nepal TPS has been Extended !!! |
| legal Query for married nepali girl now have taken US citizenship |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
|
| Looking for girl |
| Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|