[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५२~~

[Please view other pages to see the rest of the postings. Total posts: 651]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE






[VIEWED 259895 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-19-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५२
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५२ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 51 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा








 
Posted on 04-20-07 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! शुभप्रभात !

हरीलाइ नयाँ चौतारी बनाएकोमा मुरी मुरी धन्यवाद, तिमीले चिताएको चाँडै पुगोस्।

चनाको कथा पढे ! सारै राम्रो लाग्यो

तिम्री प्रतिमा त कस्ति रैछ, थाहानै नदि मामा घर गैछ,

बिबिबिबिचचचचचचचचचचचचरा............................................................चना

अरु भाग पनि छिट्टै राख है
 
Posted on 04-20-07 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽईईईईईईईईईईईईईईईईईई!

आज त हिजो अस्ति जस्तो लफङ्गा बन्न हुन्न, परभु! काम जानै पर्छ, ट्याम् मै!

हेलो यभ्रिबोडी, हाऊ आर यू? नाक भरि.................ऐया!!!!!!! किन कान निमोठेको, मास्टर्नी नानी? अर्काको निन्द्रै खोल्या छैन अझै!
 
Posted on 04-20-07 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो प्रभू! दाम् आउने काम् छोड्नु हुन्न। तारेमाम् पूण्टे दा।
 
Posted on 04-20-07 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धनुष्टन्कार नमस्ते जम्मै गाम्ले हरु लाइ।

हरीलाइ नयाँ चौतारी बनाएकोमा मुरी मुरी धन्यवाद, तिमीले चिताएको सबै चाँडै पुगोस्। चनाको कथा पढे, सारै राम्रो लाग्यो ।
 
Posted on 04-20-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

चनाको कथा रमाइलो लाग्यो।

राहुलदाइ, पून्टेदाइ, गोतामे ज्यू, मिस दिदी, दुर्गै आन्टी, ठूली, नेप्चे सबैलाइ जदौ!

वेदर अपडेट: आज राम्रो घाम लागेको छ, सिरिसिरि हावा चलेको छ।

ग्वाँचे कता गयो आज?
 
Posted on 04-20-07 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु हौ !!! मन्तयेक ला?

ठुल्दाइ - अँ बिस्तारै घस्रिदै छ कथा ।

गोताएँ - ताइयो को कुनि बाट ओकोमे को कुनि मा बसाइ सराइ भा'छ अहिले । केहि बर्ष त्यता बस्दा त्यस्तो कुरो थाहा भो, त्यता नबस्ने वा थोरै समयमात्र बस्नेहरुले ती कुराहरु (गोताएँ बुरोले भनेजस्तो नराम्रो कुराहरु) को भेउ पाउदै नपाउनि र'छ नि । हैन ? मैले त्यहाँको महिला असमानताको कुरो हाउँरो नेपालको नारीवादि आन्दोलनकर्तालाइ बताएको - पत्याउँदै पत्याएन, के गर्ने ? "धत्!! जापान जस्तो बिकसित देशमा कहिँ त्यस्तो हुन्छ ?" रे -----

थुलि - तिमी पनि प्रतिमाजस्तै नबन्नु है, फेरि "चना" ले साझामा आएर लेख्ला नि कत्ति बर्ष पछि, :P; असाधारणपन = साधारण नभएको छनक; औपचारीकता = मनमा जेसुकै भए नि बाहिर देखाउनाको लागि गर्ने ब्यबहार

दुर्गे - हो त है चना कस्तो बिच~~~~~~~~~~~~~~~~~~~~~~~रा !!!!!

पुण्टे दादु - कति मात्र डलर छापिङ ? हाम्लाइ नि सिकाउन पर्यो कसरि डलर छापिङ गर्ने ? उता अर्को गाममा जोरि खोजिङ, म सित नरिसाइङ है ।

मिस - मर्निङ वाक सक्कियो ?

नेप्चे - कतै उस्तै उस्तै अनुभव पो थियो कि ?

चित्रे - भोलि गर्मी हुन्छ रे ।
 
Posted on 04-20-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नै गाम बिरानो लाउन थालो गाँठे!
चियाउन सम्म मिले मारिदिनु!
क्यार्दै छौ पुन्टे बुडा, ठुल्दाई बुडा र सपै भुराभुरिहरु?

शुक्रबारे जदौ! यो बिर्खे माईलाको!!
 
Posted on 04-20-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु!! सप्पैलाई नमस्ते है। के हुँदैछ यता?

आज त हाम्रो मामाले नि मुख देखाउन भ्या र'चन।
 
Posted on 04-20-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म आफ्नै गाउँमा टुरिस्ट छु,
ताल परे लेख्ने, नपरे देख्ने झुरिस्ट छु,
म आफ्नै गाउँमा टुरिस्ट छु।

जिब्रोभरि रक्सीको तलतल
आँखाबरि बोक्सी नै झलझल
र आफ्नो गाउँमा बिरानो छु
सबै रुझ्दा नि ओभानो छु
म आफ्नो गाउँमा बिरानो छु।

दिनभरि यतै बन्धनमा हुन्छु,
साँझ परेपछि गन्थनमा हुन्छु
र आफ्नै सुरमा तल्लीन छु
सबै हाँस्दा नि मलिन छु
म आफ्नै सुरमा तल्लीन छु।

शुक्रबारे जदौ यो बिर्खे माइलाको।
 
Posted on 04-20-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो हाम्रोमा किन येस्तो घाम् लगेको भनेको त गालु र बिर्खे दाइ सवारि भकोले रैच।
दर्सन् गरेहै बिर्खे दै र गालु
हरि के च?
 
Posted on 04-20-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो थुली तन्तै तौ? के गल्दै? विकेन्दको प्लान बनाउँदै हो? :)
 
Posted on 04-20-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दालु दालु मलाइ तन्तै। हदुर् लाइ नि?
 
Posted on 04-20-07 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुली- म नि तन्तै थु, मेलो कुकुल पनि तन्तै हुनुहुन्त, मेलो सर पनि तन्तै थ। तिम्ले ब्रेकफास्ट के खायौ त? गाँजर कि चिया? :) कि दुबै?

हे, पुन्टे बुढा, जिम्माल, हरि, चित्रे आदिलाई नि छड्के सलाम छ!

म चैं सुत्न परो। लागें निन्द्रादेवीका काखमा।

अस्तु:॥
 
Posted on 04-20-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म गाउँ न ठाउँको कालो ढुङ्गो परेछु
म डाँडा उक्लन पर्ने बेशि पो झरेछु
धेरै पछि चौतारि आएर के-केन गरेछु
यो मोरो टुरिस्ट गालउको फेला पो परेछु

शुक्रबारे जदौ! यो माईलोको!!


नमस्कार भान्जो र ठुल्नानिलाई!!
 
Posted on 04-20-07 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अचेल एउटा रोगले ग्रस्त छु
बिना काम अत्ति ब्यस्त छु
सबै रुझे, म भने ओभानो छु
म आफ्नो गाउँमा बिरानो छु।

शुक्रबारे जदौ यो बिर्खे_माइलाको! :)
 
Posted on 04-20-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सुन म भन्छु, मेरो दु:ख को कहाँनी ।

"पिताजी को सुनको तक्मा" -भाग ९ "

असार को ११ गते रिजल्ट् हुन्ने बलियो र भरपर्दो खबर् पाइयो। बिहान ५ बजे नै संस्थान को ढोका मा पुगियो, फेरी टायँ टायँ फिस्। यो हल्ला ल्याउने भिमसेन् ले ठुलै हप्की खाए। ११ गते भएन, १२ गते होला भनेर पुगियो, फेरी फर्कियो।
१३ गते स्वर्गिय दीपेन्द्र को जन्म् दिन, आज त के होला भनेर गोर्खापत्र संस्थान को बाटो लाई शर्ट् कट् मारी सिधै रत्न पार्क हुँदै भद्रकाली पुगी, भद्रकाली माइ लाई बोर्ड मा नाम् देख्न पाओस् भनेर पुकारें। भद्रकाली बाट् शाहीद् गेट् के पुगेथें, आफ्नो स्कूल् का एक् हुल् भाई बहिनिहरु, हातंआ गोर्खा पत्र लिएर अौदै गरेका सङ जंकाभेट् भो। मलाइ चिन्दा रैछन् केहि ले। त्यस पछि त के चाहियो, उनिहरुलाई। काँधंआ बोकेर झ्याइंकुटि गरी स्कूल् तिरे लगे।



"ए पख पख, पहिला गोर्खा पत्र र हेर्न देउ " भन्दै मा कराउन थालें।
" "होइन, दाई को नाम् गोर्खापत्रमा छ, हामीले हेरी सक्यौं" एक् जना ले भने।
"हेरं न एक् पटक् " मलाई चित्त बुझेन, न हेरी।
"लौ हेर्नुस् , यता छ तपाईं को नाम्" भन्दै गोर्खापत्र मेरो हातमा दिए।
हेरेको हेरै झन्दै बेहोस्,
"मेरो नाम होइन नि त्यो " बेकार्अंा बोर् गर्यौ, तिमीहरुले"
हतार् मा, हतास् मा मेरो होस् गुम्यो। आकशबाट् खसे जस्तो, सपना चकनाचुर् भे जस्तो लाग्यो।
"होइन, दाइ को नाम् हामीले राम्रो सङ्ग हेरेको, छ भने"
त्यो भाइ पनि अब भने आत्तिन थाल्यो। एक् छिन् हामी रोकी बिस्तारै बोर्ड् फस्ट् देखि को नाम् पढ्न थाल्यौं। त्यो भाइले देखाएको नाम् राहुले को नाम सङ मिल्दो जुल्दो नाम् थियो, थर् पनि एकै, बिचको नाम पनि एकै, अनि नाम् पनि उस्तै, तर राहुल थिएन। धन्न, त्यस्को २ नाम् तल हुबहु मेरै नाम थियो। स्कूल् को नाम् पनि मिलेको र सिम्बोल् नंबर् पनि मिलेको ले राहुले नै हो भन्ने यकिन भो। केटाहरुले गलत् नाम् देखाएको ले झन्दै खुस्केको। लामो लामो सास् फेरें, मानौं सगरमाथा बिजय गर्ने कठिन् यात्रा पछि चुचुरोमा सुस्ताएछु।
अब भने झ्याइंकुटि झन जोड् सङ गर्न थाले। त्यतिन्जेल् स्कूल् जाने बिद्यार्थिहरुकोठुलो समूह नै भैसकेको थियो।कस्ले हो अबिर् पनि किनेर ल्याइ सके छ। अनुहार् न चिनिने गरि अबिरले नुहाइ दिएछ।

स्कूल् पुगें, चहल् पहल् सुरु भैसकेको रहेछ। कहिले काहिं झुल्किने बोर्ड् हो, बिश्व निकेतन को लागि। म स्कूल् पुग्दा त सबै सर् मिस् हरु छक्क परे, रिजल्ट् को खबर् आएको धेरै संअय बितिसकेको थिएन। उहाँहरुको लागि मेरो उपस्थिति अपेक्षित थिएन। सबै खुशी थिए। हेड्सर् को मुहार् को कान्ति र हावभाव् ले उनको खुशी बयान गरि रहेको थियो। मलाइ पनि एक् अनौठो र उकुस् मुकुस् अनुभूति थियो। लौ जा, घर् मै खबर् गरेको छैन। स्कूल् मा भएको फोन् ले फोन् गरें। थाहा पाइसकेका रैछन्, घर् परिवार् ले। मेरो घर् को पल्लो पट्टि डेरा गरि बस्ने एक् परिवारका दौतरि पनि एस् एल् सी दिएको र उसैको परिवार् ले खबर् गरेका रैछन्। छिट्टो घर् आउ भने दाइ ले।

जे होस्, जिन्दगि मा बहुत् कम सपना देखें, धेरै जसो सपना मै बिहानी भए,बिपना भएन। आज यो एक् सपना, बिहान् संम देखि रहें। घर् परिवार् सबै को इज्जत् राखें, सबै खुशी थिए। पिताजीको खुशी बिशेष थियो। बधाइ र सगुन को क्रम धेरै दिन सम्म जारि रह्यो।

घर् को आर्थिक अवस्था उस्तै थियो। सुधार् हुने लक्षण र आधार् पनि त थिएन। कमाउने हात उही दाइ र मेरो गरि जम्मा चार् न थिए। पिताजी को ओखति खर्च कम भए नि सुन्य भै सकेको थिएन। अनि दिदि को बिहे मा लागेको ऋण पनि थियो। त्यसैले एस् एल् सी पास् गरे पछि झनै काम मा जोतिएं। क्याम्पस पढ्न अघि ऋण चुक्ता गर्ने लक्ष सहित।

क्याम्पस् जाने दिन आयो। त्यतिबेला उत्क्रिष्ठ सबै बिद्यार्थि को एउटै आकर्षण् अस्कल् हुन्थ्यो र आफु पनि अस्कल् भर्ना भैयो। पिताजी को अज्ञात रोग र हामी नाबालकहरुले भोग्नु परेको पीडालाई संझी डाक्टरि पढ्ने लक्षका साथ जीव बिज्ञान मूल् बिषय लिएर अस्कल गएं।
क्रमश:
आगामी भाग अन्तिम खण्ड हुने ब्यहोरा अनुरोध छ।
 
Posted on 04-20-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दाइ र कुम्लु के च ताअाअाअाअाअाअा?
 
Posted on 04-20-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो अस्ति खै के गरेछु
चौतारीमा लफङ्गिएर,
खल्ती टाट पारेछु

काम त गर्नै प-यो,
"सोझो" कुम्लेलाई नि पाल्नै प-यो
अनि त अब चौतारीबाट,
यो पुन्टे झ-यो!

नत्र त...भोक भोकै पुन्टे ज्यान म-यो!

कामतिर लाग्न ला'को जदौ यो जेठीको पोईको!
 
Posted on 04-20-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम्ले हरु लड्डु खाऔं है, राहुले पास् भएको खुशीयालीमा।

 
Posted on 04-20-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोच्दै थिएँ राहुल बुढा कता गएछन्
कथा पढ्दा थाहा पाएँ कुन्नि के पो भएछन
आफू बल्ल बल्ल खालि खुट्टा खोला तरेको
राहुल बुडा त बोर्डमा पो आएछन् :)

शुक्रबारे जदौ! यो बिर्खे माईलाको!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters