[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 seema --- Deep

[Please view other pages to see the rest of the postings. Total posts: 29]
PAGE: <<  1 2  
[VIEWED 20994 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 09-13-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तिमीले र मैले आज आ-आफ्ना सिमा बिर्सेको यो पल म सधैं सम्झीने छु ---" आभाका ती शब्दहरु दिबसको मन मष्तिस्कमा फेरी गुन्जीए।

सीमालाई दिबस आज खोजी खोजी हेर्थ्यो। एउटै प्रस्नमा जेलिन्थ्यो। बेचैन दिबस त्यो भोजमा बिगतको बन्दी बन्दो थियो हर पल अरु जकडिदै गएको थियो।

आभा सँग भेट भो आज अकस्मात।

****
कहिले फर्किने रे एट्लान्टा बाट? नीताले सोधी। उदास देखिन्थी।
भोली छ कार्यक्रम -- भोली साँझ नै फर्किन्छु भनेको मिलेन। पर्सी ११ बजेको फ्लाईट छ। दिबसले आफ्ना बिबस हेराई नीताका आँखामा मिसायो र तेतै बिलाउन दियो।

भोलीको एटलान्टा कार्यक्रममा हाकिमले प्रस्तुत गर्नु पर्ने कार्यपत्र घरायसी कारणले हाकिम जान नमिल्ने भनेर उसलाई जान भनिएको थ्यो आज काममा। आजै साँझ उड्नु थ्यो उसले। हतार हतार घर आएर उ तयारी गर्दैथ्यो। नीतालाई पनि सम्झाउँदै थ्यो।

कार्यपत्र त उसैले तयार पारेको थ्यो हाकिमको लागि, त्यो प्रस्तुत गर्न उसलाई गार्हो थिएन तर नीता र उस्को बिहेको पैलो बार्षिकोत्सब भोली साँझ झन बिशेष सँग मनाउने भनेर कुन बेला देखी बनाएको योजना भत्किन लागेको देख्दा उस्को मन निचोरीएको थ्यो। नीताको उदासी उस्ले नबुझेको हैन। मागी बिहे गरेको भए पनि उस्ले नै छानेको पनि यत्ती सही हुन्थेन भन्नेमा दिबस पक्का थ्यो।

मेरो पनि कार्यक्रम छ परीबार सँग भन्न उसले नखोजेको हैन काममा तर सकेन।

नीताले सुटकेस ठिक पार्दी। दिबसले नीतालाई एक टक हेर्यो। मनमनै गन्यो उ बाउ हुन अब चार महिना बाँकि छ।

बिदा भयो र भारी मन लिएर बिमानस्थल तिर लाग्यो।

बिहान उठ्ने बित्तिकै फोनमै भए पनि बार्षिकोत्सबको बधाई दिन्छु भन्थ्यो दिबस नीताको फोन आएर उठ्यो। बधाई र माया मात्रै हैन उदास भाबहरु पनि साटा साट भए। लुकाएर ड्रेसरमा राखेको उपहार लिन दिबसले देखाएको बाटो नीताले उ एक्लै जान मानीन पर्खिने भई।

कार्यपत्र प्रस्तुत गर्यो। वाह वाह बटुल्यो दिबसले। साँझ घरमा नीता एक्लै -- सम्झेर दिबसले आफु मात्रै डिनरमा के रमरमाईलो गर्ने सोचेर उस्ले खाना अन्तै खाने कुरो सुनायो कामका अरुहरुलाई। नीतालाई फोन गर्यो। भेट भएन। घरमा गर्यो, सेलमा गर्यो। भेट भएन। चिन्तीत भयो दिबस। सेलमा एक एक छिनमा फोन गर्न थाल्यो।

नीता पार्ट टाईम गर्थी काम। आज छुट्टी लेकी थीई दिबसलाई थाह थ्यो। कहाँ गै होला? छटपटियो उ।

एक चोटी त सेल उठेको थ्यो -- अरुनै को केटा मान्छे बोले जस्तो नी लाग्यो पृस्ठभुमीमा -- मधुर गीत पनि बजे जस्तो --साईँ साईँ सुईँ सुईं आयो-- अनि हेलो हेलो भन्दा भन्दै लाईन काटियो।

जाडोको महिना अघि पाँच बजे नै अन्धकार भै सकेको थ्यो। साढे सात बज्दा त आधारात जस्तो भै सक्या।

दिउँसो लन्चमा पनि कुरा भाको हो -- कता गई त भन्थ्यो फेरी फोन गर्थ्यो। फोन उठेन, उ आजित भो।

बल्ल बल्ल पौने आठ बजे तिर नीताकै फोन आयो।-- रिसाउने हो की खुसी हुने हो दिबसले बुझेन -- काँ तिमी? उस्ले कठोर स्वरमा सोध्यो।
घरमै-- काँ अब? भनी।
अघि देखी फोन गर्या गरेई छु -- भन्यो।
घरको फोन रिङ्गर अफ गरेर सुतेकी थिएँ। भरखर उठेर अब तिमीलाई फोन गर्छु भनेको त सेलमा ब्याट्री सकिएछ कुन बेला -- अहिले चार्ज गरें -- तिमिले फोन गरेको देखें -- झन खुसी भएर फोन गरेको त --- आजको दिन पनि म सङ्ग रीसाको भनेर घुर्की देखाई। राहत भो--दिबस पग्लीएर छताछुल्ल पनि भो तर कता कता पृष्ठभुमी परीचित झैं पनि लाग्यो, सम्झायो आफैलाई फेरी।

नीताले कर गरी डिनर खान जाउ भनी नभए उ नी भोकै बस्छे रे भनी --माया पिरतीका कुरा नी भए -- अघि सम्म त केही खान मन थे न तर पनि उ अब खान जाने भो--उस्ले नी खाने भई। डिनर पछी फेरी कुरा गर्ने बाचा गरे।

के खाने सोच्दै थ्यो एउटा पुरानो साथी एटलान्टा तिरै भाको झट्ट सम्झियो। हत्तपत्त ल्यापटप झिकेर खोज्यो --साथी त उस्को होटेल बाट ११ माईल पर रे छ। ठेगाना सार्यो फोन नम्बर टिप्यो--"एनि हु" लाइ धन्यबाद दियो।

साथी त धुनधान खुसी भो। उस्को छोराको बर्थ् डे पार्टीमा लाग्या रे छ। नआई हुन्न भन्न थाल्यो। पुरानो साथी -- भोक लाग्या बेला भोज पनि नाई भन्न सकेन। जाने भो।

पार्टीको रमझम पुरानो साथी संगको भेटघाट। दिबस दङग भो।

उहाँ मेरो मामाको छोरा रबिन दाई -- अनि आभा भाउजु। साथीले पाउना चिनाउने क्रममा उनीहरुलाई नी चिनायो। आभालाई त उस्ले चिनेको आज हैन-- उस्को बिहे पछी बधाई दिन बेहोस झैं बानेस्वर पुगेको त्यो दिन त झन उस्ले कहीलेई बिर्सने छैन --

अभिबादन गर्यो दिबसले आभा र उस्का आँखा जुधे -- दिबसले आँखा ओराल्यो। आभा सँगै उभीएकी बच्चीमा उस्का आँखा रोकिए। "हाम्री छोरी" आभाले मन्द मुस्कान साथ चिनाई अनि छोरी तिर हेरेर मायालु स्वरमा भनी "दर्शन गर सीमा ---"।
 
Posted on 09-14-07 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep,

don't worry. timro lagi brata maile baseko chhu. ani timro storyko theme ke ho?

Extramarital affair is normal? I can't understand it man? Is that dibashko choro, Abha is intrducing or love exists or there's no love?

Please clarify me.

thanks
 
Posted on 09-14-07 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep Dai,

I have read most of your previous stories and no doubt that you are one of the best writers in Sajha.
But, regarding this story, I think you have become unable to convince the readers of its flow. It sounds too personal otherwise self-important for readers to grasp the possibility of such occurances.
कथाको सार त ब्यक्तिगत भोगाइले मात्र था' हुने गरि लेखिया जस्तो लाग्यो।
सबिस्तार घटनाहरुको बर्णन नगरुन्जेल को सहि को गलत भन्ने अब।

regards,
Kevin.
 
Posted on 09-14-07 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la ramro cha la yo ni........malai ni tha cha yasto katha..kyarnu lekhna awudaina
 
Posted on 09-14-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahulvai,
आभाले जिस्क्याम्नी -- नीताले बोलाम्नी गर्चन। क्यारम्तनी।
अनुराधालाई बोलाम्न परो, पर्भो। अनुराधाको लोभ देखार आलु ख्वाईदिन त भे न नी।

Birkhe_Maila,
जिम्माल मान्छे त टाठा हुन तर नीतालाई छोडेर सिधै आभामा गएर ठोक्किएछन। हरे। बिचरी आभा।

Aviator,
फिउसन कि ननफिउसन रे? ढाँटम की नढाँटम पो भो।

Athena,
fool हैन फुल हो के रे मेरो मनसाय त।
आभार।

uptowngal,
सीमा को रे? ठुली, तिमीले पनि मार्ने भएउ।

sgy,
उताको जबाफ दिन बाँकि नै छ तैपनि यता धन्यबाद चै दि हाल्नु पर्यो -- कस्लाई मार्मिक पर्भो?
सुकेधारामा भेटेर बात मारम्ला नी। कसो?

bideshi,
के हुन्थ्यो तेतीमै अन्त्य। आम्मै!
अर्को अध्यायको कुरो फेरी यही अध्यायमा कसरी भनम र तर?
"I was expecting more!!!!!!!!!!!! " मी टु --

urfrenrites,
"k ho Deep Jyu ko katha ajhai pura bhako chaina jasto cha."

पुरा त अब कथा आर्जेघाटाँ नतेर्सी हुन्थ्यो के त?
आभा त धपक्कै बलेकी थिई -- किन सम्झाम्न पर्या होला यत्तिकै दुख दिन?

ImI,
जय होस।

Nepe,
सर पनि? आम्म्म्म्मामा! जिम्माल जिम्माल मिलेर कता हो? ल यता राडीमा बसुम एकै छिन। के छ मेलो अचेल?

oho,
राम्रो लागेन? ओहो! खत्तम भै गो नी।
हतार मैले त नगरम भन्या हो -- गर्नेले गरे फेला पर्ने बेलाँ म परें।
टिप्पणीको लागि धेरै धेरै धन्यबाद। कोसीस गर्छु अर्को पटक सायद सक्छु कि मजा ल्याउन।

Pretty,
"Ramro chha deep ani bange chahi miss bhayo."

दीप राम्रो भाको त सत्ते कुरा हो। यस्ता कुरा त दुनियाँलाई सुनाउदै गर्नु पर्छ। के हो के हो पछि। तर बाङ्गे मिस भाको त मलाई था छैन। भाकै भए पनि सर हुनु पर्ने -- मिस भएर पातकीले खत्तमै गर्ने भो त?

Birkhe_Maila,
ए जिम्माल -- छताछुल्ल छताछुल्ल भन्दै आम्म्मामा -- साँची अनुराधा आई?

riten,
बिपी खेल त चर्को पो त। जिरा दाईलाई एक एक था छ -- ल त जिरादाई भन्दीम त बौध्धा कुरो।

shirish,
"Keep Going Deep ! "

जान्छु जान त -- ह्याँ सम्म आईहालें --

crazy_love,
यो चै नामै मन पर्यो मलाई।

'don't worry. timro lagi brata maile baseko chhu. "
यो पढेर फुरुङ्ग पर्या त --- "Extramarital affair is normal? I can't understand it man? Is that dibashko choro, Abha is intrducing or love exists or there's no love?" ले झस्केँ।

पैले त Extramarital affair is normal भन्या देखेर भैगो बर्त सर्त बस्नु पर्दैन मेरो तेस्तो बल्कमा लिने भा भन्न ला थे फेरी क्वेसन मार्क देखें अलमलिएँ। फेरी छोरो काँ बाट आयो -- मेरी बास्सै!

"Please clarify me" एक दुई हात पढेसी बुझीन्छ -- हो भन्या।

Thanks for stopping by.

kevin_ekstrom,

"कथाको सार त ब्यक्तिगत भोगाइले मात्र था' हुने गरि लेखिया जस्तो लाग्यो।
सबिस्तार घटनाहरुको बर्णन नगरुन्जेल को सहि को गलत भन्ने अब। "

कुरो मुनासिब हो। तर मैले लेख्नु पर्ने जती लेखी सकें जस्तो लाग्छ।
यो प्रस्तुतीमा खुसी पार्न सकिन -- दुख लाग्यो। अर्को चोटी फेरी कोसिस गर्छु अर्को प्रस्तुतीमा।
हौसला बढाईदेकोमा म दंग छु।

jira,
"........malai ni tha cha yasto katha.."
किन थाह हुँदैन थ्यो? मलाई त था छ जिरादाई. पुरा गाउँमै हल्ला थ्योन्त।

****************

Thank you all.
 
Posted on 09-14-07 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अघि छुटाएछु नी --- खत्तम गरेछु गाँठे। माफ पाम।

miss_ me,

कथाको मर्म बुझ्या हो कि जस्तो गर्या छ-- तेसै मिस भा हो रे छ र भन्या --

CaMoFLaGeD ,
तिजको फल मिलोस -- धन्यबादमा यही भन्नु पर्यो।
 
Posted on 09-14-07 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिमालाई नी धकेलेर सीमा कटाउन लाई हाले -- मै बिदा गर्दीनु परो।

सबैको सप्ताहन्त सुखद रहोस र सुखि क्रम चलिरहोस।
 
Posted on 10-03-07 12:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथि धकेलिदिएको, म जस्ता अरु ले पनि पढ्ने मौका पाउन भनेर ।
 
Posted on 10-03-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very Nice Deep..
 
Posted on 10-03-07 5:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Great indeed, we have really great writer in sajha. Waiting for some more from you Deep. By the way, who you really want to be with, lol, ki dubai haat ma laddu khojnu bhako ho sir. Anyway wish you the best!
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters