[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 भाउजु

[Please view other pages to see the rest of the postings. Total posts: 33]
PAGE: <<  1 2  
[VIEWED 27997 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 10-09-07 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"भाउजु"

 

दशैंको बेला मामाघरको सम्झना त आउने नै भो। हाँडीगाँउ कुहीरो दोलईं झैँ ओढेर भर्खरै हुँदो हो बिउझिदै थ्यो क्यारे आमाको अवाज कानमा ठोक्कियो ‘ए उठ --”

निन्द्रैको सुरमा सिरक भित्रै बाट सोधेँ “किन?”

“काम् पर्यो के एउटा – ल ल उठ”
“के काम्? सक्दिन म”
मैले सक्दिन भन्या बाले सुनेछन् क्यारे-- गरे सम्बोधन् “दीप!”

छुट्टीको दिन पनि हुलै बाधेर कराउन लागे भनेर रिसले मुर्मुरिदै भए पनि “हजुर्” चै नरम स्वरमै भनें।

“जा मामाघर गएर आइज –”

 

मामाघर जाने काम रे छ।

मेरो मामाघर बाङ्गेको नि नातेदार थिए – पुगेँ पातकी काहाँ जान्छ कि साथि भनेर – सुतिरा रे छ।

‘ए बाङ्गे, उठ।” भनें “ हिन त मामाघर पुगेर आउनु पर्यो एक चोटी  --“
“काँ आधराताँ जानी ममाघर तिर” भन्छ बज्या त।
“के को आधारात? – नौ बज्न लाइसक्यो उठ” भन्या मानेन। उठ्दै उठेन। रिसले एक्लै हिनेँ।

 

माहाराजगन्ज जानु थ्यो – लामढुङ्गा हुदै भिम्सेन्थान् निस्किएँ अनि सिधै लागेँ बिशालनगर तिर फ्रेन्च राजदुतको निवास पछाडीको गल्लि हुदै। बिशालनगर बाट फेरि बालुवाटार तिर लागेँ अनि भाटभटेनि-माहाराजगन्ज बाटोमा देब्रे लागेर पुगेँ मामाघर।

 

दशैंको बेला भनिज आको भनेर दङ्ग परे। रमेशदाई, मामाको छोरा के त, पनि आ थे चन्डिगढ बाट – पन्जाब युनिवर्सिटी मा पाठ घोक्ने निउमा पुग्या थे उता तर कुरो सधै तरुनिकै गर्थे – भेटेर तरुनी पुराण सुन्नु पर्यो भन्या कता हो हिनिसकेछन् –

 

“भर्खर हि थ्यो – कता लागेछ --- आउँछ एकछिनमा” माइजुले भनिन्।

 

के गर्ने के गर्ने अब त्यहाँ पनि – हजुरामाले सधै झै उहि राप अलापिन् – "खादैनस् कि के हो बाबु तँ त खै सधैँ दुब्लो देख्छु" – हजुरबा चै धन्न पशपतीबाट आइसक्या रैन्छन र मात्रै नत्र फेरी बनारसको कुरो झिक्थे --- मलाइ नै कन्ठ भैसक्याथ्यो हजुरबाको गफ—सुन्दा सुन्दा।

कौसिमा च्या तान्दै थिएँ रश्मी आइ।

 

“ओहो दीपदाई – के छ हलखबर?
केइ न केइ – खै रमेश् दाइ?  सोधें।

“खै कता जानु भयो –--साथि भेट्न गा होला नि--” भनि।

 

मामा पढाइको कुरा गर्नी माइजु भन्छामा ब्यस्त – रमेशदाई छैनन – अल्छि लाग्यो बस्न – जान्छु भनेको माइजु ले हुन्न भात नखाइ काँ जानी भन्न लागिन –
रश्मि पनि – “के को हतार दीपदाई? – तेइ बाङ्गे सङ्ग बरालिन त होलानी -- ? भन्न थालि हासेर।

उस्ले पनि चिनेकै थिई बाङ्गेलाइ।

 

यत्तिकै मा एउटी तरुनि आइ – रश्मिकी साथी रैछे – कागलाइ बेल पाक्यो—तर त्यो खान नमिल्ने बेल पाकेर हर्ष न बिस्मात भन्या जस्तो भए पनि आफुलाइ त हर्ष नै लाग्यो ठीटी देखेर।

“दीपदाइ, मेरो फुपुको छोरा” भनेर चिनाई मलाई अनि उस्लाई चै “मेरो साथी प्रतिक्षा” भनेर चिनाई।

मुसुक्क हाँसि तरुनि – मुस्कान मात्रै पनि बाण बनेर मनमा वार पार भै सक्या थ्यो नयनको चुलबुलिले त झन हुरुक्कै पार्यो।

 

घर जाने बिचार हरायो अब भने। बाङ्गेले आफु नआएर मलाइ ठुलो गुन लायो। तरुनि एक्लौटी भै। हुन त भै तर रश्मि सङ्ग खै कता गै गै।

 

“दीपदाई, बोर भयो? हामि कहा आउने भए आउनुस्” रश्मिले मनको कुरो बुझे झैं गरेर भनी एक छिन पछी आएर।

 

उस्को कोठामा पुगेँ। प्रतिक्षाले कोठा जगमगाको रे छ।

 

“तपाईं पनि चन्डिगढमै पढ्नी हो?” प्रतिक्षाले सोधि।
मनमा छ्यास्स लाग्यो – दुखि भएर भनें “हैन म त  यतै त्रि-चन्द्र मा छु”
“ए” मात्रै भनि – यो रमेशदाइ चन्डिगढ पढन गएर आफ्नो पर्न ला लभ पनि पर्नै नपाई भाँडदिने भए भन्ने पिर लाग्यो।

 

एक छिन यता र उताको गफ गरियो – तरुनि ओछ्यान बाट उठेर झ्यालमा पुगि—के के नियाल्दै थिइ उ बाटा तिर—रश्मि बिस्तारै म छेउ आएर अनि “दीपदाई, मलाइ त उस्लाई भाउजु भन्न मन लाग्छ” भन्छे बा प्रतिक्षा तिर संकेत गर्दै – मेरो त जिउमा करेन्ट लाग्या जस्तो भो। तेस्तीलाई पाए त ऐलेइ सिन्दुर हाल्दिन्थे जस्तो लाग्यो। जति बिस्तारै रश्मिले बोले पनि प्रतिक्षाले सुनिछ क्यारे – झ्यालबाट झट्ट हामी तिर हेरी – अनुहार त उस्को उदाउदो सुर्य झै भएछ –चम्किदो रातो!

मिलाई दे न त कुरा भनेर रश्मिलाइ भन्छु भन्दै थिएँ -- रमेशदाई ढोका खोलेर कोठा भित्र छिरे ---

 

ए दीप, कैले आइस? सोध्न त सोधे तर मेरो जवाफ् चाइया थेन क्यारे उनलाई – उन्का र प्रतिक्षाका आँखा जुधे –

रश्मिले मलाइ हेरि – खुसिमा चुर्लुम्मै थिई उ – उधारो खुसि मैले पनि खर्च गरेँ --

चिनियो भाउजु।


 
Posted on 10-09-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! दीप ज्योलाइ जो केटी देखे पनि मन पर्ने, फेरी सधैं ट्राजेडी पर्ने, हरेऽऽ!

दामी गयो, लेख्दै गरम्!


 
Posted on 10-09-07 6:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई नि याद आयो पुराना दिनहरु...

हरामी खप्पिस थिएं, कुरा गर्न मात्र। तरुणी देख्यो कि...रुप, रंग जस्तो सुकै होस...दुई खुट्टाँ उभ्या' जामा ला'की भए पुग्छ यो पुन्टेलाई भन्थे सबैजना। साथी भाइले त भने भने, घरकाहरुलाई नि था' भै सक्या थ्यो टोलको हल्ला। छोरो उमेर नपुग्दै पात्तियो भनेर। तर भनेनि, भुक्ने कुकूरले टोक्दैन भने जस्तो, आँखा गाड्थें, मौका मिले जिस्काउथें, अनि तरुणीले (मिठो या नमिठो) जवाफ फर्काउने आँट ग-यो कि पाईन्ट मै खस्ला खस्ला झैं गरि मूतले च्याँप्थ्यो। अनि त ज्यान लुरुक्कै, सपना बिर्सिम् खुरुक्कै। हुन त बेलाँ बेलाँ पाईन्ट मै तुरुक्कै नि भा'थ्यो होला, तर तेस्ता लाजै मर्नि कुरा क्यारी याद गरुम्?

भगाएर ल्याथे एउटा दाई पर्निले कताको हो हरिप सेउसि शेर्पिनी। "भोटिनी" ब्वारी ल्यायो भनेर आफन्तहरु सबैलाई टेन्सन्। आफूलाई त के मतलब? घोंडाको मासु च्यात्नि मंगोलियन नै किन नहोस्, नयाँ भाउजु च्वाँक देखेसि जहिले नि मौका मिल्यो कि हुत्तेर जान्थिम् दाई काँ। तेस्तो केहि गर्ने आँटै त के हुन्थ्यो म जस्तो हुत्तिहाराको? तर दिन भरि भाउजुसंग गफ सफ गेरेर बस्न चईं खूब मज्जा आउँथ्यो। कहिले काईं भाउजुसंग शपिङ् नि जान्थिम्। कशेले देखिस न हे, भगवान! भने जस्तो हुन्थ्यो। शान दिनलाई।

झन्डै ५-७ महिना बित्यो होला तेसरी।

ब्याऽऽऽऽऽऽऽऽऽऽऽऽनै ४-५ बजे हुँदो हो, नारनघाट साथीकाँ बस्न गा'को बेला साथीले, "तेरो घरबाट फोन आ'छ, जरुरी छ रे, उठ!" भन्छ। बेलुका भरि नारायणीको पुल माथि साथीसंग बोतलका बोतल स्टार बियर घुटका'र सुतेको, केई नि राम्रो संग सुन्या, बुझ्या थिईन। बौ को श्रापले निन्द्रा, जाँड सबै उत्र्यो एकै फेराँ।

"तँ नालायक कुकूर! कुकूर पनि होईनस् तँ! पशुलाई नि बरु तँलाई भन्दा बढी ज्ञान हुन्छ! लाज शरम पचेको पातकी! आज देखि तँ मेरो छोरो रहिनस्! थुईक्का! तँ जस्तो पाखण्डीलाई जन्माउनु हाम्रै धिक्कार!"

ए, बा! ४-५ बजे ब्यान ब्यानै। पिउने म, लाग्ने मेरो बौ? जस्तो लाग्यो। जिल्लै परेर के भो भनेर सोध्न खोज्छु, बोल्नै दिन्नन्। पछाडी मुमा सुक्क सुक्क रोई रा' था' पा'थें।

सेउसी भाउजुलाई त फेरि अर्का नातेदार, म भन्दा जाबो २ बर्षले जेठो दाईले भगाईदे'छ। देवर त देवर, तर नपत्त्याउनि, गुप चूप देवर परेछ। कहिलै भुकेको था' थिएन, एकै चोटि टोकी दिएछ नकचरो मुरदारले!



 
Posted on 10-09-07 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! पून्टेदाइको नि खतरै रैछ कथा त!
 
Posted on 10-09-07 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा, पुन्टे दाई ले कैले कुरो सम्झेर हाँस्दा हाँस्दा हरी बिजोग........
दीप ब्रो लाई फर्स्ट डिग्री ट्राजेडी  परेछ कठै, कत्रो सपना थियो है....
 
Posted on 10-10-07 7:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बांगे संग  नलागेर दाजु संगै चंढिगढ पढन गा'भे आज सम्म हाम्ले नि रश्मिले जस्तो 'कुनै  पुर्णिमाको जुन जस्तिलाई --भाउजु भन्न मन लाग्छ 'भन्न पामने थिम्होल के रे । क्यार्नु त दिपदाले संगत छोड्न सकिसेन ----कठै  ! बिचरा हामी
:)


 
Posted on 10-10-07 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep jyu ahile bhane dhoka hajur kai lagi kholi rakhe ko lu aaunus. 

 
Posted on 10-10-07 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji,  ramro chha as usual. I really enjoy reading your stories. aru dherai dherai padna pau  :)
 
Posted on 10-10-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SurNaTal,

"अनि तेस्पछि दाइ भाउजु को साचिकै बिहे भा हो त?"

अब भाउजुको बे हुने नै दाई सँग हैन र भन्या? हैन अब दाईको भाउजु सँग हुने हो भन्ने हो पनि ठिकै छ -- कस्को दाई कस्को भाउजु  यो कुरो त अब फेरी बेग्लै भो।

kali.keti,

श्यामसुन्दरी भन्न मुन लायो मलाई चैं। फन्नी त धुनधान नी -- फनफनी भो कस्तरी रिङ्गटै लाग्ने गरी..

world_map,

प्राय: ठीटीहरु मन पर्ने भन्या के भाको भाको -- लभ पर्नु अघिनै ट्राजीडी पर्ने फेरी -- बोरै हुने भन्या।

Poonte ,

पुन्टे सोम त डेन्जर धेरै खतरा कम रे छ।

ritthe ,

फस डिउरी माईं हैन बोर्ड ट्राजिडी पनि पर्या छ, ब्रो। क्यार्नु। बोर्डाँ एउटी ठीटीको नाम लेखेर इस्कुलाँ "आई लभ यु" ठोक्देको -- बखेडा खडा गरेर उत्पात गरी --

shubha,

चन्डीगढ जाँदैमा ठीटी भेटीने भए कुम्भको भन्दा ठुलो मेला लाग्थ्यो चन्डीगढाँ -- के नी।

uptowngal ,

आउन त आउने --है-- घरमा को को हुन्छन होला कुन्नी?-- कति बेला तिर आउँदा अरु कोई नहुनी हुन? -- बदमास मनमा यस्तै यस्ता खुल्दुली भन्या-- नसोच यस्तो पैलेई छुक जान्छ भन्यो मान्दैन।

nepkanchhi ,

"aru dherai dherai padna pau  :) "

हस। मैले लेख्नु पर्यो अनि मात्रै पढ्न पाईने -- ट्याम लाग्ने काम --बरु कतै सुनाम्न पाए सुनाम्थें ढुक्कै।

 

सबै प्रति मेरो हार्दिक आभार अनि दशैको मंगलमय शुभकामना --


 
Posted on 10-10-07 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

poonte dai chi fori keta.
deep jyo hajur jahile aae ni huncha. gharmaa kohini hudaina :P

 
Posted on 10-10-07 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

uptowngal ,

कोई नी नभा घराँ के आउनु त फेरी? तिमी त हुनु पर्यो नी --


 
Posted on 10-10-07 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-10-07 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप दाई, हजुर सारही राम्रो लेख्ने हो। मलाई त तेती त्रजिक त लागेन केरे। हजुर को त सारही धेरै लवर हरु थिए कि क्य हो गान्थे। अरु पनि लेखम। ठपुम थपुम। खास अरु के नै छ र साझा मा। खाली झगडा गर्छन्।
 
निशान्त
Posted on 10-11-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपुईss दीप ब्रो! लास्टै र्र्याग भएछन्त हौ! साह्रो थिङ्किङ गरिवरि दिलमा राखेको ग्यासलाई भरै भाउजु भन्नु परिरा के फिरि! लाईफले पनि नराम्रो रेला गर्छ हौ कहिलेकाहिँ!

दाम्मिज   छ सोम किप इट अप!! 


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
NEPAL TPS IS GONE
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters