[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 आमन्त्रण

[Please view other pages to see the rest of the postings. Total posts: 275]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
[VIEWED 154674 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 14 pages, View Last 20 replies.
Posted on 10-24-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमन्त्रण

 

कुरा ति दिनहरुका हुन जति बेला म १० कक्षाको बिट मार्दै थिएँ।

दिउँसो तिर ट्वाक आयो घरमा। छुट्टीको दिन थ्यो भात गोदेर ओछ्यानमा एक राउन्ड सुत्दीम कि भन्दै ढल्कीरा थेँ उ आईपुग्यो।

"दीप्, ल हिन" भन्यो आउना साथ। हातमा एक चाङ्ग निम्ता देखेर थाहै जस्तो थ्यो तैपनि "काँ?" भन्या त्यै चाङ्ग बोकेको उस्को दाइने हात अलिकति उठाउँदै भन्यो "निम्ता बाँडन"।

ट्वाकको दिदीको ब्या आउँदै थ्यो। त्यो निम्ता बाँडने काम झर्को चै झर्को लाग्दै हो तर त्यति निरस पनि थिएन। निरस र सरस गन्तब्यले टुङ्गो लाउथ्यो। त्यसैले एउटा आश नजानिदो किसिमले धडकन सँगै मिसिएर प्रतिपल चम्किन्थ्यो।

म हिँने उ सँग। धेरै तिर बरालिइयो--निम्ता बाँडियो-- धेरै निम्ता बाँड्नुथ्यो एउटा घर बाट अर्को घर पुग्दा समय निकै खर्च हुने। त्यसो समय खर्च गरेर पुग्यो ट्वाकको त काम हुने मेरो नहुने। पुग्या घराँ तरुनीहरु नभए पछि मेरो के काम भो? अघि धडकन सँगै चम्किने भन्या आशले धेरै निरासाको चडकन् भेट्यो त्यो दिउँसो।

ट्वाकलाई "तेरो जुन जुन नातेदारहरु कहाँ छन सुन्दरताको सिहासनमा बिराजमान केटीहरु उतै उतै हिन न -- रक्सी नभाको भट्टीमा कति जानु? दिक्कै लाग्ने" भन्न पनि भएन तर मन मनमा त भनी रहेँ। के को आस गरेर हिन्या के आइलाग्यो भन्दै घर घर ट्वाक सँग सँगै नमस्ते गर्दै धेरै हिनियो। पछि त थकाई पनि लाग्यो, भोक जस्तो पनि अनि तरुनीको आश प्यास नै भए पछी मैले ट्वाकलाई भनें "ल अब डाईट ख्वा त --"

हामी जय बागेस्वरीबाट लामपोखरी हुँदै चाबेल तिर आउँदै थिम। उस्ले "ल हुन्छ म ख्वाउँछु भन्यो"। राम्रै लाग्यो।

"अब कति ठाम बाँकि छ तेरो?" भन्या "छन त छ अझै तर अब आज यै एउटा फुपुका जानी अनि पुग्यो" भन्यो।

"तेरो फुपुको नी घर ह्याँ हो र? तेरो फुपुहरु त उता थापाथली-कुरियागाउँ तिर र डिल्लिबजारमा हैन र?" मैले सोधें। म गाको छु उस्का ती फुपुहरु कहाँ।

"ह्याँ चै मेरो बाउको फुपु के -- बाउले फुपु भन्या हाम्ले पनि फुपु अब" भन्यो।

डाईट खाएर जाने होला फुपुकाँ भन्या  त गणेशथान आउनु अघि नै देब्रे पट्टीको एउटा घराँ लाग्यो ट्वाक।

"ए, डाईट भन्या खै त?" मैले फेरी भास भुस पार्ला भनेर सम्झाएँ।

"ख्वाउँछु भन्या अहिले -- पैले हिन्न ह्याँ काम सक्काउँ --" भन्छ ट्वाक चै।

"बोरै भै सक्यो लरखरिदा लर्खरिदा" मैले मेरो दिक्क सुनाएँ।

"ह्याँ बोर हुन्न तँलाई-- ल हिन" भन्यो।

"यो लास्ट स्ट्प हो?" मैले सोधें उस्ले "हो हो" भन्यो।

गैयो भित्र। ठोकियो नमस्ते। बसियो बैठक कोठामा। थकित ज्यानलाई केही राहत भो।

"खै त फुपु?" ट्वाकले सोध्यो त्याँ हामी सँगै बैठकमा बस्या आन्टीलाई--फुपुकी बुहारी हुन क्यारे।

"उता नरेन्द्रदाई काँ -- आउने बेला पनि भयो होला अब त" सुनाईन आन्टीले। अंकल भनाउँदा पनि आए। ट्वाक सँग भलाकुसारी भो। ब्याको कुरा गर्न थाले। आफुलाई चै भोक लागी रा बेलाँ झर्को लाग्न थाल्यो।

ट्वाकको दिदीको ब्याको कुरा त नातेदाराहरुलाई था नभाको हैन--निम्ता त एउटा औपचारीकता मात्रै थ्यो।

"ए, महेन्द्रदाई" घर बाहीर बाट कुन चै ले बोलायो यसो झ्याल तिर बाट बाहीर हेर्दै अंकल चै "एकै छिन है म आईहाल्छु" भनेर हिने।

मैले ट्वाकलाई "ल हिन, अब" भन्ने संकेत स्वरुप कुहिनाले ठ्याक्क हानें।

उस्ले तत्काल आन्टी तिर हेरेर भन्यो  "आन्टी, भोक लाग्यो -- खाजा खाम न"।

अघोरी ट्वाकले त्याँ पो ख्वाउने भो डाईट। झन हुटेलाँ म:म: तिर डल्याम्ला भन्या त -- म:म: सम्झिने बित्तिकै मुखमा पानी आयो --त्यै म:म: पानी निलेर बस्नु पर्यो। ट्वाक मेरो वाकयुद्ध्मा पर्ने निश्चित थ्यो त्याँ बाट निस्के पछी।

"लछ्मी --लछ्मी" भन्दै आन्टी कराईन। एकै छिनमा घुर्मैलो धोती लाकि एउटी अँधबैसे आईमाई फुङग उड्या अनुहार लिएर ढोका नेर आईन।

"जाउ त खाजा बनाएर ल्याउ" आन्टीको आदेश गुन्जियो। लछ्मी तर चटपटाईनन्।

यत्तिकैमा एउटी सुन्दरताको पन्चाङ्ग अग्नीमा जाज्वल्य हुँदी एउटी तरुनी मन्द मुस्कान साथ कोठा भित्र छीरी।

ट्वाकलाई मुलत: शब्दले, अनि मलाई आँखाले अभिबादन गरे जस्तो लाग्यो। ट्वाकले अघि ह्याँ बोर हुन्न भन्या झट्ट सम्झें हो रे छ भन्ने लाग्यो। ट्वाक प्रतिको द्वेस हरायो। बरु आभारी भएँ। म:म को तल तल पनि हरायो।

उ ट्वाक सँग भलाकुसारी गर्दै थिई -- लछ्मी चटनपटाको देखेर आन्टी आफैं उठीन र बाहीरीइन, लछ्मी पछी लागिन। उनीहरु जानु के थियो मैले मेरा आँखाहरुलाई ट्वाक सँग कुरा गर्दी त्यो ठीटीका अमृतरसले भरीएका झै लाग्ने र रस टप्केलान कि झै देखीने अधरहरुमा डुबुल्की मार्न निर्बाध छोडी दिएँ।

उस्ले म तिर हरेक पल्ट हेर्दा मेरा नयनले उस्कालाई अभिनन्दन गरेकै हुन्थें। ति आँखाहरुमा कौतुहलता म पढ्न सक्थें। 

ट्वाकले न त मलाई उ चिनायो न नै उस्लाई म। तर त्यै आन्टीकी छोरी भाको मैले बुझिसकेको थिएँ।

एकै छिनमा चाउचाउ, चिया, र पानी आयो किस्तीमा। लछ्मीले बोकेर ल्याईन -- आन्टी पनि पछी लागेर छिरिन कोठामा। बाताबरण फेरीयो। लछ्मीले हामी अघिको टेबलमा खानेकुरा राखेर फर्किन। "ए कत्ति छेउमा राखेको" त भन्दै थिईन आन्टी लछ्मी सुरु सुरु निस्किन कोठाबाट। लछ्मी रीसाकि हुन कि कान नसुन्ने मैले बुझिन।

नवतरुनी चै ले किस्ती मिलाउने भै। तातो चाउचाउको कचौरामा के गरेर हात लाई कुन्नी उस्ले, तातोले चिलेछ उस्को त्यो कोमल हात। चिल्नु के थ्यो उस्को हात बिच्की हाल्यो-- बिच्केको हातले चियामा दनक दिएछ अनि पानीको गीलासमा पनि -- घोप्टी हाले कप र गिलास --पानी र तातो च्या ज्यानमा आईलाग्यो -- पानीको त केई भएन च्याले  त डामी हाल्यो। जर्याक जुरुक  उठियो। आत्था आत्था भन्दै कराउन पनि भएन पोल्न छोडेको पनि छैन।

"ए, पोल्यो कि के हो?" भन्छीन आन्टी चै। नपोलेर अन्त के भयो त?

"के गरेर, घोप्ट्याई यस्ले -- एउटा काम ठिक सँग गर्नु छैन" आन्टी छोरी तिर लागिन।

केटी पनि एक छिन त स्त्बध भाकि थिई पछि त उल्टो हाँस्न थालि। आन्टी कराउँदै थिईन। मेरै जत्तिको बिजोग थिएन ट्वाकको -- उस्लाई पानीले धेर च्याले कम भेटेछ।

लछ्मी लछ्मी तिन चार चोटी भने पछी लछ्मी आईन।  सबै घोप्ट्या देखेर हिनीन। एक छिन पछी रुमाल बोकेर फर्केको देखें।

केटी चैं म तिर मुस्कान साथ हेरेर "सरी ---म फेरी ल्याउछु च्या र चाउचाउ" भन्छे बा।

मैले कोठामा को को छन बिचारै नगरी भनें तर नरिसाईकन "फेरी ल्याउँछु रे? किन? फेरी घोप्टयाउन? भैगो पुग्यो आजलाई।"

आन्टी हाँसीन, उ हाँसी, ट्वाकको अनुहारमा पनि हलुका हाँसो थ्यो। लछ्मी ढलेका भाँडा उठाई होरी रुमालले पोखीएको सोस्तै, उठाउँदै थिइन। उनलाई हाँसोले छोएको थिएन।

पछी हिन्ने बेलामा ठीटी बाहीर सम्म पुर्याउन आई -- फेरी "सरी" भनी अनि निस्किदा निस्किदै ट्वाक भएको मतलबै नगरी म तिर उही घातक नजरमा "उफ"को सकस, अनि उही मादक अधरमा मुस्कानको बकस सार्दै भनी "पर्सी मङ्गलबार गणेशथान आउने त होला नी?" ----

 


 
Posted on 10-26-07 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुलि! त्यो केटाले के गर्यो र यस्तो रिस उठेको???


 
Posted on 10-26-07 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के नि गरेको छैन बिर्खे दा। देख्नु भएन मेरो साथी सानानीलाई बिहे गर्ने मन छैन रे।

 
Posted on 10-26-07 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा दीप ब्रोले कुरा मोड्न पाउनुपर्छ! पुरै घुमाएर कहाँबाट कहाँ पुर्याइदिने रहेछ। लोल!

हो भन्या सान्नानी! त्यस्तो नि गर्न हुन्छ त? बिचरा पाहुनाहरु!

दीप ब्रोले कथामा दामी तरिकाले 'सेपरेट' निम्तोपनि हानिदिएछन्त! ब्रो 'उ' आयो कि आएन पछि गणेशथानमा?

 


 
Posted on 10-26-07 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ठुलि बेढङ्गि भने पनि मन त पराएछ त केटाले!

ल एउटा कुरा भन न है त मलाई,

तिमिलाई नि " ठुलि हेर्दा लाटि लाटि भए पनि बाठि केटि हो" भन्यो भने रिसाउने कि मख्ख पर्ने?


 
Posted on 10-26-07 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

[हुन त आमन्त्रण पाईसकेको हो -- बिसाउँदा पनि हुने हो तै पनि एक छिन ट्याम छ रे छ अर्को मोड सम्म जाम न त।]

*****

"पर्सी मङ्गलबार गणेशथान आउने त होला नी?"

ठिटीले गणेशथानमा मंगलबार मंगलबार देख्या रैछे क्यारे र त पेच हान्या जसरी निम्ता गरी भन्ने लाग्यो तर मजा पनि आयो आखिर एउटा तरुनीले त सम्झेकी रैछे गणेसथान आको -- जस्को लागि भनेर आयो उ त अटेन्सनमा लिखुरे मुसा ढोका बाहेर राखी आफु भित्र रातो रङ जिउ भरी दलेर ह्याँमानको भुँडी जमिनमा टेकाउँदा समेत अझ भो नभनी मुखाँ अटाई नअटाई लड्डु हालेर बस्या हुन्थे। हामी आको, घण्टी बजाको फन फनी मन्दीर घुम्या बाल मतलब भएन उनलाई। तेस्तै रे छ जिन्दगी।

जे होस गणेशथानबाट देब्रे मोडिएर धोबीखोला तिर ओर्लिने बाटो लाग्दा नलाग्दै ट्वाकले "च्याले पोलेर तँलाई बोर त भएन?" भनेर सोध्यो। "च्याले पोलेर त बोरै भा थ्यो तर मल्हम अचुक रे छ सित्तल भै रा छ ऐले त च्याले पोल्या ठाममा बरु मन पो --- " भन्दै मैले ट्वाकलाई हेरें। उस्ले मलाई। उ हाँस्नु के थ्यो म पनि मिसिएँ।

हुन त ट्वाकको बैनी पर्ने हो त्यो केटी त्यसैले काँ सम्म के भन्न हुने हो त्यो बिचार पुर्याउनु पर्ने थ्यो। ट्वाकको आफ्नै बैनी झन बेपत्ता राम्री थि। भन्न केही नहुने तर । सपनामा आएर उस्ले धेरै चोटी मेरा सपना बिथोलेकी छ -- के गर्नु? आश भन्ने पनि रोगै रे छ। सपनामा आउँदी र छे उ, म चै आकी बेला भनेर त्यै सपनालाई बिपना पार्न खोज्दो रछु अनि बिपनामा त ठण्डाराम ठण्डाराम भाको सपना पनि खत्तम।

त्यो ट्वाकको बैनीलाई बाङ्गेले "दिन्छु लभ लेटरे जे त होला" भनेर धेरै चोटी जोस्सिदा मैले बडो मुस्किलले सम्झाएको छु। सुपारीले त एक चोटी ट्वाँटको सुरमा ट्वाकको बैनीको भक्ति भजन सुरु गर्या मात्रै थ्यो ट्वाकले बिशालनगरमा त्यो बसन्त सम्सेरको दर्बारको भित्तामा झन्नै खापाले माउसुली चेप्टाको जसरी चेप्ट्याएन सुपारीलाई। त्यो घटनाको निकै दिन सम्म हामी ट्वाकको घरमा ब्यान भइम। बाङ्गेको आँटमा पनि त्यो घटना पछी हल्का पैरो त गयो गयो। "माया गरम न त माया लाग्या तरुनीको भन्न पनि नपाउनु के मर्या जस्तो जुनी यो" भन्थ्यो फ्रस्टेट भएर बाङ्गे कैले काईँ।

त्यसैले त्यो ट्वाकको चाबेले बैनी प्रति पनि साबधान हुनै पर्थ्यो मैले। ट्वाँट पनि जङ्गी थ्यो मान्छे। पछी त ब्ल्याकबेल्टै भयो। तर जाई कटक गर्दैन्थ्यो झिकी कटक गर्थ्यो।

जे होस उस्को त्यो चाबेले बैनीको कुरा गर्दा ट्वाक रिसाएन।

"तँलाई देखेर नरभस भै छ क्या रे कबिता अनि त घोप्टाई नी च्या र चाउ चाउ -- तेरो खुट्टैमा किस्नार्पन गरी क्यारे हैन?" ट्वाकले सोध्यो। "मलाई देखेर उ त खै के भैइ उस्लाई देखेर आफ्नो ज्यान बिउँझियो मन झन्नै बेहोस भो" मैले मौकामा अलि अघि बढेरै भनें। ट्वाकले "ल ल गफाडी" भन्यो हामी अघि बढीम।

कबिता रे छ ठीटीको नाम। आहा! क्या राम्रो नाम। त्याँ देखी मलाई कबिता लेख्न, पढ्न, हेर्न, अनुभब गर्न जे गर्न पनि मन लाग्ने भो।

यसो उसो गर्यो खाली कबिताकै मात्रै कुरा गर्न मन लाग्नी आफुलाई। गरीयो पनि।

"कतिमा पढने नी कबिता?" ट्वाकलाई सोधें भेट्या बेलाँ नाम पनि लिईदिइ हाल्या नी।

"उ पनि दशमै हो -- कता बानेस्वर तिर ट्युसन पढ्छे क्यारे जा तँ पनि" ट्वाकले भन्यो। ट्वाक बज्या तेस्तो भलादमी कैले लाग्या थेन। भाब बिभोर भएर  सिगैं एउटा शिखर चुरोट दिएँ उस्लाई मैले तेतीबेला। चुरोट तान्दै धोबिखोला तर्दा तिन चोटी चाबेल तिर हेरें। आज चाबेल किन किन बढ्तै उज्यालो लाग्यो।

"कुन स्कुल नी?" मैले सोधें।
"त्यै महेन्द्र भवन" ट्वाकले भन्यो।
"काँ पढ्ने नी ट्युसन चै?" उसलाई मैले फेरी सोधें।
"मलाई के था? उसैलाई सोध्न" ट्वाकले सजिलै भन्यो।
"कसरी सोध्नु उ उता छे आफु यता बाटो लागियो--" भनें।
"पर्सी बे मा आईहाल्छे नी --तेई बेलाँ सप्पै धोको पुर्याउनु-- अब फेरी कबिताको अरु कुरो झिकीस भने म तेरो आनी बानी सबै भन्दीन्छु तेल्लाई तेस्काँ बाट हिने देखी खाली तेसकै मात्रै कुरा गरेर वाक्कै पारीसकीस तैले -- थाह छ?" ट्वाकले सुनायो।

कुरो हो पनि -- "तर अब कबिताको कुरा नगरी के तेरै बैनीको चै कुरो गर्नी त?" -- सोध्न मन नलाग्या त हैन तर आँट आएन ---कबिताको कुरा नगर रे --झन भलादमी भनेर लुकार राख्या चुरोट दीएँ बेईमान पो हुन खोज्छ बज्या ट्वाक।

एउटा न एउटा तरुनी आएर सधैं जसो राती निन्द्रा बिथोल्थे आज कबिताको पालो सम्झिदै हिनें। बे मा झन क्या सजिएर आउने होली उ -- सम्झिदै जिउ भरीका सप्पै रौं भाला भए। ---


 
Posted on 10-26-07 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाब बिभोर भएर  सिगैं एउटा शिखर चुरोट दिएँ उस्लाई मैले तेतीबेला।

यो चाँही अत्ती दामी लाग्यो। कस्तो राम्रो काम गर्नु भएको दीप ज्यु।


 
Posted on 10-26-07 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो हो पनि -- "तर अब कबिताको कुरा नगरी के तेरै बैनीको चै कुरो गर्नी त?" -- सोध्न मन नलाग्या त हैन तर आँट आएन

Maan paryo Deep Jee,

Hoina Bangey bajiya kati din ko chutti ma ga ho kunni...Tapai ko Kabita audhro nai parne ta hoina ni aasatti le.


 
Posted on 10-27-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मैले कोठामा को को छन बिचारै नगरी भनें तर नरिसाईकन 'फेरी ल्याउँछु रे? किन? फेरी घोप्टयाउन? भैगो पुग्यो आजलाई।' "

हुन त मैले पनि नरिसाईकनै, ठट्टै ठट्टाँ यस्तै भन्देको थिएं एउटीलाई, तर ऊ त हरामी रिसाई। फन्किंदै निस्कि कोठाऽट, हुत्तिंदै आई फेरि, अनि पुरै डेक्ची भरिको च्या खनाईदिई खप्पराँ। तेसै सिनित्तै भा' हो यो खप्पर बेला न कुबेलाँ? अब त कपाल त के, च्यापत्ति उम्रेला भन्नि टेन्सन छ यई खप्पराँ।


 
Posted on 10-27-07 6:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-- "तर अब कबिताको कुरा नगरी के तेरै बैनीको चै कुरो गर्नी त?" -- सोध्न मन नलाग्या त हैन तर आँट आएन ---कबिताको कुरा नगर रे --झन भलादमी भनेर लुकार राख्या चुरोट दीएँ बेईमान पो हुन खोज्छ बज्या ट्वाक।
I loved these lines. Wow! what a great sense of humor!

दीप जि, अनी कबिता पनि तेस्तै रम्रि है (इन्द्रेणि भन्दा अलिक् कम् हो कि), जे होस् ट्वांक चाँहीं बाङे भन्दा त अली हेल्पफुल नै रहेछ तपाईंको लागि। हुन त बाङे ले नि खाली सेतो कागज मात्र खाम भित्र हालेर अली फेभर नै गरेको हो हजुरलाई , अस्ती इन्द्रेणी मा।
ल थप्दै गर्नुस् प्रभु।

wow.nepal


 
Posted on 10-27-07 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त चिसो कोक नैं खनाइद्या मलाइ हेर्न आउने केटोको लुगामा ल जा भनेर। आफु बल्ल ९ क्लासमा अनि उ चाहि लाहुरे। बिहे भनेको कस्तो डर लाग्दो कुरा थ्यो आफुलाइ चाँहि, उ चाहि टिको टालो भए पनि गरेर जाने रे। तेस्पछि त १ मिनेट नि बसेन, बिचराको पाइन्ट जो भिजेको थियो। सु गरेको जस्तै भाको थियो अनि मेरो बैनीहरु चाहि 'ला के भाको?" भन्दै मुख छोप्दै हाँस्थे।
 
Posted on 10-27-07 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep Bro sabai ko nick name raicha. Yaha ko chai k paryo ni?

Keep it up. waiting for marriage day.


 
Posted on 10-29-07 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुर न ताल,
"जे भएनि, ति आन्टी कि छोरि ले मलाई त सोचि बिचारि नै चिया पोखेको झै लाग्यो है। "

अब यो त उनै तरुनेस्वरीले निर्क्योल गर्ने कुरा भो तर हो जस्तो लाग्या चैं मलाई उही बेलाँ हो अनि हैन झै चै अझै लाग्दै छ। खै के हो के हो?

नेपालको छोरा,
जोबनको घाम उदाउदोँ बेला ठीटीसँग सुरु भाको कथा के सकिन्थ्यो र तेति सजिलै -- चम्चाले चिया फेट्या जसरी फेटीयो नी कुरा त -- अब को चम्चा र को चिया अनि फेटने को चै प्रभोहरु जस्ता खुंखार पाठकहरुलाई थाहै छ नी।

स्वप्नीलचिता,
नाम त ब्यापक रे छ चोट लाग्दा पनि केही जिते जस्तो लाग्ने। म त उही बेलामै जम्मै टाकटुक थपुम पछी के हो के हो भन्या उस्ले आनाकानी गर्दैमा -- ट्याम लाग्यो।

वाव डट नेपाल,

प्रस्तुती त रसिलो गर्ने भन्या हो रस तर जम्मै चुहीएर भनेको --

झाँक्रि,
हँ हँ हेर् हेर् -- हँ हँ --झाँक्रिनै साईलेन्ट् रीडर रे? झाँक्रि सुन्दैमा हाहा र होहो अनि ढ्याङ्रो सम्झिन्छु म त ---

नेपालियन, द दौतरीब्रो,
बाङ्गे त अब बाङ्गे भै गो नी -- चाहीया नी छ राख्न नी मन छैन।

दौतरी गाम पनि आउँछु म कुन बेला। मौका हेर्दै छु।

फेलिसिटी,
कस्तो मीठो लेख्या रे छ भने केटाकेटीमा सिनेमा हेर्या जस्तो -- फेरी हेरम हेरम लाग्ने।

प्रिट्टी,

नामैमा खोपिल्टो पर्या देख्छु म त -- हेरी त्यो "प्रि" र "टी" को बिचाँ पर्या "ट्" खोपिल्टो नभए के त?

बजार्नु बजार्या रे छ बिचरोलाई मनमा "हुन्न" को बज्र ज्यानमा गिलासको।

ठुली,

किन तेस्तो मापाकी भाकी हँ? खाली कुटने र भुत्ल्याउने मात्रै कुरा गर्न हुन्न बा -- फेरी उ पनि खोलाको पानी जस्तो होला।

कुम्लेब्रो,

कस्तो आक्षेप लाईदेको हँ मलाई? भाको कुरो त भन्नै नहुने भो बा -- कली हुर्के जस्तो छ।

जिम्माल,

ठीटी भडकाउने काम नगरम न -- उसै त नेपालमा प्याटोल जस्ता छन--

सिरियल,
काम त मैले धेरै पुण्यको गर्या छु खाली फल मात्रै धेरै खान पाईया छैन र दिक्क लाग्छ कैले त।

अगस्ट२५,१९९७
के भा हो हँ यो दिन?

मन त मलाई नी धुनधान पर्या नी -- अब ब्रोलाई ट्वाक्या बैनी नदेखी त मन पर्यो भनेसी मैले त झन देखेकै --

पून्टेब्रो,
डेक्ची भरीको च्या खनार च्या छान्नेले स्वार स्वार गर्दै खप्पर खुईलाउँदा ब्रो के हेरीरा त? की? --- कुन आसनमा बसेर खुईलाई कुन्नी -- मिल्छ मिल्दैन गेस त गरीयो।

क्रेजी लभ,
चिसो त हैन तातो "कोक" ले त ब्रम्हचारी समेत भ्रस्टचारी हुन्छन रे भन्छन कोक सास्त्रका ज्ञाताहरु।

स्पिरिट,
ब्याको दिन त मैले पनि कुर्या हो।

 

सबैलाई मेरो हार्दिक अभिनन्दन। मौका मिल्यो कि म अर्को खण्ड लिएर आईहाल्छु --


 
Posted on 10-29-07 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीप ज्यु कबितालाई भेटेको दिन देखी कबिता लेख्न सुरु गर्नु भाको हो।

 
Posted on 10-29-07 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेइन कही कबी ना बन्जाउ,
तेरे प्यार मेइन ए कबिता।

 
Posted on 10-29-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 'मौका मिल्यो कि म अर्को खण्ड लिएर आईहाल्छु '--कुनबेला आम्ने होला नि बाबै त्यो मौका ? खै आज पढ्न पाइन्छ कि पाइन्न? 


 
Posted on 10-29-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अप्टाओन गल, हाम्रो पनि बिस हजार ताल, नगरबन, देवी घाट, ब्रिटिश क्याम्प घुम्न गको कथाहरु छैननन भन्या?


 
Posted on 10-29-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अप्टाओन गल, हाम्रो पनि बिस हजार ताल, नगरबन, देवी घाट, ब्रिटिश क्याम्प घुम्न गको कथाहरु छैननन भन्या?


 
Posted on 10-29-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Narayangard हजुरको कुरा केही बुझेको भए मरी जाम।ब्रिटिश क्याम्प देखेको छैन अब घुम्न गार्को त कुरै भएन।

बरु खै हजुर हजुरको गल्फ्रेन्ड सँग त्यो ब्रिटिश क्याम्प भुम्न जानु भाको कथा राख्नुस् न। बरु अरु le नपढे नि म

पर्दिम्ला के भो र।

 
Posted on 10-29-07 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa prabhu.. sakashai bhayo bhanya... yeshari charo halera chadna ta bhayena ni.... sarrai bhakaka chau kya hajur ko lekh ko lagi.... thapi halnu paro.......

 
Posted on 10-30-07 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बे मा झन क्या सजिएर आउने होली उ -- सम्झिदै जिउ भरीका सप्पै रौं भाला भए। ---

अब घर त आइयो मन हराईयो। हुन त मन बेईमान हुन थाल्या एक समय भै सक्या थ्यो। आफुले आफ्नो भन्यो बस्न जान्थ्यो उ तरुनी फेरी फेरी। कैले त आफ्नो मन बस्या छ कहाँ थाह नहुने। आज भने कबिताकै बस्या थ्यो उ।

ट्वाकको घर आयो उ गयो। अरु बेला भए यसो भित्र छिर्ने गर्या थ्यो न दर्शन पाईहालिन्छ कि तेस्की बैनीको भनेर --आज वास्ता लागेन। लङुर-बुर्जाको गोटी घोप्ट्याउँदै गर्दा बुर्जा डबल देखी सके पछी किन पानमा राख्ने पैसा? कबिता बुर्जा अब ट्वाक्या बैनी पान।

आफ्नो घर तिर जानु अघि खुसी बाँड्नु पर्यो भनेर बाङ्ग्या घर तिर लागें तर उस्को घर नेर पुगे पछी फर्किएँ।  उ पनि बेरोजगारै थ्यो लभ मार्केटमा। मैले कबिताको बारेमा भन्नु उसलाई पनि दरखास्त हाल भन्नु बराबर थ्यो। त्यस्तो काम पनि गर्नु हुन्थ्यो के त?  तर पनि घर तिर फर्किदा एक किसिमको गरुङ्गो अनुभव चै भयो। आफ्नो तेस्तो पक्का साथी बाङ्गे। तर भएर के? एक नम्बरको घातक थ्यो। म भन्दा पैले ट्वाक सँग कुरो थुतेर कबिताको ट्युसनमा भर्ना हुन्थ्यो। शंकै थिएन। हुन त हाम्रो खेस्रा सम्झौता के थ्यो भने तरुनीहरु श्रीमती भए भने भैगए -- तेसमा हस्तछेप नगर्ने तर श्रीमती नहुँदासम्म जस्को शक्ती उस्को भक्ती।

बाङ्गेले हुन त ट्वाक बाट कुरो सुनीहाल्थ्यो बरु ट्वाकले भन्नु अघि आफैले भन्न पाईयो भने ईमान्दार पनि भईने भन्ने लागेर फर्किन लाग्या थें फेरी थाह पाए उसैले पाओस म त भन्दीन भनेर आफ्नै घर तिर लागी रहें।

तेती बेला एउटा न एउटा तरुनीले आएर सपना बिथोल्थे। आज कबिताको पालो थ्यो। निश्चित।

ट्वाक्या दिदीले अहिलेको घरलाई माईत भन्नु अघि दुईटा जति मंगलबार बाँकि थिए। अब आज अघि रोप्या प्रेमको फुललाई पर्सी आउने मंगलबार सम्म मलजल गर्नु थ्यो अनि अर्को मंगलबार सम्म गोडमेल गरेर उ बेमा आउँदा त फुल फुलाई होरी समर्पण गर्नु पर्ने थ्यो उस्लाई । युद्ध्स्तरमा गर्नु पर्ने लभ थ्यो त्यो भनम न।।

भोली ब्यानै ट्वाक काँ पुगें केही गर्नु छ कि बेको लागि भनेर। अरु बेला भए भागी भागी हिन्थे केही गर्नु पर्ला भनेर तर आफ्नो भर्याङग ट्वाक भए पछी के गर्नु? घराँ पुगेर बोलाएँ आमा चै ले छैन भनीन। कता अन्मरेछ त? भन्दै सुन्नारनको घर माथि बुर्जा बाहीर राख्या लसुन हेर्दै सोच्दै थिएँ "आज ब्यान ब्यानै गाँजा खाएर आ हो?" ट्वाक्या बैनीले सोधी। म ट्वाल्ल परेर सोची रा देखी छ क्यारे। मुस्कान दे र अझै उभिरा छे बा ट्वाक्या बैनी त -- मन हडबडायो। उ हतपत म सँग तेसरी बोलेको याद छैन मलाई।  सुरुमा कुरा झिकेर उ त बोलेकै थिइन भने पनि हुन्थ्यो। मैले कैले केही सोधे जबाफ दिन्थी। तेत्ती हो।

"गाँजा रे? काँ गाँजा खानी? म चुरोट त छुन्न। यत्तिकै दोष लाउनी?" मैले पनि पाको बेलामा मुस्कानको उत्तर मुस्कानले नै दिएर भनें।

"अँ खाँदैन चुरोट -- मलाई था छैन र?"

"खान्न म त -- सत्ते-- बिद्यानस् -- त्यो बाङ्गेले खान्छ चुरोट त --" मैले पनि लौ त भनेर ठोकी दिएँ। अब ट्वाकले खान्छ भन्न भएन। सुपारी अलि सोझो थ्यो अनि अलि बढी आउ जाउ थ्यो तेस्को ट्वाक कहाँ -- अब कसैले न कसैले खाको त भन्नै पर्ने भो जस्तो लाग्यो -- बाङ्गे फेला पर्यो।

"अस्ति त्याँ भगबतीथान पछाडी चुरोट तान्दै गर्या मैले नदेख्या हो र?-- अझ बिद्यानस रे -- फेल हुन्छ एस यल सीमा अनि ठिक्क पर्छ" भन्छे बा उ त। अब मारेन? कैले देखीछ चुरोस तान्या।

"ए, त्यो त बाङ्गेले सल्काईदे भनेर सल्काईदेको मात्रै हो -- अब साथिले भने पछी के गर्ने?" मैले भ्वाङ्ग टाल्न सक्दो कोसीस गरें।

"त्यो मोरो त म फुट्या आँखाले पनि देख्न सक्दिन -- जाँ जैले देखे पनि खाउँला जसरी हेर्छ -- कत्ति नी मन पर्दैन मलाई त्यो बाङ्गे टिङ्गे मोरो" उस्को भनाईमा रोष थ्यो। मुस्कान हरायो।

"म नी म? म मन पर्छ?" सोधम भन्दा भन्दै उ एक्कासी हराई। म त अलमल्ल परेँ। किन तेसरी बतासिई भनेर। ट्वाक्या बैनी सँग तेती लामो कुरा त्यो पनि तेस्तो फाईदा जनक कैलेइ थेन -- कबिताको फुलबारीमा आर्को पनि फुल रोप्नु पर्ने भो त?" मनमा कुरा आको मात्रै के थ्यो ट्वाक अगाडी देखें।  ---

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
NEPAL TPS IS GONE
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters