[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी- ११५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 289341 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 05-12-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
चौतारी- ११५   


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा
 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 115 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग


---------------------------------------------------------------------

चौतारीवासीहरूको पूरा नाम , गाम र पद

१)श्री भउत भाई भन्डारी----कन्नीडाँडा, अध्यक्ष, अल्लारे ठिटा तथा गालिगलौज समाज

२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम

३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम, प्रवक्ता, चौतारी मन्त्रिपरीषद्

)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया, अध्यक्ष, चिलिम कल्याण समाज

५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम

६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क, हेड, मरुभुमिकरण तथा बडारकुँडार महाशाखा

७)श्री मदनवा महतो--- , संयोजक, मोतिबिन्दु तथा भ्याकसेस्टोमि क्याम्प आयोजना

८)श्री च्याङ्बा चामलिङ---, अध्यक्ष, खच्चर ग्रुमिङ संस्थान

९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम, अध्यक्ष, महिला तथा तोतेबोलि सुधार आयोजना

१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम

११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल, यातायात व्यवस्था सचिव

१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा, अध्यक्ष, बालबालिका हेरचाह प्रतिष्ठान

१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम, सिइओ, पुस्टकारी तथा चित्रकला प्रतिष्ठान

१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम

१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया

१६) सुश्री किरेजी क्राफोर्ड---, अध्यक्ष, २१सौँ शताब्दी महिला जागरण अभियान

१७) श्री दिपेन्द्र दङ्गाल---, सचिब, हाँडिगाउँ सुधार समिती

१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर

१९) श्री दादागिरी दवाडी--- जापुन

२०)श्री गौतमबिक्रम गोतामे--- जापुन, सचिव साहित्य तथा छुचो बोलि प्रोत्साहन समिती

२१) श्री गालबेन्द्र गिरी--- जापुन, महर्षी, पौराणीक तथा बैज्ञानीक सहित्य समिती

२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम, सिई तथा गुप्तचर प्रमूख

२३) श्री हरि हर हाडा--- ओखलढुंगा, सिई तथा व्यस्तता प्रमुख

२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी

२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क

२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम

२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम, प्रिन्सिपल, चौमाबी
२८) सुश्री काली केटी कार्की---

२९) श्रिमती उफ्री "उदास" उपाध्याय्--- टेउसाउ

३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा

३१) श्री लहरेकान्त लाकौल--- विस्कान्छि, चौतारी रसरंग प्रधान

३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम

३३) सुश्री शबनम सुनुवार---, अध्यक्ष सोबर पूरुष खोज आयोग

३४) सुश्री रुइना रुपाखेती---

३५)सुश्री लप्पु लुइँटेल---

३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ

३७) श्री गुन्टे गैह्रे---

३८)श्री निशान्त निरौला---, अध्यक्ष, दादागिरी, ग्याङ फाइट तथा फरार कैदी व्यवस्थापन

३९) श्री विवश विश्वकर्मा---

४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया

४१) श्री याम बहादुर यमी--- बाटो नभाको देश

४२) श्री बिस्टे राम विष्ट---तानसेन गाम

४३) श्री झिल्के दास झा--- स्वीट ड्रीम गाम

४४) श्री हर्क बहादुर हमाल --- कन्नीडाँडा, अध्यक्ष रसरंग तथा भोजन व्यवस्थापन समिती

४५) श्री फेवा ताल फुँयाल---

४६) श्री नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर, महासचिव साहित्य तथा राजनैतीक सुझाव आयोग
४७) सुश्री चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम

४८) श्री सोमनाथ सापकोटा --- झापा

४९)श्री नेत्र नाथ नेपाल

५०) सुश्री दीपीका देबि दवाडी--- अध्यक्ष, कोमलता, साहित्य तथा असल नारि गुण बचआऊ आयोजना

५१) सुश्री चेलिमाया चाम्लिङ, अध्यक्ष, चौतारी सुन्दरता तथा कोमलता बचाउ आयोग

५२) सुश्री/श्रीमती बसन्ती बाला बसन्यात, अध्यक्ष पुराना गित संगित बचाऊ अभियान

५३) श्री रबि राम राई, महासचिव, लायकको नायक छनौट समिती

५४) सुश्री साक्षी सुनुवार--पदभार दिन बाँकि

Last edited: 12-May-08 12:56 PM

 
Posted on 05-15-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त सन्चै छ, लहरे सान!!

रिठ्ठे ब्रो ले आफ्नो नाम चैं किन नलेख्नुभा नि कवितामा ?


 
Posted on 05-15-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन: प्रशारित बिज्ञापन।

सबिताकबिता


अन्तिम भाग


 बजार मा आइपुग्यो। अन्तिम प्रति समेत सुरक्षित गर्नु होला।



 
Posted on 05-15-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढोका त खोल्न हुन्थो टंके क्यार्नु यता हाम्रामा सात बज्दा तेता नौ बज्छ।

सबैलाई फेरि पनि नमस्ते। रिठ्ठे के छ हालखबर? हाम्त हुटेलाँ बस्न, टेक आउट खान पर्‍या छ अचेल। साहू बुढाले गर्नु गरे। अझै डेढ दुइ महिना यस्तै हो। बरु खर्कतिरा हालखबर के छ? पुन्टे बुढासंग बात मार्न नि भ्या छैन तेताटि सरे देखि।


 
Posted on 05-15-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है सबैलाई

ठुलि, ढोका खोलेर गैछेउ धन्यवाद। सधैं यस्तै ज्ञानी हुनु है
राहुलदाइ, बगलामुखिको लाइन कती लामो रहेछ त? घुमेरै मात्रै अौनु भएको हो यहाँ हाजिर गर्नु पर्छ भनेर? अनी चिया भयो?
चेली, मेरो पनि एक मुस्ट नमस्कार तिमीलाई अरु सब ठीक छ?
बिस्टे, आज त हजुरको इस्टकोट छैन नि, पातली भाउजु लाउन दिनु भएन हो?
लहरे, केर्फे: छर्फ: तर्फ:? सर्फन्चर्फै:
टंक, हजुरलाई पनि बगलामुखी, गनपती, महादेव, भैरब लक्ष्मी सरस्वोती सबैले रक्षा गरुन
रिट्ठे, रुघा को र मेरो त घनिस्ट मित्रता छ। मलाई छोडेर हत्तपत्त कतै जान मान्दैन
 गयो भने पनि १ महिना भन्दा अरु कहाँ टिक्न सक्दैन आ इहाल्छ मै कहाँ दिपिका भन्दै
अन्तरे दाई, आजकाल किन आउनु हुन्न हजुर बेलुकी गीत सुन्न। मैले कम्प्लेन गरे भनेर हो? त्यो बेलामा म अली नयाँ थिएँ के अनी तर्सेको। अहिले त अरुहरु पनि छन, सबैले मधत गर्छन्। हजुरको सबै गाना बज्छन होला अब त। आउनुस है


 
Posted on 05-15-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम टंके, दीपिका, अन्तरे दाई।


बंगलामुखी माइ लाई घरमै प्रतिस्ठापन गरेको छु। बिहानइ बंगलामुखिय नमा: नम: गरी सकें, दीपिका।
आस्था पुज्ने हो, मन्दिर र मूर्ती होइन।


अन्तरे दाई हाल के छ, अझै राउटे ? यसो चाँजो मिलाउ भन्या ।

 


 
Posted on 05-15-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउजु ले लाउन नदेको हैन हिजो चौतारी बाट घर फर्कदै गर्दा एक हुल उरन्ठ्याउली हरु आएर कस्तो राम्रो ईस्टकोट भन्दै तानातान गरेर
च्यातियो नि। अनी के छ् तिम्रो हालखबर,बेलिबिस्तार लाएर बताउ त। घरमा सप्पै आरामै? पढाई काम कस्तो हुँदै छ्।
 
Posted on 05-15-08 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी मन्त्रिपरीषद् द्वारा बिभिन्न बिभागहरुमा जारी गरिएको प्रगति विवरण:

 

यस चौतारी मन्त्रिपरीषद् अन्तर्गत पर्ने बिभिन्न बिभागहरुले आ-आफ्ना काम कर्वाही, विकास कार्यक्रम तथा कर्तव्यपालन गर्दै आएको कुरा सर्वविदितै छ। यसै सम्बन्धमा बिगत केहि समययता चौतारीका केहि बिभागहरुले देखाएको काम प्रतिको उदासिनता, लापर्वाही तथा अख्तियारको दुरुपयोगको सम्बन्धमा चौतारी मन्त्तिपरीषद् यो सुचना प्रकाशित गर्न बाध्य भएको छ।

१)अल्लारे ठिटा तथा गालिगलौज समाज का अध्यक्ष श्री भगुतभाई भन्डारी बिना कुनै सुचना चौतारीबाट गायब हुनुभएको, चौतारीका मालसामान फिर्ता नगर्नुभएको, चौतारीलाई पटक पटक चाहिने गालिगलौज तथा अल्लारे ठिटाठिटि बिगार्ने काम भएको देखिन नआएकोले, तपाइँ श्री भगुतभाई भन्डारीलाई आजका मिति देखि लागु हुने गरि घटुवा गरिएको छ। तपाइँको आजदेखिको 'पद बेशोमती ठिटो तथा लिख्रिके एटिच्युड सहायक' रहने छ।

२)मरुभुमिकरण तथा बडारकुँडार महाशाखा का हेड पुन्टेन्द्र प्यारा परियार, तपाईँको लापर्वाहिले गर्दा चौतारीमा लागेको रंग पनि बडारिएर फिका हुन पुगेको, शुक्रबार साँझ लाग्ने मात पनि हराउँदै गएर समात् समात् भन्दै खोसेर रमाउनु पर्ने अवश्था सृजना भएको तथा तपाइँ मरुभुमि प्रमुख भएर पनि आफ्ने कपाल उमार्ने स्वार्थ बाहेक अरु कुनै पनि काममा ध्यान नदिनुभएकोले, तपाइँलाई पनि आजका मिती देखि लागु हुने गरि हदै सम्मको घटुवा गरिएको छ। तपाइँको आज देखि लागु हुने पद ' पियन श्री पुन्टेन्द्र प्यारा परियार, केवल बडारकुँडार महाशाखा' रहने छ।

३)मोतिबिन्दु तथा भ्याकसेस्टोमि क्याम्प आयोजनाका प्रमुख श्रि मदनवा महतो, तपाइँ चौतारीको ठाउँ ठाउँमा मोतिबिन्दु र भ्याक्सेस्टोमी क्याम्प राख्छु भन्दै खोक्नु खोकेर हिँड्नुभएको तर क्याम राख्नुको सट्टा लरकि पाएन भनेर ठाउँ कुठाउँ कराउँदै हिँड्नुभएको कुरामा मन्त्रिपरीषदको ध्याक आकृष्ट भएको छ। तपाइँको लापर्वाहीले गर्दा चौतारीमा मोतिबिन्दु क्याम्पको अभावमा कयौँ बाटुले हरु नेर्तज्योती बिहिन बनेकाछन भने कयौँ बाटुलीहरु आधि दर्जनमा एक थपेर सात सन्तानको आमा बन्न बाध्य भएका छन्। तपाइँलाई पनि आजका मिती देखि घटुवा गरिएको छ। तपाइँको आज देखि लागु हुने पद् ' हेड मिस्त्री, भ्याक्सेसटोमि तथा मोतिबिन्दु क्याम खम्बा गाडगुड समिती' रहने छ।

४)गुप्तचर बिभाग प्रमूख श्री चित्रबहादुर चित्रकार, तपाइँ चौतारीमा हुने अनेकन कृयाकलापको जासुसिको जिम्मा बोकेर पनि, आफ्ने भुँडिको जासुसिमा व्यस्त रहुनुभएको कुरा खुल्न आएको छ। उत्तरी काराकोरम मा बसेर, दिनभरि ठसठसि कनेर, हजारौँ डल्लर गनेर, चौतारी आउँछु भनेर चौतारीको जासुसिलाई बाल मतलब गरेर आफ्नेँ भुँडि कसरि भरौँ भन्ने जासुसि तर्फ लागेकोले तपाइँलाई पनि घटुवा गरिएको छ। तपाइँको आज देखि लागु हुने पद, ' झारे सुलसुले, आँखा अगाडिको जासुसि बिभाग' हुने छ।

५)रसरंग तथा भोजन व्यवस्थापन समितीका अध्यक्ष श्री हर्कबहादुर हमाल, तपाइँले आफूले पाएको सम्पूर्ण चौतारीबासिको भुँडि भर्ने जस्तो गहकिलो पदको पदभारले थिचिन पुगि, सम्पूर्ण चौतारीका भोका पेटहरुमाथि नै लात हान्नुभएको छ। रसरंग तथा भोजन व्यवस्थापन को पदको दुरुपयोग गरि तपाइँले रसरंगको हकमा केवल गित फर्माइस गरेर एक्लै आनन्द लिने गर्नु भएको देखिन आएको छ। अझ अर्को जघन्य काम तपाइँको भोजन साखा तर्फको छ। कयौँको भोक शान्त पार्ने जस्तो ठुलो पद लिएर भोजनको रुप मा केवल सुङ्गुर र बँदेललाई मात्र देखिदिनाले तपाइँको काम देखेर सम्पूर्ण चौतारीबासिले नै स्याड भएर सुङ्गुरको थुतुनो जस्तो थुतुनो पार्न बाध्य भएका छन्। तपाइँलाई पनि आजका मिती देखि लागु हुने गरि घटुवा गरिएको छ। तपाइँको आज देखिको पद, ' रंगमा भंग तथा बेकन पोलपाल सहायक' रहने छ।

बाँकि बिभागहरुको हकमा, यतिखेर चौतारी मन्त्रिपरीषदको आकस्मिक बैठक बस्दै छ र केहि समयमा नै अर्को सुचना प्रकाशि गरिने छ।

धन्यवाद्

चौतारी मन्त्रिपरीषद्

 


 
Posted on 05-15-08 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हा हा चेली अब आँफैले लेख्या कुरामा आफ्नै नाम कसरी राख्नु मैले? अनी हामी सञ्चै?


ठुल्दाइ हाम्ले त हिज राती पढ्या हुम् कैता र सैता !

अन्तरे दाई, हुँटेल र टेक आउट ले अझै छोड्या छैन तेसो भए, हरे ! खर्काँ तिर नि राम्रै छ ! खर्का अर्को एउटा चौतारी सदस्य पत्ता लाग्यो नि अस्ती ! हाहा हा

लोल दीपीका, रुघाको र तिम्रो घनिस्ट मित्रता छ रे ! लौ न ! तेसो भये हर्क १ बहादुर नै दे'र राख्या हो रुघालाई तिम्ले?

 
Posted on 05-15-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>तपाइँको आजदेखिको 'पद बेशोमती ठिटो तथा लिख्रिके एटिच्युड सहायक' रहने छ।<<<

>>> हेड मिस्त्री, भ्याक्सेसटोमि तथा मोतिबिन्दु क्याम खम्बा गाडगुड समिती' <<<

>>>' रंगमा भंग तथा बेकन पोलपाल सहायक'<<<

ऐया जिम्माल बा ले हसाएर हेत्तेरिका ROTFL

 
Posted on 05-15-08 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका ले कस्तो बदला लियो भन्देखिन,
कहाँ बाट कुन भाषा सिकेर आएर मेरै नाम लिएर खोकेको हेरन,
भनेको एउटा शब्द नेवारीमा एउटा गाली सँग ठ्याकै मिल्छ,
गाली पनि चानचुने गाली होइन, नराम्रो गाली सँग मिल्छ,
उल्ठा गर्नु पनि भएन, के गर्ने के गर्ने भो,
कस्तो मुटु नै चसक्क भो भने,
तैपनी साथी ले जिस्केर भनेरो भनेर लिन्छु,
चित्त चाँही दुख्यो है आफ्नु, 
 
Posted on 05-15-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिक्क पर्यो लहरेलाई, म यस्तै केही गर्ने सोच्दै थिएँ, दिपिकाले गरिदिइन् । जे भो राम्रो भो !!
 
Posted on 05-15-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जिम्माल बा को दरो गयो जे होस् ! अरु नि थप्नु पर्‍यो जिम्माल बा

 
Posted on 05-15-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>ठिक्क पर्यो लहरेलाई, म यस्तै केही गर्ने सोच्दै थिएँ, दिपिकाले गरिदिइन् । जे भो राम्रो भो !! <<

 
Posted on 05-15-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लहरे लाई गाली ? गाली होइन ताली देउ।
इमान्दारपूर्बक घुस न खाइ, जुस मात्र खाइ, टाँसटुस कार्यक्रम जारी छ।


जे पायो त्यही नि लेख्नु हुन्न, फेरी जिम्माले ले घटुवा गरी ठुलदाइ बाट सानदाइ गरी देला। 


 
Posted on 05-15-08 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाम्ले त हाम्रो पद भार भन्दा बढी नै भार उठा' छम केरे ! अब जिम्माल ले घटुवा गर्दिये नि गर्दिउन

 
Posted on 05-15-08 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देउरालीको चौतारीमा सङिनिले आँखा छोपेको आउछ अझै झझल्को

सप्पै गाम्लेलाई बिहीवारे सलाम छ है मेरो।
जिम्मालको सुचना देखेर तर्सियाथे, पढेको मेरो नाम कतै नदेखेर ढुक्क भो हौ।

अनी के हुँदै छ ताअाअाअा?


 
Posted on 05-15-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुस्मन ना करे दोस्त ने वो काम किया है
उम्र भर का गम हमे इनाम दिया है

चेली लाई कसरी ठीक पार्ने भनेर दिमाग घुमाइसके
आफुले, जुक्ती पनि निक्लिसक्यो, लागु मात्रा गर्न बाँकी,
चेली पहिले नै भन्द्याछु, रिसाउन पैदाइन है, है है 


 
Posted on 05-15-08 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"आस्था पुज्ने हो, मन्दिर र मूर्ती होइन"---राहुलदाई कस्तो राम्रो कुरा गर्नु भयो। यसै सबैले मानेका छन र हजुरलाई। मैले यही कुरा अर्को विद्वान बाट पनि सुनेकी थिएँ। एकदम राम्रो लागेको थियो।


बिस्टे, त्यसरी तानातान गर्दा रिट्ठे लाई बोलाउनु पर्थ्यो नि। तिनिहरुको सातो पुत्त्लो उडाइदिन्थ्यो नि। हेर त्यस्तो राम्रो थ्यो टन्न सितारा र मोती भरेको। अहिले कुन चै ले ढल्काइरा होला

रिट्ठे लौ यो रुघाले त हर्क १ बहादुर होइन गीता कार्की नै दिएर राखेको छ कि जस्तो छ।

माइला दाई  अब त अनुहार नै रन्किसक्यो हाँस्दा हाँस्दा

लहरे किन तर्सेको? मैले त्यस्तो नराम्रो केही भन्छु होला भनेर सपनामा पनि नसोचे हुन्छ साथी। मैले त केर्फे होर्फो लार्फा सार्फातिर्फिकोर्फो हार्फालर्फखर्फबर्फरर्फ भनेर पो सोधेकी त

नेत्र सञ्चै?

Last edited: 15-May-08 10:32 AM

 
Posted on 05-15-08 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझै दुइ महिना जति राउटे हो ठुल्दाई। चाँजो त मिलाम्नै पर्ने हो, अब फर्के पछि मिलाम्न पर्ला।

तेसो भए रिकुटेसंग क्यानाम अछ्छा ट्याम पास भो हैन त रिठ्ठे।

दिपिका नानी क्यार्नु टेम नमिलेर हो क्या आउन नपा'। लौ नौ बज्यो अब गीत फर्माइस गर्नु पर्‍यो भन्दा भन्दै तेता एघार बजेको बिर्सिने रैछ। अब आउन पर्ला नि फेरि गीत सुन्न।


 
Posted on 05-15-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपनामा सोच्ने मेरो बानी छैन, कसरी सोच्ने हो सपनामा
त्यो एउटा शब्द ठ्याकै मिल्छ नेवारी गाली सँग, तेही भर,
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters