[Show all top banners]

Ignitor
Replies to this thread:

More by Ignitor
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Prachanda KTV interview - Video

[Please view other pages to see the rest of the postings. Total posts: 41]
PAGE: <<  1 2 3  
[VIEWED 21267 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 06-08-06 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-14-06 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्चमा कमरेड प्रचण्डका पिता

कृष्णज्वाला देवकोटा

जेठ १९ गते काठमाडौंमा सम्पन्न माओवादीको ऐतिहासिक जनसभामा माओवादी अध्यक्ष कमरेड प्रचण्डका पिता मुक्तिराम दाहाललाई मञ्चमा बोलाइयो । मुक्तिरामलाई सम्भवतः 'प्रचण्डको प्रतीकात्मक प्रतिनिधि'का रूपमा प्रमुख वक्ताभन्दा पनि पछि मञ्चमा निम्त्याइएको थियो । उहाँलाई त्यहीअनुसारको सम्मान पनि दिइयो । भादगाउँले टोपी लगाएका वृद्ध तर हट्टाकट्टा मुक्तिरामले अरू कमरेडहरूसँगै जोशिलो मुठ्ठी उठाएर जनसमुदायको स्वागत गर्नुभयो ।

मुक्तिरामसँग देशले सिक्नुपर्ने धेरै कुरा छन् । कास्कीको ल्यावडे फेदीबाट चितवन झरेका यी मेहनती किसानले देशलाई हानि हुने केही गर्नु भएन । उहाँ भारदार भएर कुनै दरबारका पटाङ्िगनीमा शिर झुकाएर उभिनुभएन । पञ्च भएर देश दुहुन हिँड्नु भएन । जीवनका धपेडी र निम्न मध्यमवर्गका दैनिक समस्यासँग हार खानुभएन । सन्तानलाई उचित शिक्षा-दीक्षा दिनुभयो र आफ्ना पौरखी पाखुरा बजारेर मेहनतको दुई छाक जुटाउनुभयो । उहाँ कर्मयोगी नेपाली किसानका प्रतिनिधि पात्र हुनुहुन्छ । छोरा पुष्पकमल दाहालमा परिवर्तनको यति ठूलो आवेग र हिम्मत रोप्न उहाँको पनि प्रत्यक्ष-परोक्ष भूमिका पक्कै होला । तर माघ १९ गते उहाँलाई यी गुणभन्दा पनि 'प्रचण्डको प्रतिनिधिका रूपमा' मञ्चमा निम्त्याइएको हो भने माओवादी कमरेडहरूले क्रान्ति, प्रचण्ड र मुक्तिराम सबैमाथि अन्याय गरे भन्नुपर्ने हुन्छ ।

त्यसो त अहिले सिंगो नेपाल प्रचण्डको प्रशंसा गर्ने होडमा छ । आखिर शक्तिपूजा नेपाली समाजको 'संस्कृति' हो । हिजोसम्म जो माओवादीलाई 'आपराधिक गिरोह' र प्रचण्डलाई त्यसको 'डन' भन्दा बढी ठान्दैनथे, आज ती प्रचण्डको महिमागानमा सबैभन्दा अगाडि छन् । हिजो जसलाई प्रचण्डको टाउकाको सबैभन्दा व्यग्र प्रतीक्षा थियो, आज तिनै प्रचण्डलाई आफ्नै हातले माला उनिरहेका छन् । आत्मगौरवको यो क्षणमा माओवादी कमरेडहरूले आफ्ना अध्यक्षप्रति भावुक श्रद्धा देखाउनु अस्वाभाविक होइन । तर, श्रद्धाको सीमा कहाँ समाप्त हुन्छ र व्यक्तिपूजाको सीमा कहाँबाट सुरु हुन्छ, संसार बदल्न र नयाँ संस्कृतिको जग बसाल्न दस-दस वर्षसम्म आत्मबलिदानको आगोमा नुहाएका जोदाहाहरूले यति जानकारी त पक्कै राख्नैपर्छ ।

प्रचण्ड अब एउटा नेतामात्र हुनुहुन्न । वैचारिक विमति राख्नेले पनि यति त स्वीकार गर्नैपर्छ, उहाँ एक्काइसौं शताब्दीको विश्व राजनीतिको एउटा सग्लो कीर्तिमान हुनुहुन्छ । दक्षिण एसियाली सोभियत फेडरेसनपछि विश्व सोभियत फेडरेसनको सपना संसारका माओवादीले नेपालकै माओवादी जनयुद्धका बलमा देखेका थिए । सपना नै सही, संसारमा पहिलो पटक एउटा सपनाको लगाम नेपालका हातमा थियो । रुसको बोल्सेभिक पार्टीपछि नेकपा -माओवादी) नै सम्भवतः संसारको एकमात्र यस्तो कम्युनिस्ट पार्टी हो जसले संसदमा पुगेर पनि क्रान्तिकारी युद्धको बाटो सफलतापूर्वक समायो र त्योभन्दा पनि साहसपूर्वक वैचारिक रुढीलाई त्यागेर युद्धको उत्तिकै सफल लोकतान्त्रिक अवतरणमा जोड दियो । माक्र्सवादले के भन्छ, त्यसको जिम्मा कमरेड मोहनविक्रम सिंहलाई दिऊँ तर जनताका नजरमा प्रचण्ड सफल क्रान्तिका नायक हुनहुन्छ, जसले यावत् कमजोरी र हिंसाकै बीचमा इतिहासमै पहिलोपटक उत्पीडित जनताको आत्माभिव्यक्ति, आत्मगौरव र शक्तिप्रदर्शनको नेतृत्व गर्‍यो । संसारका अधिकांश छापामार नेताका परिवार सुरक्षित ठाउँमा विलासी जीवन बिताउँछन् तर प्रचण्डका छोरा र श्रीमतीले क्रान्तिकै मैदानमा नागरिक सम्प्रभुताको कठिन लडाइँ लडे । तर प्रचण्डप्रतिको श्रद्धा व्यक्तिपूजामा परिणत भयो भने त्यसले न आन्दोलनको भलो गर्नेछ, न प्रचण्डको, न मुलुकको । आफ्ना अध्यक्षलाई अलौकिक सरह देखाउने कार्यकर्ताको उत्साहलाई प्रचण्ड आफैंले नियन्त्रण गर्न सक्नुपर्छ ।

कार्यकर्ताहरूको नियत सफा हुनसक्छ । उनीहरूले अध्यक्षको अनुपस्थितिमा उहाँका बाबुलाई उपस्थित गराएर जनसामान्यलाई भरोसा दिलाउन चाहेका पनि हुनसक्छन् । एक किसिमले मुक्तिरामको सम्मानलाई उनीहरूले प्रचण्डकै सम्मानका रूपमा हेरेका हुनसक्छन् । आफ्ना सर्वोच्च कमान्डरप्रति तिनको यो असीम श्रद्धा हुनसक्छ । तर प्रचण्डलाई उहाँका पितासँग सीमित गरिनु क्रान्तिमात्र होइन, उहाँको पनि अपमान हो । जनयुद्धको कमान्डरका रूपमा ती सबै प्रचण्डका मातापिता हुनुहुन्छ, जसका छोराछोरी जनयुद्धमा मारिए र जो अझै युद्धको मैदानमा छन् । रोल्पा रुकुममा केही वर्षअघि प्रचण्ड आफैंले रुँदै 'अब म तपाईंको सन्तान हुँ' भनेर सहिदका मातापितालाई यो सान्त्वना दिनुभएको पनि थियो । आज जब मञ्चमा जाने बेला आयो, केबल मुक्तिराममात्र प्रचण्डका पिता र प्रतिनिधि कसरी हुन सक्नुहुन्छ ? नेपालका जति पनि माओवादी जनसेना छन्, ती हरेक कमरेड प्रचण्डका प्रतिनिधि हुन् । हरेक माओवादी आफैंमा एउटा प्रचण्ड हो । प्रचण्डका प्रतिनिधिका रूपमा बाबु वा परिवारको कुनै सदस्यको खोजी गर्ने हो भने अरू र प्रचण्डमा, अरू र माओवादीमा के फरक रह्यो ?

पत्रकारहरूको कुरा बेग्लै हो । समाचार आखिर एक किसिमका 'सिकार' नै हुन्, जहाँ त्यो सिकार हुनसक्छ, त्यो गर्नु तिनको पेशा हो । त्यसैले मुक्तिराम समाचार हुनुभयो होला तर इतिहासको तर्क अलि बेग्लै हुन्छ । इतिहासलाई लेनिनका पितामा त्यति धेरै रुचि हुँदैन, न त्यसले लेनिनको कर्म र विचारलाई पितासँग जोडेर धेरै महत्व दिन्छ । इतिहासलाई स्टालिन, माओ, चर्चिल, गान्धी वा मन्डेलाका पिता अथवा ससुरामा पनि धेरै चासो हुँदैन । कमरेड प्रचण्ड आफैं सतर्क हुनुपर्छ, एउटा वंशवृक्ष उखेल्दै गरेका हातलाई अर्को वंशवृक्ष रोपिरहेको आरोप नलागोस् । सांस्कृतिक रूपमा दिग्भ्रमित भयो भने क्रान्ति केवल मध्यमवर्गीय नाटकघरमा परिणत हुनेछ ।
.
.
.
Contd.

source: - http://www.kantipuronline.com/kolnepalinews.php?&nid=76546
 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters