[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 518]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 195876 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 08-20-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत गर्दछु सप्पै चौतारवासीलाइ यो २३ औ चौतारीमा । २२ औ चौतारीमा क्रिष्ण जन्मअष्टमी मनाउनुको साथै कुम्लेको जन्मदिन पनि मनाउन पाइयो । साथै मिसले बनाका मिठा मिठा सेल रोटी पनि खान पाइयो । अब यो नया चौतारीमा त झन के के हुने हो म त त्यसै त्यसै दंग छु । १५-१५ दिनमा बनाउने भनेको चौतारी एकै हप्तामा बनेको देख्दा चौतारीले ठुलो फड्को मारेको हो कि जस्तो लाग्छ ।
फेरी पनि पुन्टे,ग्वाचेका जस्ता कथा, नेपालको छोरो,चित्रे, दिपे,कुम्ले का जस्ता कबिता, बिर्खे, दादाका जस्ता गित, भउतेका जस्ता गफ अनि मिसको जस्ता खाना चौतारीमा छाउदै गरोस ।

सप्पै चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे , मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, इश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि,रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे फेरी पनि जुटम अनि रमाइलो गरम यो नया चौतारीमा ।
देशमा लोकतन्त्र सितै थुप्रै उतार चढाव आए पनि सप्पैकुराको थान्को लागोस अनि देशमा राम राज्य छाओस । साथै श्रीलंकामा भएको साफ खेलमा सप्पै नेपालीले सुनै सुनको तक्मा ल्याउन । ठ्याक्क भन्दा चित्रेको कबिता जस्तै होस ।


रविका रश्मीले बादलको
घुम्टो उठाई चियाउँदा
सुनौला हिमटाकुरा प्रतिविम्वित
गर्ने शान्त तालहरू देख्दा,


समीरको शीतल वेगले
लहरा पहरा हल्लाउँदा
उन्मुक्त भै उन्मादमा


नाच्ने डाँफे मुनालहरू देख्दा
मलाई लाग्छ मेरो देश
रमणीयताको अनुपम नमूना हो
सौन्दर्यको एक उपमा हो


 
Posted on 08-21-06 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँच्ची, चित्रेको सवालको जवाफ दिनै बिर्सिराख्या।

>>मिर्जा गालीवबाट गालव नाम राख्या हो कि क्या हो? शव्द नि कति छान्न जान्या हो। :D
हैन चित्रे। यो नाम राखेको सिलसिला र प्रसंग भिन्दै छ। "गालब" एउटा नेपाली उपन्यासको प्रमूख पात्रको नाम हो। ९ कक्षामा हुँदाखेरि पढ्या'थीं। त्यै बेलादेखि मन परेको नाम हो।
 
Posted on 08-21-06 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के खान नाटउ अर्थे पुन्टे दाईले, मैले के जाति (... ) देख'र हिन्ने बेला देखि चिनेओ दाई हुन्! टाउकाभरि चाइन्जो रौँ थ्यो पइला पुन्टे दाईको!
" पुन्टे दाई रउसि गुलियो हुन्च हो? " भनेर सोध्दा " आफैँ चाख न माईला" भुनेर धोबिनि दिदिकाँ लएर तितो न तितो झोल खान सिकाका नि पुन्टे दाईले!
" दाई सपैले चाइन्जो तास फाल्दै समात्दै अरेओ देख्छु अनि पैसो नि बटुल्छन् क्याओ?" भनेर भन्दा, के जाति 'पप्लु' देखुन लिएर 'रमि', 'म्यारिच' सपै खेल्न सिका'का नि पुन्टे दाईले!
" दाई ठुलो भएसि चाइन्जो ब्या अर्नै पर्छ हो?" भनेर सोद्धा-
" ब्या त अर्नु पर्छ तर के जाती कम्तिमा नि ४ बैनि भ'को ठाममा अर्नु" भनेर सिकाको नि एइ पुन्टे दाईले!
बोलिमा खासा, बचनमा मिठा, करममा चाइन्जो टाठा पुन्टे दाईलाई आज चाइन्जो बाँधेर राखेओ भन्ने सुनेर मेरो कन्सिरि तातेर आओ गाँठे। गएर खोजेर ल्याम्छु ल्याम्छु!

भउतेओ टाइसुठ चाइन्जो एसपाली चार फेर भओ लाएको कइलेइ बे हुन सकेओ छैन। अब ठुल्नानिले सारि लाएको कुरो चाइन्हो ठिकै छ, चित्रे मजाओ मुन्छे छ तिनेरको जोडि चाइन्जो मलाई नि मुन परेओ छ।

च्व ...च्व... च्व... पुन्टे दाई.... क्यार्दै होलान बिचरा!!
 
Posted on 08-22-06 12:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालउसं मैले पनि सोध्ने विचार गरेको थिएँ, यो 'गालब' नाम कसरी रह्यो भनेर। मैल गरेको अनुमान पनि ठ्याक्कै मिल्यो। 'माधबी' उपन्यास मैले केहि वर्ष पहिले पढेको हुँ। मदनमणि माडसा'पले यस्तो मोहक बनाएका छन् उपन्यासलाई कि दुनिया बिर्सेर पढेर भ्याउन मन लाग्छ। एक बसाईमै (खाना खान अथवा पिसाब फेर्न गएको बाहेक)सकेको हुँ मैले दिऊँसो शुरु गरेर र रातभरि पढेर। त्यसरी एक बसाईमै सिध्याउन मन लाग्ने किताब थोरै हुन्छन्। चित्रे र जिम्मालले पढिसक्या छैन भने तु मगाएर पढे हुन्छ।

जहाँसम्म यो 'गालब' नाम राख्ने कुरा छ, गालउजीलाई नाम मात्रै मन परेको हो कि त्यो गालब नाम गरेको पात्रपनि मन परेको हो? मलाई त पटक्कै मन परेको हैन त्यो मान्छे। विचरी माधबीले कम्ता दु:ख पाउन्न, धेरैजसो त्यै गालबले गर्दा। कतिपय प्रसंगहरु बिर्सिसकें मैल, तर पढिसक्नेबित्तिकै
माधबीको अथाह पिडायुक्त जिन्दगी देखेर भावुक भएर केहि हरफहरु कोरेको छु मैले दैनिकीमा। नेपालबाट बोकेर ल्याएको रहेछु भने भोलि ती हरफहरु यहाँ चौतारीमा टाँसम्ला।
 
Posted on 08-22-06 12:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल! गोतामेजीले त ठ्याक्कै पार्दिए हे गाँठे!

त्यो 'गालब 'ले चाहेर माधवीलाई दुख दिएको थिएन। वर्षौं माधवीको संगत गरेर पनि सदैव संकोच मान्ने, ठिक समयमा ठिक निर्णय लिन नसक्ने, साना-तिना कुरा मनमा खेलाएर ठुला भूल गर्ने आदि उसको ब्यहोर देखेर आदिकालको परिवेशमा (द्वापरयुग हो क्यारे!) भए पनि 'गालव'लाई साधारण मानव चरित्रको रुपमा देखाइएको छ। मलाई त्यो मन पर्यो। र, मैले पनि आफू र त्यस गालवबिचमा केही समानताहरु देखेको थिएँ। किताब पढ्दा भर्खर १५-१६ थिएँ, तर छाप भने गहिरो बसिराख्यो। साझामा रजिस्टर गर्ने बेलामा के नाम राखूँ के भइराख्या'थ्यो, झस्स यही नाम सम्झेर राखेको हुँ।

तर, एकै बसाइमा कसरी सकिन्छ यार तेत्रो किताब? महाभारत जस्तो बाक्लो छ त! गोतामेजीलाई मान्नै पर्छ; मेनियाक हो कि क्या हो? :D मलाई त महिना नै लागेको थियो।

यो किताबको कुरा भन्नु पर्दा, चौथो श्यामकर्ण घोडा गुरुलाई दिने आइडिया चाहिं दामी लाग्यो। अनि, यो उपन्यासको कथावस्तु मदनमणिको आफ्नै मौलिक त हैन क्यारे! संस्कृत (हो कि हिन्दी) भर्सनमा त गालव र माधवीको बिछोड नै हुन्छ रे! मदनमणिकोमा चाहिं लास्टाँ मिलन भा'को देखाइएको छ।
 
Posted on 08-22-06 3:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कथा महाभारतभित्रकै एउटा कथा हो क्यारे। पौराणिक कथा वस्तुलाई मदनमणि दिक्षितले क्या गज्जबसंग उतारेका छन्! त्यै समयमा पुगेको र पात्रहरुलाई नजिकैबाट हेरेर बसेको भान हुन्छ!

गालउजी, म त्यस्तो क्रेजी त हैन, तर दुई चार वटा किताब भने एक बसाईमा भ्याएको छु।
'माधवी' बाहेक डाइमण्ड शमशेरको 'वसन्ती', चेखोभको एउटा कथा संग्रह (नेपालीमा), गोर्कीको 'आमा', जर्ज ओरवेलको 'एनिमल फार्म' (यो अलि सानै छ) र पोहर 'दा भिन्ची कोड' पढेको हुँ एक बसाईमा।

कतै केहि कुराको वास्ता नगरी निर्धक्क एक बसाईमा एउटा किताब सक्ने गरी पढ्न पाउने privilege स्कूले जीवनसम्म मात्रै हुन्छ, शायद। जति ठूलो हुँदै आयो, जिन्दगी उति खण्डित हुँदै जाँदो रहेछ।
 
Posted on 08-22-06 3:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाफ्रे, लौ मैले सकिन तपाईंसँग! कम्ताका ठेली छन् ती किताब?
मलाई 'वसन्ती' पढ्न १ हप्ताभन्दा बढी लाग्यो, 'आमा" पढ्न एक गर्मीबिदा लाग्यो, 'दा भिन्ची कोड' चाहिं २-३ दिनमा भ्याएको हुँ । अरु त पढ्या छैन है। बरु खगेन्द्र संग्रौलाको 'जुनकिरीको संगीत" चैं अलि चाँडै नै पढिभ्याइएको थियो।
 
Posted on 08-22-06 4:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिनभरि, रातभरि पढेर सकेको हो गुरु समय हुँदा। तर ति किताब बाहेक अरुचैं त्यसरी पढेको छैन।

'एनिमल फार्म' त सानै छ। अहिलेको उत्तर कोरियासंग ठ्याक्कै मिल्छ कथा।
 
Posted on 08-22-06 4:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'पुन्टे हरायो रे गामबाट' भुन्ने हल्ला चलिर'रैछ गाँठे गाम्मा त ।

आफु दुई चार दिन मामा घर 'नि जाम्, यस्सो तेतै तिराँ सुन्दर्, सुशिल्, टिकाउ, मजबूत्, भरपर्दो केटी नि हेरम घरबार गर्न, यता हाम्रो गाम्माँ केटी'रु ले पत्या' होइनन भुन्ने सोचेर दुई-चार दिन अलप भा'को, गाम्मा त के के भैसक्या रैछ । पैला त सोचे पुन्टे दाइ मान्छे नामुद हुन्, फेरी कसैलाइ टिपेर चार धाम (;-)) अर्न गा' होलान जस्तो लायो । पैला धोबिनीसँअ चक्कर चल्दा नि चार धाम तिरै गा'थे क्यारे केइ दिन सम्म, धोबिनिलाइ लिएर (तै पुन्टे दाइले ऐले सम्म कसैलाइ बता' छैनन ति चार धाम के के हुन भुनेर) । तेस्तै जुरेलीसँअ पुनी चार धाम ग'कै हुन क्यारे, तेतिबेला त जुरेलीलाइ चिट्ठी दिन जाने पुनी मुइ हुँ । पुन्टे दाइको भुस्तिघ्रे जेठान र भौतेले तेतिबेला मलाई साफ भकुर्या कुरा त सबैलाइ था' छँदैछ क्यारे । आफु थला परिरख्याछु हिजोको कुटाइले, पुन्टेदाइ र जुरेली त टाप कसिसकेछन अर्को दिन । फेरी पुन्ते दाइको जेठान आएर मेरो बुइनी खोजेर ल्याउने भे ले नत्र तेरो लास गायब गर्दिन्छु भुनेर मेरो घराँ धर्ना द्या, द्यै । केइ दिन'छि बल्ल दुबै जना हाँस्दै-खेल्दै मुन्ट्या'थे । खै के के कुरा मिलाउनु भे'छ पुन्टे दाइले आफ्नु जेठानसँअ सप्पै कुरा त सामासुम ।

यस्तै त हुन नि हाम्रो पुन्टे दाइ भुनेर सोच्दै चौतारी'ट ओर्लिदै'थे तलबाट भौते र गालव पो के के खास्-खुस् अर्दै माथि आँउदै रैचन । हन यिनिहरुको चाला चाँइ ठीक छैन है, यस्सो कुरा त बुझ्नु पर्‍यो के रैछ भुनेर तेइ निर झाडिआँ लुकेर कुरा सुन्न थाले उनिहरुको । मेरी बास्सै..... मोरा'रुले त पुन्टे दाइलाइ 'किन्याप्' पो अर्‍या रैछन । 'त्यो पुन्टेलाइ अझै दुई तीन दिन तेइ राख्नु पर्छ, तेतिबेला सम्म म जुरेलीलाइ सिन्दूर हालेर घर भित्र्याउँछु, तेस्पछि त
पुन्टे त के पुन्टेको बाउले नि केइ अर्न सक्दैन' भुन्दै भौते त जोर जोरले हाँस्न थाल्यो, फिलिमाँ भिलेन हाँस्या जस्तै अरेर्, गालब नि साथ दिन थाल्यो भौतेको ।

लौ अब अर्ने के, कुरा त किलियर भइहाल्यो, पुन्टेदाइलाइ किन्याप अरेको । पुन्टे दाइ अलि अलि छट्टु भे'नी मुन्छे राम्रै हुन मेरालाइ त, जसरि नि बचाउनु पर्‍यो भुन्ने सोचें । न मोरा'रुले मारी नै पो हाल्ने हुन कि जस्तो नि लाएर पुराना कुरा'रु पो झल्झली सिनेमाँ रिल जस्तो घुम्न थाले । मसँअ किताप किन्ने पुइसा नहुँदा किताप किन्दिने नि पुन्टे दाइ नै हुन्, फेरी अलि अलि बदमासी अरे 'नि पढ्नु चाँइ पर्छ है भुनेर सम्झाउने, आफुले नपढेर दु:ख पाको कुरा अर्ने । फेरी अलि अलि चाख्नु नि पर्छ भुनेर धोबिनिआँ भट्टिआँ लगेर जबर्जस्ती जाँड ख्वाउने 'नि पुन्टे दाइ नै हुन । आखिर पुन्टे दाइ मेरोलाइ त जिउँदो जाग्दो कितापै हुन क्यारे । भे'न पुन्टे दाइलाइ मर्न चै दिनुहुन्न भुन्ने सोचेर भौते र गालाउआ कुरा फेरि सुन्न थाले । तिने'रुको कुराबाट था'भो पुन्टेदाइलाइ चाँइ पल्लो गाम्को कमल्याँ गोठाँ हात्-मुख बाँनेर धोक्रोले छोपेर राख्या रैछन ।

कसरी बचौंने होला त पुन्टे दाइलाइ भुन्ने सोच्दै'थे झल्याक्क्क जिम्मालबाको अनुआर नाच्न थल्यो आँखाँ । बुढा हुन त मसँअ रिसाछन तर 'नि पुन्टे दाइलाइ बचाउन त आउलान भुन्ने सोचेर जिम्मालबाको घराँ गा'को त बुढा त तीन चार दिनदेखि छोरी भेट्न भुनेर अर्को गाम पो गा' रैछन । लौ ढिलो अर्न भे'न पुन्टे दाइलाइ त बचाउनु पर्‍यो भुन्ने सोचेर एक्लइ लागे कमल्याँ गोठतिर । अँध्यारो रात्, कुकुर भुक्या बहेक केइ आवाज छैन्, मुटु ढक्क फुलेर आयो डर लागेर । जे पर्ला पर्ला भुनेर अगाडि बड्दै गए । कमल्याँ गोठ्मा पुगे'छी यस्सो हेर्छु त ढोकाको कुनाँ कोइ सुतिरा' रैछ । तेस्लाई नब्युँझाइ भित्र छिर्नु पर्‍यो भुन्ने सोचेर बिस्तारै अगाडि बड्दै थे, मेरो खुट्टाले तेस्को जिउआँ लागिहाल्यो । को हो को हो भुन्दै त्यो मुन्छे नि उठिहाल्यो । तरचाँ लाइटा हेरेको त त्यो त तेइ जनतरे काकाको छोरो अन्तरे पो रैछ । आरन छ नि तल खोलाँ किनराँ, हो तेइ । अन्तरे त मेरो बच्चा छँदाखेरिदेखिको साथी । फेरी सानो छँदाको १८ वटा गुच्चा लिनु छ त्योसँअ मेरो । तेस्लाइ सप्पै कुरा बताए पछि तेस्ले भुन्यो 'त्यो भौते र गालबेले पुन्टेदाइलाइ लिएर आ'का चार-पाँच दिन यही राखौँ, तिमीले पहरा दिनु, हजार रुप्प्या दिन्छु भुन्या थे ऐलेसम्म आ' होइनन मोराहरु' । पुइसा'नी द्या होइन मु त भोली त तेसै'नी पुन्टे दाइलाइ छोडिदिनला'थे । लौ अब त नै लिएर जा तेरो पुन्टे दाइलाइ' ।

गोठ भित्र ग'र हेरेको, पुन्टेदाइलाइ त धोक्रोले छोपेर, मुखाँ टालो बाँनेर्, हात्-खुट्टा नि टनक्क पारेर कुनाँ फाल्द्या रैछन । ढिलो अर्न भे'न जे पुनी हुनसक्छ भुन्ने सोचेर तेइ धोक्रो काधाँ बोकेर लड्दै-पड्दै बल्ल हाम्रो गाम आइपुगे । बाटोआँ ठस्-ठस् गन नि आइरा'थ्यो, पछी पो था' पाए, धोबिनिको घराँ लगेर धोक्रो खोल्दा, पुन्तेदाइले त तेइ धोक्रो भित्र दिसा-पिसाप नि गर्नु भा'रैछ । पछि धोबिनिले नुहाइ-धुवाइ गरेर लुगा फेर्दिइन्, के के बर्बराउँदै थे बुढा, मु त असाध्यइ थाकेको थे, घर आइहाले, बल्ल पुग्दैछु । बाकी कुरा त पुन्टे दाइले बताउलान नि, यस्सो बताउन सक्ने भे'छि ।
 
Posted on 08-22-06 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल्# ६ ठुलिईईईईईईईईइ
हजुरर्‍र्‍र्‍र्‍र्‍र्‍र मास्टरनी दिदी
 
Posted on 08-22-06 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्ते।
रोल नम्बर ५ हाजिर गुरुआमा
 
Posted on 08-22-06 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल # ८ चित्रे
हजुर मास्टर्नी दिदी

नमस्ते है गाम्ले हरु । :)

प्रिती जी, के छ हालखबर?

ठुल्नानी, तिमीले गुलाफी सारी लगाउने भनेको हैन भौते को जन्ति जादा? एकदम सुहाउछ होला तिमिलाइ। ;)
 
Posted on 08-22-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म ठिक छु चित्रे। हो हो ठुल्नानीलाई गुलाबी सारी एकदम सुहाउँछ। खुब रमाइलो गर्नु पर्छ है सबै मिलेर मामाको बिहेमा?
 
Posted on 08-22-06 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-22-06 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

येस्तो पनि हुदो रैच ।
India wife dies on husband's pyre
Police in India say a woman has burned to death on her husband's funeral pyre, committing the outlawed Hindu practice of "sati".
The incident took place on Monday in Tuslipar village in the central state of Madhya Pradesh.
अरु धेरै पढ्न चै यसमा जाम - http://news.bbc.co.uk/2/hi/south_asia/5273336.stm
 
Posted on 08-22-06 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-22-06 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पढेर मलाई साच्चिकै कता कता दुख्यो । कस्तो दुख लाग्दो कुरो है :(
 
Posted on 08-22-06 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुभेलाइ धेरै दु:ख लाच । ल त है छाता यसो फर्काइदिए, घाम परेच के निधारैमा !


 
Posted on 08-22-06 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D
साच्चिकै खुसि लाग्यो फेरि अहिले यो गित कति खोजेको मैले । हेर्न नपाको पनि जमाना हुन ला'थ्यो। तुलसि पराजुली को गित हरु राम्रो हुन्छनि ।

खै कस्को पो हो था भएन तर .."माया साह्रै मह्गो .." भन्ने गित नि खुब मनपर्छ मलाइ ए नमे छ भने टाँस्देउ त्यो नि त अलि मन हलुंगो हुन्छ कि तिम्ले टाँसेको त्यो सम्चर ले चित्त दुख्या छ के
:(
 
Posted on 08-22-06 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी तिमी कस्तो रङ को सारी लगाउने हाम्रो भाउतेको बिहेमा । चित्रे तपाईं चै कालो दौरा र सुर्वल लगाउने हो ।
 
Posted on 08-22-06 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब ठुल्नानीको ब्या नगर्दिभे'न। जता'ट नि कुरो त्यहि पुराउने भन्या :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters