[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 GOTAMEKO GANGAN

[Please view other pages to see the rest of the postings. Total posts: 229]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT PAGE
[VIEWED 108338 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 12 pages, View Last 20 replies.
Posted on 09-22-05 3:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामेको गनगन

हाईकु लेख्न भनेर बसेको यस्ता टुक्रामात्रै निक्ले । नियममा बसेर लेख्ने कुरा मेरो वशमा नभएजस्तो छ। सुझाव अपेक्षित छ।

"गरिबिको आनन्द"

सस्तो कोठाले
पूर्ण भएको छ मेरो
लाम्खुट्टे मार्ने कला ।


"बतास"

तन छुँदाछुँदै
मन पनि धोईसकेछ
क्या मिठो बतास ।

"छुट्टी"

दुइ दिने छुट्टी
किताबहरुको माझबाट
सुटुक्क गयो।


हाइकुको जन्मभूमि घुमेपछि एउटा हाइकु तेसैको नाममा।

"क्योटो"

आदिम आँगन
शताब्दीहरु
नाच्दै बग्छन् ।
 
Posted on 10-01-05 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आए पनि नआए पनि एउटा प्रयास गर्छु ।
"गाडी"
भए पनि नहुने
नभए त झनै नहुने
सेतो हात्ती
 
Posted on 10-02-05 3:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाजि भाञ्जालाइ चिने'सि त अब एसो दँसैमा दछिना नि टक्र्याउने होलानि ? हे हे हे हे
फेरि एस्तो अनिकालाँ भेट्या माम छोड्न नि भेन। खितखितखितखित
लोभी मुन्छे नि परिएन नत्र बार्गेन गर्न हुन्तो,
दादा मामाको विवेकले द्या मञ्जुर भो लौ।
यै मामा भाञ्जा भन्दा एउटो हाइकु पड्काइदिम् जस्तो लाग्यो भन्या। मुसुक्क
दिएँ है त ?
दिएँ दिएँ लौजा:
"भाञ्जा"
"झोलीको द्यौता
मुखमा राम राम
बगलिमा छुरा"
हे हे दादाजी माइन्ड चैँ नगर्नुहोला है पिलिज,
जमानै तेस्तै छ त। हे हे हे हे
 
Posted on 10-02-05 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो सानो प्रयास!!!
"प्रेम"
दुइ शव्द,
हुनेलाई पासो,
नहुनेलाई चासो!!!
 
Posted on 10-02-05 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अमेरिका"
जीवनमा एकपल्ट पुग्नैपर्ने
नपुगे त मानै नहुने
दलदल
 
Posted on 10-02-05 7:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किकले दे'को हाइकुको किक त दामी छ नि! किकको धक्का काठमाण्डुसम्मै पुग्यो होला । अनि हरिकान्छा दाइ, यतिचाँडै अमेरिकाबाट बिरक्तेको किन हो भन्या। कुनै कुइरीले धोका दि'की क्या हो?

पाखे साथी (संगिनी), नेपाली अक्षर तान्न जान्नले टाइप हान्न सक्दैन भन्ने चैं विश्वाश लागेन है । साझामा एउटा धागो छ नेपाली यूनिकोडको बारेमा ।

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=17982

एकछिन यै धागोमा झुण्डेर बसौँ है ।

हाइकुले हराएका माम भाञ्जा पनि भेट गराइदिँदो र'छ हौ । तर काजी सा'प होश गरौं है, कंश मामा पर्लान् ।
 
Posted on 10-02-05 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तुलसी गिरि'

चुलेसी गिरि,
नकच्चरो "रखैल"-
शाह-राणाको ।

पीटर गिरि,
मूर्ख मानव ढाल-
शाह-राणाको ।

"चुलेसी" गिरि,
सबै ठाऊँको "ढाल-"
शाह-राणाको ।




 
Posted on 10-02-05 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रजातन्त्र

गिरिजालाई जडेउरी
चन्द्र शेखरको
१२ वर्ष टिक्यो बा!

 
Posted on 10-02-05 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी छ दादा ।

एउटा फेरि है,

"चुलेसी गिरि"

यहाँ संसद,
लंका पसेर गाई,
अब खाने के?
 
Posted on 10-03-05 7:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाठा रैचौ गोतामेदाई ! ल फेरी सुन्?!

'जग्?गानापी'

जुर्मुराए राणाहरू
निकुञ्?ज
जनावर कै हो!
 
Posted on 10-03-05 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धागोलाई बडो रुचीकासाथ पढेर रसस्वादन गरिरहेको छु ।

खास गरेर ५-७-५ का नियममा ढालेर हालिएका हाईकु देख्दा चाहिं ईर्श्या नै लाग्छ ।

नियम-स्वतन्त्र हाईकु को एउटा पुरानो थ्रेड छ । मलाई त Nostalgic बनाउँछ त्यसले । लु हेरम् साझाको आदिम हाईकु युग ।

नेपाली हाईकु
July 2003
- http://www.sajha.com/archives/openthread.cfm?threadid=11699&dsn=sajhaarchive


 
Posted on 10-03-05 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या सटिक मार्या छ किकले।

'जग्गानापी'

जुर्मुराए राणाहरू
निकुञ्ज
जनावर कै हो!

किक बुरो, हो निकुञ्ज त जनावरकै हो तर प्राकृतिक जनावरको हो , मान्छेबाट झरेर बनेका "कृत्रिम पशु" हरुको भने हैन् ।

नेपेजी, धन्यवाद प्रत्रिकृयाका लागि र विशेष गरी त्यो पुरानो धागोको लागि । यथेष्ट रसास्वादन भयो । र लेख्न त नियमहिननै रमाईलो हुन्छ।


 
Posted on 10-03-05 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


शान्त बादल
पारिलो प्रजातन्त्र
न्यानो राजतन्त्र

 
Posted on 10-03-05 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूरानो धागोमा पसेँ नि। हाम्रा हेम गुरु पनि छि-या रे छन्।

कस्तो कुटुक्क मन खायो यो हाइकुले।


नजरबन्दमा छन्
शहरका फूलहरु
गमलामा



अर्को मुन परेको दुइकु(?)पनि भनी हालम्! उस्तै उस्तै आसय बोकेको भनुम् न।

बार्दलीकी तरुनी
मही लागेको जग्गा
खोलापारिको खेत
(तेस्रो हरफ थप्देको नि)
(पायक नप-या के।)
 
Posted on 10-03-05 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"खोई घाम?"

घाम कहाँ छ?
अढाई शताब्दी भो-
मेघ मात्रै छ।

राज्यको घोडा-
निरंकुश दानवी
अन्धो मात्रै छ।

तल गरीब-
किचिएर पत्कर,
माथि जात्रै छ ।

खै घाम कतै?
कालो नभमा हाम्रो
आँशु मात्रै छ ।


 
Posted on 10-04-05 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक दुइ दिन हाइकु लेख्न नपाको त के भो के भो भन्या, हेर्दा त ख्वै क्यै नयाँ भेटिन, गुरु हरु थाक्या जस्तो लाग्यो।
अनि यौटा भे'नि दिम् दिम् भे'र दिन ला
दि'हाल्चु लौजा:
"जनता"
"साँढे जुधाइ
आर्मी र माओवादी
बाच्छा मिचाइ"

गुरु हरु आज लाइ यौटैमा टाप दिन पर्ला । गुरुहरुको हाइकु पढम् भन्या खै अलि जोसिन परो
 
Posted on 10-04-05 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्ने काजी सा'प, आज यो मेरो खोपडीमा के भयो कुन्नि, दिमाखमा क्यै फुर्या भे' मार्दिनु।
अब जबर्जस्ती बनाको, जीऊ भन्दा टाउको ठूलो भ'को, नियम नपुगेको एउटा दिन्छु; जे पर्ला पर्ला!

"शाही सेना" "

वर्षौँ देखि उँघेर,
राजमार्ग ढुकेको छ शाही सेना
माओवादी रुँगेर ।

"चेकिङ"

काँधमा राईफल,
के भेट्यो आजसम्म शाही सेनाले
बम कि खसीको जाईफल?



 
Posted on 10-04-05 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा दिन्छु भन्दा भन्दै दुइटै पो गएछ।

 
Posted on 10-05-05 2:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो दशैँकै बारेमा हाइकु दिन मुन लाग्यो। ल है त।


"गाऊँ"

लाहुरे आए-
तयार पार खाता,
चन्दा असुल्न ।

------------------------------
"सडक"

अगाडि हेर-
बाटोमा ट्राफिक छ,
दशैँ आएछ।

------------------------------
"ट्राफिक"

'लाईसेन्स खै?'
वर्षदिनको दाना
दशैँमै उठ्छ।

----------------------------
"निम्नवर्गीय दशैँ"

नरोऊ छोरि-
नया लुगा किनौँला,
आघौँ दशैँमा ।

---------------------
"मध्यमवर्गीय दशैँ "

बाऊ 'पप्लु'मा,
सन्तान 'म्यारिज'मा,
थकित आमा।
--------------------------

"उच्चवर्गीय दशैँ"

'फूपुको श्राध्द'-
देश लुटेको धन,
सधै दशैँ छ।


 
Posted on 10-05-05 2:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

४ हाइकु


पद पाउने
नेताको लागि यो भो
समाज सेवा

पद नपाउँदो
कार्यकर्ता भन्छ जो
केवल नशा

ताल न बेताल
जनताको लागि यो हो
साढे सातको दशा

तर म भन्छु
यो, केबल एउटा
भाले जुधाउने पेशा
 
Posted on 10-05-05 2:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"राजनीति" हो दादा?
शीर्षक जे भएपनि एकदम चित्त बुझेको छ है।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters