[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ४८~~

[Please view other pages to see the rest of the postings. Total posts: 592]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE






[VIEWED 229646 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-08-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ४८ --


चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 547 days (as of 03-08-07) since 7 Sept 2005 with more than 17,000 messages in a total of 47 editions.Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा







 
Posted on 03-09-07 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि जान लागेको,ह्यारी टुप्लुक्क आइपुग्यो । म चाहि सप्ताहन्त् होइन हफ्ता भरिको मर् मसला जोड्न हिडेको, भरे भेटौला, चिलिम् तान्न कसो?
 
Posted on 03-09-07 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सबैलाई सप्तान्तले समात्या जस्तो छ, जम्मै हराएचन। कोही छ?
:-)
 
Posted on 03-09-07 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म छु नेप्चे। के छ हालखवर?

म नि सुत्न लाग्या, साह्रै निद्रा लाग्यो। हाऽऽऽऽऽऽऽईईईईईईई!!!!!

लौ त गुट नोइट! :)
 
Posted on 03-09-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जेन-तेन बाचिएकै छ, चित्रे ब्रो। तेता तिर के हुदै छ कुन्नि??
लौ ब्रो को त सुत्ने बेला नि भै सकेछ। लौ त गुट नोइट!
:)
 
Posted on 03-09-07 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ नेप्चे कता बेपत्ता हो ब्रो आजकाल?
ठुल्दाइ मर-मसला जोड्न जान ला रे, ल ल भरे सँगै चिलिम तान्नु पर्छ है।
चित्रे सुन्नै ला हो भने त गुड् नाईट है।
 
Posted on 03-09-07 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी,
क्या अर्नु, गको १-२ हप्ता अलि ब्यस्त भैयो । त्यो के जाती परिक्ष्या थ्यो। हन तेस्तो हराको त हैन है। बेला बेला मा चियाउदै थे नि। आएर हल्ला न गरेको मात्र पो त।
:-)
 
Posted on 03-09-07 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाइ नमस्कार है!!
 
Posted on 03-09-07 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार! कहुतारिका मेरा सम्पूर्ण आफ न्तहरुलाइ !
 
Posted on 03-09-07 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे, हाउँरो देशा कुरो चलेसि प्वाक्क बोल्दिहाल्या नि, ठुल्दाइ चिलिम तानेर उत्तानो पर्या मौका छोपेर । जागा भ'सि ठुल्दाइले टन्नै भासन ठोकिहाले के रे, त्यत्रो भासन सुनेर नि केइ नबुज्या साँच्चै हो र भन्या !!!!

नेप्चे, जाँच त गतिलै दिइस होला के रे, अस्ति के जाति हो गेसपेपर किन्देन भनेर सारो कचकच गरो टाउकै खाओ भनेर जिम्माल बा फत्फताओ थो रे नि ।
 
Posted on 03-09-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, मन्तयका ला?
चिलिम तानेर हाजिर । ह्यारी यतै छ कि पुरस्कार खोज्न हिंडे छ? आगो ताप्नु मुढोको कुरा सुन्नु बुढोको। सुन्नु त पर्छ गाँठे, यो बुढोले भाषण् दिएको नि। कति सुन्ने गिर्जा, माकुने, बामे, ज्ञाने को भाषण कसो?
 
Posted on 03-09-07 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नमस्ते अरे है मुइले नि ।
लौ न का'ट गेस पेपर मात्रैहोला नि चतुरे( chana tarakari) चिट बनौनलै कापि हो कि के जाति नि किन्नुछ भनेर झगडा अरिराथ्यो के रे नेप्चे। अब फूपुलै के था चिट भुनेओ के हो । चिट नि गर्ने सक्ने भ'च छोरो भूनेर फुरुंग हुदै फुपूले म सअ २ रुप्पे माएर लानु भओ के रे । मैले नि छोरीओखुत्रुक्याँ सङालेओ पैसो निकालेर दे ।:P
सुन त माष्टर्नीनानी त्यो के जाति परिक्ष्याँ बेला चिट नि माजाआले गर्यो नि नेप्चेले भन्दै हुनुनत्यो के रे फुपूले पधेराँ पानी भर्न ग 'बेला । पास मात्रै हुन्न इस्कालर(Scholarship) पा'र अउरिकाँ नै जान सक्ने अरि गतिलो अरेओछ रे नेप्चेभाइले :)
म नि दंग जो परे के रे भाइले अउरिका ग'र अउरिकन सारी ल्याइदिने भओ भुनेर।। त्यो इण्डियान कुर्ता इण्डियान सारी मात्रै लाउनु पर्ने जइले नि । अर्को वर्ष तिजाँ बेला अउरिकन सारी ला'र छमछम्ति नाच्न पाम्ने भे' भुनेर म नि फुरुंग जो भा'किछुम के रे ।


अनिखेरि त्यो के जाति नाँउ अरेको पुलटिक(politics) अर्न थाल्यो भुनेत हाम्रो चौतारियाँ पुनि सात दल आठ दल ,मधिसे पाहाडे सप्पै जो भेला होलान के रे । अरु गाम्माँ अस्तो भकुरा भकुर अनिखेरि त्यो के जाती नाराजलुस सप्पै जो होला के रे । रमैले हुने भो । अनि पिरो मान्छे नि यहा आइदे'र हँसाउन थाले भुने चै हास्न लै अरु गाम्मा जान नपर्ला अस्तो मानिचु .
हरिशरणम!!
 
Posted on 03-09-07 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एsssss लु जा, नेप्चेआ जाँचाआ कुरो त मिसलाइ सप्पै था रैछ । क्यार्छस हो नेप्चे? चिट अरेर जाँचाँ खुबै लेखेनि मिसआ हाता'ट लम्बर पाउलास के? तै के तै के, हाउँरो नेप्चे अउरिका जाने भे दिनोस्न त मिस झोलिभरी लम्बर । अउरिकन सारी मात्तै हैन मगमग बास्ना आउने स्यान्टा नि ल्याइदेलान नि । नेप्चेआ मन फराकिलो छ के अरुअस्तो हैन ।

हाउँरो मिस नि के जाति एउपल्ट खुपै बाझ्याथो रे नि पल्लो गाममा, ह्याँ चौतारियाँ नबाझि पुलटिक अरे हुन्थो के रे, पुलटिक भनेकै बाझ्नलाइ हो रेन्तनि । उता ठुल्दाइ नि भासन अर्न जम्जमा'र बस्याछन, आर्काआ भासनमात्तै कति सुन्नु मेरो नि सुनिद्याओ न भन्दैछन चिलिम तानेर ।
 
Posted on 03-09-07 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते मिस्, अनि चतुरे । तारेमाम मनतयक ला?
अर्को गाम मा एक जना सँग बेस्सारी पर्‍यो । एक चिलिम नि कम पर्‍यो । आज लाई यही बिश्रान्ती, भोली प्रातकालीन उठन्ती अनि चौतारीमान् राजनितीस्य प्रबचन भवन्ती। तारेमाम् शरणम।
 
Posted on 03-09-07 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा........... मिस दिदी नमस्ते गरें है,........... हा हा हा,
कस्तो हँसाउन सकेको तपाईंले,पुल्तिकको कुरा गरो भुने उताआ पिरो मुन्छे आर यता नि हसाउछन रे हा हा हा.......... । तर पुल्तिक मै हाँस्ने र भुन्या........... चौतारीमा त हाँस्न हँसाउनको लागि अरु नै धेरै टपिक छैनन र भुन्या ? पुल्तिकको कुरा त हाँसउठ्दो हैन खै के खै के अस्तो हुन्छ भुन्या, जती अरे नि नबुझ्ने, पुल्तिक भाशन ठोक्न त अरु गाम्हरु छँदैछन अस्तो मानिछु क्यारे मुइले त!
 
Posted on 03-09-07 11:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चतुरे र ठुल्दाइ नि आउनु भे छ, ट्यारेमाम है!
 
Posted on 03-10-07 12:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
खै त अरु गाम्मा जादा झगडा अरेको देखेकिम के रे मुइले त तेइ भ'र भुन्या हो चतुरे। अब म झन का'ट बाझ्ने कुरो मा सहमत हुदिहुम र भन्या । कइलेकाइ मुन नपर्ने कुरो सहन अर्न नसके'सि बेला बेलाबखत छुच्चो रुप नि देखाम्न बाध्य हुनुपर्ने रे'छ त्यत्ति हो
त्यो त कुरो अर्या नि पुल्टिक को । विशुद्द छलफलगर्दा त झन राउरो नै हुदो हो के रे

अनी ग्वांचेभाइ नमस्ते अरे है त मुइले नि । ह्या हसाउने मुन्छे बेपत्ता भ'सि क्यार्नु त बरै।हाम्रो देशको पुल्टिक हँसाउने हैन रुवाउने खाल को छ।
देशको हालत संझिदा दिक्क लागेर आउछ हामी त बाहिर बसेर यसो गरे उस्ले यसो गरे यस्ले भनेर कुरो गर्दैमा समय बितिहाल्छ तर जो हाम्रा आफ्नाहरुले( म अलिक स्वार्थी नि छुम के हुनत पिडा सारा नेपालीको हो ) भोगिरहेको छन त्यो परिस्थिति संझिदा मुटु नदुख्ने नि कोहि होला र? मात्र विचारको फरक हो
पिरेको लेख्ने तरिका निकै हाँसो उठ्दो रमाइलो लाग्छ के मलै । तेइभ'र भन्या नि। चौतारियाँ आम्दा'रि म चै कुनै कुनै निकहरुको पोस्टिङ नि नबिराइ हेर्नु गर्छु के । त्यस्मा एउटा पिरे(pire....but.. don't know who is he) , देख्ने बित्तिकै अरु गाम तिर नि हाम्फाल्छु के सुरुदेखि अन्त्य सम्म निकै हँसाउने हुन्छ।:)
हत्तेरिका भोलिब्यानै हुनलै सक्यो शुभरात्री नभन्दै :)
 
Posted on 03-10-07 6:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज बिहानै मर्निङ वाक आएको चौतारिमा कोइ पनि आइपुगेका रहेनछन । सबैको शनिबार रमाइलो बितोस् ।
चौतारीमा आँखा मिच्दै आउनेसबैलाई नमस्कार ।
 
Posted on 03-10-07 7:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्ता चिसाँ, गुटमुटिएर नसुतेर के को मुर्निङ् वाक र सुर्निङ् वाक हो? कि मुर्निङ् वाकको बहाना बना'र बिहान बिहानै तुसारोमा लुक्दै कोई कोईलाई भेट्ने अ-या छ, हँ? लु जा! आज त फेला परो यो खुईले बुढाको!

मेरो नि चाल त तै थो के रे! बाक्लो तुसारोले चिन्नै गारो भो, धोबिनी भुनेर मुसार्न ला'को त, ठ्यास्नि रातामैकै पो परेछ! हन, धोबिनीलाई देखेऊ कतै, राते?

:p
 
Posted on 03-10-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है, मनतयक ला? गूड मर्निङ भन्छन क्या र औरेजीमा । आफ्नो तारेमाम ।
 
Posted on 03-10-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते पुण्टे दाइ, ब्यान ब्यानै दर्शन पाईयो, धन्ने भईयो। के छ हालखबर, वीकेण्ड लाओ, यो २ दिनाँ त तो के जात्तीको भेडु काटेर भ्याउने होला नि। यो गाम तिर ३/४ टा त भेंडै काटेर सक्ने बेला भैसको, तेति काटन नि कति ट्याम लाको भन्या। त्यो खुकुरी बोदो भर हो की कामीको आरनाँ लानु परो जस्तो छ।

ठुल्दाइ ब्यान ब्यानै अउँरेजी बोल्न थालेचन, चिलिमको सुराँ हो क्या हो? लौ लौ गुड मर्निङ है।

राते लाई नि नमस्ते है, तेति सबेरै त चौतारीआँ को भेटथेउ तनि, तो नि शनिबार ब्यान। धन्न पुण्टेदाइ रातभरी धोबिनिकाँ जर्किन सकार फर्किदै गर्दा चौतारीआँ बसेओ बेलो परेच र देखेचन।

:-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters