[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३७ --

[Please view other pages to see the rest of the postings. Total posts: 327]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 120616 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-11-06 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३७ --


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३७सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। उसबेला नमेको चौतारोले परिचित यो चौतारी अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

यस पटक चाहिं लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे सबैलाई स्वागत गर्दछौं।

आज चौतारीको ३७ औं भाग पस्किंदा अनायासै मास्टर्नी दिदीको भावना सम्झिन पुगें।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी



साझा चौतारीका ताजा खबर:

  • ठुलीलाई नेपाल बसाइको सुभ-कामना! पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • जिम्मालबाले एक अर्को हिंउँद, एक अर्को वर्षा पार गरेर, उमेरलाई १ जोड्न पुगेका छन्। शुभकामना!

  • साझा चौतारी पनि विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???



 
Posted on 12-12-06 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर अब चप्पल् र जाकेट् चोर्नि बिचार् गरेछ, साबधान् है गाम्लेहुर्
 
Posted on 12-12-06 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरानै मुन्छे मुकुण्डो ला'र आ" जस्तो छ फेरि यो रामचन्द्रे नि! खसी चोरी भा' नि था' छ, अन्फेरि "एल टि जकेस" रे! :s
 
Posted on 12-12-06 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ फेरि पुन्टेदाले जाकेट् दि सक्नु भछ, सोझो हुनुहुन्छ के हारोँ पुन्टेदानि। खसि ल्याउला तनि भनेर बिचारेर दिनु भछ जाकेट्। हरेssssssssssssss अब कसरी फिर्त लिनि होला?
 
Posted on 12-12-06 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदाइ कस्ता माउवादी छन् हौ यता। मेरा साँडुभाइ नि लाग्याछन् त्यतातिर, उनी नि थिए तो खसी काण्ड हुँदा अनि उनले नै त्यो गज्जब गज्जब को राता मासु हात पारेका थिए। हो हो बोलाम बोलाम माउइस्‌हरुलाई, उनले सोरसफोरस लगाउँछन्
 
Posted on 12-12-06 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर रामचन्द्रे, अब काँ बाट तिम्लाई चप्पल दिने नि, फेरी चप्पल नै ले र सुँईकुच्चा ठोक्यो भने सत्यनास हुन्छ । बरु तिम्रो चुँड्या चप्पल पोलेर टाल्न नमिले नि सुतरिको डोरी हालेर मिलाउ न, तनो जस्तो बन्छ अनि मिलाएर लाए भै हाल्छ नि।
खसी ल्यायो भने चाँही एक जोर हात्ती छाप चप्पल मैलेई किन्दिने भएँ ल ।
 
Posted on 12-12-06 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु भइहाल्यो त ।मुन्छे मार्नेकाम चै अलि गतिलो भेन भन्छु र ।बरु चप्पल चाहियो रे ।
चप्पल नै त छैन पिल्सिंग् हिल चै पोहर साल मुकुन्द्या ब्या मा जादा खेरि किनेकिम त्यै बेला मत्तै ला'र भि्त्ताँ खोपाँ राखेकिम । अलि अळि माकुराँ जालो र धुलो ला'रछ । त्यै छ के रे चौतारियाँ त । दिम है प्रिती ??:D
 
Posted on 12-12-06 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिहिहि बल्ल बोलार ल्याइछे सान्नानि ले पुन्टेदा र मिस्टे लाइ ।
पुन्टेदा हजुर् लाइ बुइनि को बिग् हग् :P एकै पल्ट मा खलाssssssssssस्स् ...गर्दिनु भ'छ मामला । दा हो तो एसा :D
अनि मिस्टु मलाइ तिम्रो याद् आउछ के बङारा झार्ने कुरा आयो भने हेहेहे के छ तिम्रो हाल्चाल् अज्काल् :D
ए त्यस्को अर्थ मलाइ थहा थिअन है मिस त्यसो पो हो ,मलाइ थाहा थिएन ।लोल्
 
Posted on 12-12-06 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा हुन्छ अनि तो पिल्सिंग् हिल लाउन लार पुरा गाम् उकाली ओराली हिनाम् है तो रामचन्द्रे लाई मास्टर्नी दिदि? :P:P
 
Posted on 12-12-06 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो तेइ पिल्शिङ् हिल् दिम् दिम् ,अलि अग्लो चाइयो भने म स नि छ :D
 
Posted on 12-12-06 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खसी ल्याउने पक्का हो भुने त म नि किन्दिन्थें ३ जोर हात्ती छाप चप्पल! एक जोर उसैलाई, दुई जोर खसीलाई! ल्याउने नै हो भुने खसीलाई नि बकाईदाको नयाँ चप्पल ला'रै ल्याम् के रे!

पिटिक पिटिक, म्या म्या...पिटिक पिटिक, म्या म्या गर्दै आम्छ खसी नि नाच्दै! :D

***********************

जिम्मालेलाई अबेरै भए नि शुभकामना के रे! मुलाई भेट्न भेट्नऽऽऽऽऽऽऽऽऽऽ लाओ अब! अलि कस्सेर बल गरम्, हर्को साल त भेट्छ होला! म नि तिम्लाई मुर्न बिरेक ला'र बसम्ला के रे नि!

कथा नि कत्ति ठिपरिएचन् यस पालि त! सबै कथा फुर्सद बेलाँ पठम्ला। हिजआज अलि फुर्सद छैन। ठुल्बुईनीको चित्रेलाई लेखिदिनु भनेको दैनिक चिट्ठी नि कोर्न पा' छैन। यस्तै हो, चित्रे, घुम फिर गर्दै पुराना साथीहुर संग व्यास्त होलिन् र चिट्ठी लेख्न भ्या छैनन् भुनेर बुझ्नु!
 
Posted on 12-12-06 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अभिबादन है सप्पै गाम्ले'रुलाइ,
यो खृस्ट्मस र निउ एर भुन्ने के के जाती आउन लागेको ले भ्याइ न भ्याइ छ, बिदा भन्दा पैला साउको खेत जोतिसक्नुपर्छ, यो बर्स सिद्ध्याउँछु भुनेको जती । चौतारिमा खोक्स् दिन् आउन् नि भ्याइरा छैन, उता जिम्माल बाले बल्खुआँ गजप लेखेका रैछन, हिजो गालब ब्रोले नि हरिप नै हान्या रैछ चौतरीमा, एप्रीसिएट गर्न् नि पा थेन। गज्जप छ ब्रो, कीप इट अप तर अब देखि कसैले गोलि चलाउन लागेको देखेउ भुने यस्सो छेल्ने कोशिश् अर्नु, के था, बज्याले रोबोटलाइ नै छेड्ने बन्दुक पो चलाउने हो कि! हुन् त मैले के नै बिश्लेशण गर्न् सक्छु र तै पनि जे होस जिम्माल बा र गालब सोमले राम्रो लेखेका हुन्।

अनि के भो तितौरी, किन् बोलाको, त्यो जुरेलि को ब्याको खसि चोरने लन्ठु आ छ रे गाममा हो ? त्यो बज्यालाइ त पाता कस्नु नै पर्छ , त्यो दिन झन मजाले मासु लुछ्नु परो भुनेर दाँत तिखारेर ग' को , खसी त राम्चन्द्रे भुन्नेले उडाइ सकेको रैछ, त्यो जुरेलीको दाइले त अब खसी हराइहाल्यो, यै कटहरको तरकारीलाइ नि मासु सम्झेर खाने भे खाउ नभे जाउ भुनेको नि याद छ, बेकारमा तेत्रो कचउरा दाईजो लागियो । तेइ दाइजो दे को कचउराको पैसा असुल्न परो भुनेर मासु बिनाको भतेर खाएर आइयाथ्यो । हाम्ले त खाइ हालेऔँ, उता केटा पट्टिका मान्छेहरु त मासु भेन भुनेर जन्ती नै फिर्ता लिएर गा थे । अझ राम्चन्द्रे त बिहे रोकेको थेन भुनेर मास्टर्नी दिदीसँअ पो मुख लाग्दो रैछ ।

के हो राम्चन्द्रे ब्रो खोज्या हो ? त्यो खसी त तिम्ले जसरि नि फिर्ता गर्नुपर्छ हेर, तिमी त जान्ने बुझ्ने मुन्छे, हात खुट्टाको भाषा बोल्नु नपरोस् है, त्यो भाषा त तिम्रो पन्डित बाजेले नि ट्रान्स्लेट गर्नु पर्दैन्, तेत्ती कै बुझ्छौ, के बि ४ ६ ?
 
Posted on 12-12-06 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो चप्पलले बढो दुःख दियो क्या। झन्नै पाँ बर्ख अघि किन्ने बेलामा नै यो तात्तोनछाराको बाटाको चप्पल नकिन भनेर बा ले भनेका थिए , साँच्चै बाटामा फालेकै जस्तो चप्पल परेह। फेरि हाम्रा गामको माहिलो सार्की नि काम नलाग्ने। अस्ति फित्ता फेर्न लगेको, इ हेर्नुस् त एउटा हरियो , एउटा पियाँलो । धागो बाने, तल किल्ला ठोकें, जे गर्दा नि नहुने। तर एउटा कुरो भने मान्नु पर्छ है, हिलो मा हिन्दा यो चप्पलले हिलो भने छ्याप्दैन। तपाईँको हिले गाँउलाई एकदमै सुहाउने, किन्ने हो ? दुई बीसमा मात्र ।
 
Posted on 12-12-06 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु बेला जे जसो भे'नि हुदा पर्दा पुन्टेदा टुप्लुक्क आइपुग्ने के । नमस्ते अरे है पुन्टेदा


प्रिती अनिखेरि तो पिल्सिंग् हिल लाएर पुरा गाम् उकाली ओराली १० दिन सम्म लगातार हिनेर देखा'सि प्रवेस परिछे पास ( चौतारी इस्कूलाँ पढदिन भन्न पो हुन कि ?) त्याँसि चौतारी इस्कूलाँ नाँउ लेखाइदिम्ला ।हुन्छ रामचन्द्रे ??:)
 
Posted on 12-12-06 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका! ह्वार्ररै आउने के गाम्ले हुर नि। अनि खेरि पढ्दै जादा आफ्ले लेखेको कुरो छेउ न टुप्पाको भीदिने के।
तितौरि मुकुन्द्या ब्या मा किनेको पिल्सिंग् को टुप्पो भाचिएसि तिमिसअ भाको पिल्सिंग दिम्ला नि :D

अब ग्वाँचेले लेख्न थालेसि कुरो चै लम्बिने भो । बरु यि रामचन्द्रेपो टिक्न सक्ने हुन कि हैनन् . अस्ति किन्जे लै भन्दा भन्दै आम्नै छोडे
 
Posted on 12-12-06 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या मिस् केहि पर्यो भने त आउने हाम्रा गाम्ले हरु..... यस्तो राम्रो छ हाम्रो चौतारि।
अनि त्यो न आउने हुर् लाइ चाइ क्यार्नि होला १५० पटक् उठ्बस् गराउनि होला कि?:P

ग्वाचे के ६ B ४ रे हाहा हा।

पुन्टेदा ले चाइ खसि लाइ हातिचाप् चप्पल् किन्दिने रे कति हास्नु मरे म :D :D:D....
 
Posted on 12-12-06 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै हाँसेको देख्दा मलाई नि हाँस्न मन लाग्यो! तर कति धेरै पढ्नुपर्ने रहेछ। ओहो!!

ल रमाइलो गर्दै गरुम है गाम्लेहरु!!

नमस्ते:-)
 
Posted on 12-12-06 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै हाँसेको देख्दा मलाई नि हाँस्न मन लाग्यो! तर कति धेरै पढ्नुपर्ने रहेछ। ओहो!!

ल रमाइलो गर्दै गरुम है गाम्लेहरु!!

नमस्ते:-)
 
Posted on 12-12-06 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा सानो टुक्रो फुरेको थ्यो। ल टास्दिनु पर्यो यहि।
गाम्ले हरु लाइ कस्तो लाग्ने हो कुन्नि?


Mother

I know a face, a lovely face
As full of beauty as of grace
Sorrows vanish by its one sight
In utter darkness, it spreads light.

Your words that shaped my voice
Your will that shaped my choice,
Your direction that paved my way,
Your affection that I can never repay,


I'm lucky to have showered with your charm
But I also love you with a love that's sweet and calm
Whatever time may bring or how life may have hove
but don’t forget that you will always have my love…

(आमा हरु मा समर्पित)
 
Posted on 12-12-06 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालउको विज्ञान कथा राम्रो लाग्यो। यस्ता कथाहरु नेपाली भाषामा त्यति धेरै लेखिईसकेका छैनन्। यो कथालाई उता बल्खुतिर अथवा साझाको नियमित धागोको रुपमा राख्दा अझ वेश होला।

कथामा एक ठाउँमा "--गाडीका सबै सिटमा इमर्जेन्सी डल्लपहरु निस्केकोले मानिसहरु हात पात त हुन पाएनन्।---" छ, 'डल्लप' भनेको त 'डन्लप' लेख्दा गल्ती भ'को सजिलै बुझिन्छ, तर 'हात पात' शब्द भने मिलेन। 'हताहत' शब्द हुनुपर्छ यहाँ।

"--गाडीका सबै सिटमा इमर्जेन्सी डन्लपहरु निस्केकोले मानिसहरु हताहत त हुन पाएनन्।---"
 
Posted on 12-12-06 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चेको कविताले मलाई रुवायो यार! एकैचोटि धेरै धेरै कुरा सम्झिन पुगें। साँच्चैनै कति महान छन् यो धर्तीका आमाहरु। नेप्चेलाई धेरै धेरै धन्यवाद यो सुन्दर कविताको लागि।

----
Your words that shaped my voice
Your will that shaped my choice,
Your direction that paved my way,
Your affection that I can never repay,
----

सुन्दर!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters