[Show all top banners]

somewhereondearth
Replies to this thread:

More by somewhereondearth
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सीताराम सर
[VIEWED 9249 TIMES]
SAVE! for ease of future access.
Posted on 09-13-07 2:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


[1st Part]
'हंसमुख मान्छे' मैले यहि बिम्ब पाएकको छु, वहांको । हाम्रो पहिलो भेट त्यस्तो बिशेष होइन । तर भेट चाहिं त्यहीं मीना दिदीको पसलमा नै भएको हो ।
बजाजको नयां discover बाइक; उमेरले ४० नाघेका तर मन त्यसको छेउछाउ पनि नपुगेका; फुलेको कपालमा रातो मेहेन्दी ; दिनहुँ दाह्री काट्ने (दाह्रीमा मेहेन्दी लगाउन नमिलेकाले पनि हुन सक्छ); परम्परागत नेपाली जागिरे भुँडीको परम्परालाई 'सपोर्ट' गर्न नसकेका; चुरोटको सर्को सर्को आन्नदले तान्ने; जहिले पनि हाँसी रहेने; यी नै थिए मैले देखेका सीताराम सर ।
बैशाखको महिना थियो । एकदिन चिया गफमा वहांले आफ्नो नयां मोबाइल सेट देखाउनु भयो - 'nokia n70' । धेरै function भएर मलाई सोध्ने/सिक्ने हिसाबले देखाउनु भएको वा 'हेर ठिटा, मोबाइल त मेरो पनि stylish छ' भन्ने हिसाबले, म आज पनि भन्न सक्दिन ।

"बुढालाई data cable मा ठगेछ" मैले नदिएको प्रतिक्रिया यहि थियो, त्यो बेला ।

हामीले खाना खाने ठाउँबाट ३ किलोमिटर टाढा छ वहांको डेरा । पूर्व, पश्चिम, उत्तर वा दक्षिण कता हो म भन्न सक्दिन । २ चोटी सम्म सोधेको हो । याद छैन र अब सोध्न शिष्टाचारले दिदैन ।
मान्छे पाल्पाका हुन, त्यसैले खाना खाने ठाउँमा भाषाको झगडा हुन्थ्यो कहिलेकांहि अनि कहिलेकांहि टेलिफोनका गफ। हाम्रा दिनहरु यसरी नै बित्दै गए ।
महिना दिन जतिको संग्‌तमा थाहा हुदै गयो, मेलै देखेका 'हंसमुख' सीताराम सर मदिराको राम्रै सौखिन हुनुहुदो रहेछ । धेरै जसो सांझ मैले वहांलाई मातेको अवस्थामा नै देखे । रक्सी खाएर डेरा जान अफ्ठ्यारो हुने भएकोले सीताराम सर प्राय अफिसको गेष्टहाउसमा नै बस्नु हुन्थ्यो । वहांको खाना खाने समय पनि अनियमित हुन थाल्यो । दाह्री कटाइ पनि नियमित देखिन । किन किन मैले वहांलाई अलिक कालो देख्‌न थाले । त्यो मेरो दृष्टि भ्रम पनि हुन सक्छ । किटान गरेर भन्न सक्दिन ।

एक दिन मिना दिदीकी भान्जी आइन्, SLC सकेर । उमेर पनि लिएकि अनि ज्यान पनि । बोल्दा खासै लजाउने जस्तो लागेन । धेरै राम्री पनि होइनन्, नराम्री पनि होइनन् ।



[next part coming soon...]


[2nd Part]




 


भान्जी छोटो समयमा नै हाम्रो वातावरणमा राम्रोसंग घुलमिल भइन् । बिशेष गरि सीताराम सरसंग । अब मैले सरमा रसिक गुण पनि राम्रैसँग रहेछ भन्ने थाहा पांए । हुन त ४०/४२ बर्षको अनुभवीको अगाडि यो ठीटोले के नै पो अध्ययन गर्छ र!! तर पनि त्यो मेरो स्वतन्त्र अध्ययन थियो ।


 


सर उनलाई जिस्काउन छोडनुहुन्न थियो। उनि सरलाई भन्दा बढि सरको उमेरलाई कटाक्ष: गर्थिन् । खुब झगडा हुन्थ्यो ति दुईको । सर बेला बेला उनको फोटो खिच्नु हुन्थ्यो आफ्नो n70 ले, त्यो बेला उनि लजांउथिन् ।



 


एकदिन SLC को रिजल्ट भयो । भान्जी पास भइन्, second division मा । सीताराम सरको छोरा पनि distinction मा पास । छोरालाई भर्ना गर्न वहां घर जानु भयो ।



 




 


१५ दिन पछि हाम्रो भेट भयो । बढो खुसी देखिनु भएको थियो । नयां सर्ट, पालिस लगाएका जुत्ता, अनुहारमा राप थियो । घर गएर वहां फेरिनु भएको थियो ।


"सर मेरो छोरोले त distinction ल्यायो नि।"


यहि कुरा जानु अगाडि २ चोटि भनेका थिए बुढाले। कति पटक सुनाउनु पर्ने ? सधैं झैं फेरि आफ्नो percentage सम्झे । फेरि सोचे '१० कक्षाबाट मात्र प्रश्न सोधेकोले त हो नि' नत्र म पनि के कम ।


एकछिन पछि आफैलाई गालि गरे, किन compare गरे भनेर ! ग्लानि भयो, आफैसंग ।


"St. Xavier पढछु भन्दै थियो" बुढाको volume बढेको स्वरले म झसंङ्ग भए ।


"राम्रो नि सर, बरु entrance पो कहिले हो।" यति भन्दै थिए, सरले उत्तर फर्काउनु भयो ।


"टप १० मा त निकालि हाल्छ नि, 'मेरो छोरो' ले।" 'मेरो छोरो' को उच्चारणमा अलिक बल थियो ।


म हांसे मात्र ।


चिया आयो । यसपालि हाम्रो गफ लामो भयो। छोराको भविष्यको बारेमा मसंग पनि धेरै कुरा बुझ्नु भयो । एकदम उत्सुक र गहिरो भाव देखे मैले वहांको आंखामा जुन पहिले कहिले देखेको थिइन । खुसी लाग्यो । नेपाली बुवाहरु छोराको भविष्य प्रति संवेदनशिल छन। मैले जाने जति, बुझे जति कुराहरु भनिदिए ।


SLC को hangover ४/५ दिन सम्म रह्‌यो । सीताराम सरले रक्सी कम गर्नु भएको थियो । एकदिन मलाई ढिला भएको थियो, सरले मलाई डेरासम्म बाइकमा पुर्‌याइदिनु भयो । राम्रो लाग्यो । सीताराम सरलाई मैले मिजासिलो मान्छे भन्नु नै पर्छ । ती दिनहरुमा बर्षाले गर्दा बिराटनगरमा गर्मि कम थियो ।


SLC को रिजल्ट पछि भान्जी घर गएकी थिइन्, केहि दिनपछि उनी फेरि आइन् ।


दिनहरु बित्दै गए । अब सरलाई कम्प्युटर र मोबाइलको मोह बढ्‌न थाल्यो । अफिस समय पछि पनि सर अफिसमा नै बस्नु हुन्थ्यो, कम्प्युटर चलाएर । (अफिस, दिदीको पसल भएको घर भित्र छ। )


पसलमा पनि वहां कि भान्जीसंग जिस्किनुहुन्थ्यो कि मोबाइल चलाएर बस्नु हुन्थ्यो । पसलमा धेरै मान्छे नभएको बेला भान्जीको फोटो खिच्नु हुन्थ्यो । भान्जीलाई देखाउनु हुन्थ्यो । फोटो खिचाईमा भान्जी सधैं जस्तो राम्रो ननिकालेको भनेर complain गर्थिन्, । अनि सरले दांया बांया हेरेर उनलाई जिस्काउदै कुममा पिट्‌नु हुन्थ्यो। उनी रिसाउंथिन्, बुढा मन खोलेर हाँस्थे ।


एक साँझ, भान्जीको खुट्टाको नंङमा समस्या भएछ । दिदीले तातो तेल लगाउँदा ठिक हुन्छ भनेर तेल तताउनु भयो । उनी डराइन्, सीताराम सरले दिदीको पक्ष लिनुभयो ।


भान्जी बेन्चमा बसेकि थिइन्, सर उनको पछाडि । म अर्को टेबलमा थिए । दिदीले उनको खुट्टामा तेल हालिदिनु भयो । सरले बढो समयमा भान्जीको कम्मरमा चिमोटिदिनु भयो, सबैको आंखा लुकाएर । उनी ऐया गर्दै उफ्रिन् ।


दिदीले "यति जाबो तेल लगाउंदा पनि उफ्रिनुपर्छ" भनेर रिसाउनु भयो ।


"कस्तो पोल्यो!" भान्जीले स्पष्टिकरण दिइन् ।


" आ म त लगाउँदिन, यस्तालाई" दिदीले झर्को मान्नु भयो ।


"म लगाईदिउँ त?" सीताराम सर तम्सिनुभयो ।


"नपोल्ने गरि लगाउने भए मात्र" भान्जीले शर्त राखिन् ।


तेल दिएर दिदी तरकारी किन्न जानु भयो ।


देब्रे हातले पैतला तर्फबाट भान्जीको खुट्टा समात्नु भयो, सीताराम सरले । अनि दाहिने हातले औला सफा गरेर खुट्टा सुम्सुम्याउंदै बिस्तारै तेल हाल्नु भयो । भान्जीले सन्चो मानिन् ।


सरले "देख्यौ त?" भन्नु भयो ।


भान्जीले म तिर हेरिन, अफ्ठ्यायो मानिन्।


बाकि भएको चिया घुटुक्क पारेर म मेरो अवलोकन लुकाउँदै आफ्नो बाटो लागें ।


पछिका दिनहरुमा सरसंग खासै भेट भएन । सर अफिस पछि पनि कम्प्युटरमा नै बस्नु हुन्थ्यो । भान्जी चिया पुर्‌याउन जान्थिन् अनि त्यहि कम्प्युटरमा नै बस्थिन् । कहिले फोटो हेर्थिन त कहिले सरसंग झगडा गरेर बस्थिन् । सरको र मेरो खाना खाने बेलामा पनि भेट हुन गाह्रो हुन्थ्यो ।


एकदिनको कुरा हो । दिदीले भान्जीलाई आफुसंग राखेर क्याम्पस पढाउंदिन भन्नु भयो । " मान्छे, त्यसै त कुरा काट्छन" वहांको भनाई थियो । भान्जीको इच्छा यहिं बसेर पढने थियो । दिदी कडा हुनुभयो । भान्जीले मन गह्रौं गरिन्।


हप्ता दिन पछी भान्जी फर्किन्, आफ्नो घर ।


अचेल सीताराम सर कम्प्युटरमा खासै बस्नु हुन्न । जील्ला बिकासको मान्छे, बाढि पीडित कार्यक्रममा दिनभरि हिडनु हुन्छ । थकाइ मेट्टाउन सांझमा रक्सी स्वाभाविक हो । सरले छोरोलाई पोखरामा science पढाउनु भएछ । अचेल हाम्रो भेट दिनहुं हुन्छ । खाना सगैं नै खान्छौ । दिनै भेट हुंदा हाम्रो अभिवादन एउटै हुन्छ; हात उठाएर "गुड मर्निङ सर।"


हांस्न सीताराम सरले कहिल्यै छोडनु भएन ।


कुशे औंशी ०६४


बिराटनगर ।


[परिवेश र पात्र दैनिक जीवनको लिएको छु । तर मोडहरु, पात्रका भावनात्मक बहाबहरु र कर्महरु पूर्णरुपमा काल्पनिक हुन् । कसैको जीवनसंग सोझै जोख्न खोजीयो भने दुर्भाग्य हुनेछ]



Last edited: 13-Sep-07 03:07 AM

Last edited: 13-Sep-07 11:42 PM
Last edited: 16-Sep-07 04:02 AM

 
Posted on 09-13-07 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good presentation....waiting for next part
 
Posted on 09-13-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मिना दिदिकी भान्जी आउन पा छैन कथा त सकियो त!
छिटो गरौँ प्रभो त्यसपछिको बयान सुनौँ!
 
Posted on 09-13-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले सम्म त ठिक छ -- मीनादीदीकी भान्जी सबनम नभए सम्म मलाई पिर छैन।
 
Posted on 09-13-07 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मीनादीदीकी भान्जी सबनम हैन होला दीप चिन्ता नगरे भयो।

यो सिधै यस्ति केटि र उस्ति केटि भनेर बयान गरेको सुन्दा खासै केहि हुँदैन तर यस्ता किसिमका बयान जस्तै: " मिना दिदि को भान्जि, SLC सकेर आएकि" " तारानाथ बाजेको कान्छि नातिनी, कालि कालि डल्लि डल्लि छे" " अकबरेको कान्छि सालि, साह्रै नै टाठि यार", " खरदार सापको छोरि जेठि, आइ ए सेकेन्ड इयर पढ्छे नक्कलि छे" इत्यादी। यस्ता बयान सुन्दा एक किसिमको रोमांच आउँछ गाँठे दिलमा! किन ढाँट्नु!

कतिबेला अगाडि बढ्छ कुन्नि कथा?
 
Posted on 09-13-07 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ यो कथा त अगाडी बढ्ला जस्तो लागेन। त्यो मीना दिदिकी भान्जीले कथानै रोकिदिय जस्तो छ।
चाडै पढ्न पाए राम्रो हुन्थ्यो कि?
 
Posted on 09-13-07 11:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भान्जीले नै हो कथा बनाउने, कहाँ रोक्नु ?
सेकेन्ड पार्ट टाँसेको छु, नजर लगाईदिनुहोला ।
नारायन् !!!!
 
Posted on 09-14-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्व.... च्व... च्व...बिचरा सिताराम सर!
भान्जिले सिताराम सरको उमेर घटाएर जोश बढाइदिएकि रहिछन् तर धेरै दिन टिक्न पाएनछ!
लोग्ने मान्छेको मन भएर हो कि कुन्नि सहानुभुती सिताराम सर तर्फ पो गयो त ए गाँठे उनकि पत्नी तिर भन्दा!

बरु यो सेकेन्ड पार्ट लाई तल नि टिसिक्न टाँस्नुभए हुन्थ्यो कि? पहिला दोश्रो अनि पहिलो भाग देखिन्छ मेरो मा त।
 
Posted on 09-15-07 3:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो रचना। यस्तै अरु रचना हरुको पनि अपेक्षा गर्दछु।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters