[Show all top banners]

ugeslimbu
Replies to this thread:

More by ugeslimbu
What people are reading
Subscribers
:: Subscribe
Back to: Movies / Entertainment Refresh page to view new replies
 Hijo Aja Ka Kura
[VIEWED 3847 TIMES]
SAVE! for ease of future access.
Posted on 09-22-15 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संविधान जारी हुँदै गर्दा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले भनेका थिए संविधानले सबैलाई अधिकार र कर्तव्य दिन्छ तर बुद्धि विवेक र क्षमता दिँदैन ।’
त्यो बुद्धि र विवेक नेतृत्वले अब संयुक्त रुपमा देखाउने बेला आएको छ 


 नेपालको संविधानबाट असन्तुष्ट बनेको भारत नाकाबन्दीको तहमा झर्ला ?
भारतीय विदेश मन्त्रालयको पछिल्लो विज्ञप्तिपछि नेपालमा सोमवार रातिदेखि नै आममान्छेमा यो प्रश्न उब्जिएको छ । तर, भारत बुझेका र विदेश मामिलामा दख्खल राख्ने विज्ञ तथा राजनीतिकर्मीहरु त्यो अवस्था नआउने बताउँछन् । तर, भारतको पछिल्लो गैरकुटनीतिक व्यवहारप्रति नेपालले भारतका सबै राजनीतिक शक्तिहरुसँग अबिलम्ब संवाद थाल्नुपर्ने विज्ञहरुको सुझाव छ 

नेपाल नीतिका सन्दर्भमा भारतको कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबीच फरक धारणा रहेको चर्चा चलिरहेका बेला संविधान जारी हुनै लाग्दा भारतीय पक्षबाट जुन गैरकुटनीतिक अभिव्यक्ति आए, त्यस विषयमा भारतकै दलहरुसँग पहिलो संवाद थाल्नुपर्ने दायित्व सरकार र दलहरुमाथि थपिएको छ ।
सीमावर्ती क्षेत्रमा भएको आन्दोलनका कारण भारतीय मालवाहक गाडीहरु र यातायात असहज भएको भन्ने भारतीय संकेत नाकाबन्दीको हदसम्म पुग्न सक्ने आशंका भइरहेको छ ।
तर, नाकाबन्दीको सम्भावना निकै परको आशंका भन्दै भारतीय प्राध्यापक एसडी मुनिले नेपालका नेतामाथि भारतले दबाव बढाउन खोजेको अर्थमा लिनुपर्ने बताएका छन् ।
मुनीले भनेका छन् – भारतले नेपालको संविधानप्रति दर्शाएको आक्रोशपूर्ण प्रतिक्रिया ठीक होइन, यसले त्यहाँका उग्र वामपन्थी र उग्र दक्षिणपन्थीहरुलाई तराईको आगोमा इन्धन थप्न सक्छ र मधेसीमाथि उनीहरुको अनुकूलमा शोषण गर्ने आवरण दिन्छ ।



भारतले नाकाबन्दी लगाउने कुरा अहिले सोच्न पनि नसकिने र त्यो हदको अपरिपक्वता भारतीय नेतृत्वले प्रदर्शन गर्न नसक्ने परराष्ट्र मामिला विज्ञ एमाले नेता राजन भट्टराई बताउँछन् ।
एमाले केन्द्रीय सदस्य तथा सभासदसमेत रहेका भट्टराईले भने-संम्बीधान जारी भएपछि भारतको जुन वक्तव्य आएको छ, त्यो हामीले अपेक्षा गरे भन्दा फरक ढंगले आएको हो । तर, पछिल्लो वक्तव्यकै आधारमा नाकाबन्दीको तहसम्म सोच्न सकिन्न ।
तत्कालीन प्रधानमन्त्री राजिव गान्धीका पालामा नेपालमाथि नाकाबन्दी लगाउँदा भारतमै ठूलो आलोचना भएको स्मरण गर्नेहरु अहिले नरेन्द्र मोदीले यस्तो कदम उठाउन नसक्ने बताउँछन् ।
‘विश्वकै नेता बन्न खोजिरहेका नरेन्द्र मोदीले आफ्नो छिमेकीमाथि नाकाबन्दीको तहमा ओर्लिने कुरा असम्भव छ’ विदेश मामिलाका जानकार एमाओवादी नेता राम कार्की भन्छन् ‘दबाब बढाउन पछिल्लो वक्तव्य आएको हुन सक्छ’ ।

पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले यो बेलामा नेतृत्वले परिपक्वता र धैर्यताका साथ भारतसँग डिल गर्नुपर्ने सुझाव दिएका छन् । उनले थप नराम्रो नहुन परिपक्वता प्रदर्शन गर्नुपर्ने सुझाव पनि दिएका छन् ।
‘जे भइरहेको छ कुटनीतिमात्र होइन, कूट नीति पनि जस्तो पनि देखिन्छ, थर्काएरै ठीक पार्न खोज्ने’ आचार्यले ट्वीट गरेका छन् ।
भारतभित्रै पनि नेपालको संविधान जारी भइसकेको सन्दर्भमा फरक फरक धारणा छन् । यस्तो बेलामा नेपाली नेतृत्वले भारतका सबै राजनीतिक दलका नेतृत्वसँग संवाद गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।
केही वर्षअघि भारतका लागि राजदूतमा सिफारिस भएका कार्की भन्छन्-भारतका सबै नेतृत्वसँग हाम्रा नेताहरुले संवाद बढाउनुपर्छ । यो बेलामा अझ बढी राष्ट्रिय एकताको जरुरी छ ।
जवाहरलाल नेहरु विश्वविद्यालयबाटै विद्यावारिधि गरेको एमाले नेता भट्टराई पनि सम्वाद आवश्यक रहेको बताउँछन् । ‘हामीले हाम्रो तर्फबाट प्रष्ट पार्नुपर्छ, यो संविधान सीमान्तकृतहरुको पक्षमा छ,समावेशी छ र सबैको माग समेटिन्छ भन्ने कुरा आश्वस्त पार्न सकिन्छ’
नाकाबन्दी लगाए विकल्प के ?
विहारको चुनाव आउन लागेका बेलामा सीमा क्षेत्रमा भएको हिंसा, भडप र मृत्युका घटनाले भारतलाई असर परेको छ । त्यो समस्या समाधान होस् भनेर भारतले दबाब बढाएको दावी विज्ञहरुको छ ।
 भारतका लागि पूर्वराजदूत तथा परराष्ट्रविद भेषवहादुर थापा भने भारतको संकेत नाकाबन्दीकै देखिरहेका छन् । उनी विगत सम्झँदै भन्छन्-‘इन्दिरा गान्धी र राजिव गान्धीको पालामा जसरी नाकाबन्दी लगायो,त्यसैको निरन्तरता हो ।’

जुन जुन कुरामा भारतसँग नेपाल निर्भर छ, तिनको आपूर्तिका लागि अर्को छिमेकी चीनसँग निर्भर हुनुपर्ने हुन्छ । ‘उत्तरका सडक सञ्जाल बिस्तार र चुस्त गर्नेतर्फ लाग्नुपर्छ’
 नाकाबन्दी नै लागेछ भने पनि राष्ट्रिय भावना भएपछि देश बाँच्छ ।

पछिल्लो पटक दलहरुले १६ बँदे सम्झौतादेखि भारतलाई क्रस गरे । संविधान जारी हुनै भारतीय राजदूतको आग्रह र विदेशमन्त्रीको विज्ञप्तिलाई समेत टेरेनन् ।
संविधान प्रमाणीकरण भएकै दिन भारतीय प्रधानमन्त्रीका विदेश दूत नेपाल आउनु सामान्य कुरा थिएन । तर, उनलाई पनि निराश बनाएर पठाए नेपालका प्रमुख दलका नेताले ।
त्यसैको प्रतिक्रिया हुन सक्छ, विश्वले नेपालको संविधानलाई स्वागत गर्दा भारतले स्वागत गरेन, बरु एकैदिन दुई वक्तव्य निकालेर उसले नाकाबन्दीको सुदूर संकेत गर्‍यो ।

योबेलामा नेताहरुले भाषण र प्रतिक्रियाबाट विदशीलाई जवाफ दिने भन्दा विदेशीको मुख बन्द गराउन आफ्नै देशका आन्दोलनकारीलाई समेट्न जरुरी देखिएको छ ।
मधेस आन्दोलन र थरुहट आन्दोलनका जायज र सम्बोधन गर्न सकिने माग तत्काल लिखित प्रतिबद्धतामार्फत सम्बोधन गर्दै संविधान संशोधनमा लैजान नेतृत्वले कौशल प्रयोग गर्नुपर्छ ।
मधेसका अधिकांश माग संविधानमा लेखिएका छन् । तर, जनतामा त्यो कुरा प्रवाह गर्न प्रमुख दल र तीनका मधेसका सभासद असफल भएका छन् ।
 नियत नै खराब राख्नेहरुका बाहेक थारु र मधेसका माग पूरा गर्न नसकिने खालका पनि छैनन् ।

 
Posted on 10-06-15 3:08 PM     [Snapshot: 168]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टासेर मात्र बस : तिम्रो ब्यतिगत बिचार पनि राख्ने क्षमता छ कि ?

एकल मधेस जायज माग हैन : मेरो बिचरामा ३-४ वटा मधेस क्षेत्र हुनु पर्थ्यो , बिखन्डन बादि बाट बच्न् |
धर्मको कुरामा : कुनै पनि धर्मलबिले लोभ र पैसाको आधारमा, धर्म परिवर्तन गर्नु गराउन नपाईने र किन बेच प्रमाणित भएमा दन्डित हुनु पर्ने ब्यबस्था हुनु पर्छ |
 
Posted on 10-07-15 3:39 AM     [Snapshot: 414]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

santosh panta ko paila paila ko hijo aja ko kura bhanne serial rakheko cha hola bhanera click haneko ko ta padhno parne samachar po rahecha toit.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters